धामी-झाँक्री विद्या सिक्दै किशोरीहरु


महेश्वर चामलिङ राई, उदयपुर, माघ २२- ओखलढुङ्गाको विलन्दु गाउँ विकास समितिका सात छात्रा धामी झाँक्री विद्या सिकिरहेका छन् । स्थानीय कल्पेश्वर माध्यामिक विद्यालयका किशोरीहरु दिनभर विद्यालय जान्छन् भने साँझ धामी झाँक्री विद्या सिक्न उनीहरुकहाँ जाने गरेका छन् । विगुटार–१ र २ नं. वडाका १२ देखि १६ वर्ष उमेरका किशोरीहरु यो विद्या सिक्दै गरेको शिक्षिका ताराकुमारी खतिवडाले बताइन् ।

कक्षा ५ मा अध्ययनरत् सङ्गीता गुरुङ, कक्षा ७ की सुनिता गुरुङ, रुकुमाया गुरुङ, शिवमाया गुरुङ, गोमा गुरुङ, तुलसा गुरुङ र कक्षा १० की मीना गुरुङ धामी-झाँक्री विद्या सिक्दै गरेको जनाइएको छ । उनीहरुलाई कक्षा कोठामै पटकपटक कम्पन छुट्ने गरेपछि झाँक्री विद्या सिक्न थालेको बताएका छन् ।

गाउँमा कोही बिरामी पर्दा तन्त्रमन्त्र र झारफुकबाट उपचार गर्ने गरिएकाले यो विद्या सिक्न लागेको उनीहरुले बताएका छन् । गाउँमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुने तथा आवश्यक्ताअनुसार औषधी पनि नपाइने भएपछि सर्वसाधारण परम्परागत धामी-झाँक्रीको भर पर्न बाध्य छन् ।

कक्षा कोठामै किशोरीहरुलाई कम्पन दिएपछि उनीहरु बिरामी हुने गरेकाले स्थानीय झाँक्री  दिलिप गुरुङले झारफूक गरेर निको पारेका थिए । तर, पटकपटक कम्पन दिने गरेपछि सातै जनालाई उनैले झाँक्री शिक्षा दिन थालेको खतिवडाले बताइन् ।

Posted by: Jay Ale                      Source: Nagariknews

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.