खनालको जीतमा रेग्मीलाई बधाइको ओइरो


राजधानीमा एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री चुनिएका छन् भने  हालै उनलाई झापड हानेर चर्चामा आएका भरौलका देवीप्रसाद रेग्मीले सुनसरीमा बधाइ थापि रहेका छन् । रेग्मी मोवाइल हिंजै बेलुका देखि ब्यस्त छ । एउटासंग कुरा गरेर सकिन साथ अर्कोले घण्टी बजाइ हाल्छ । उनलाई देशभित्रबाट मात्र होइन, बिदेशबाटसमेत बधाइको ओइरो लागेको छ । माघ ६ गते इटहरीमा एक कार्यक्रममा खनाललाई मंचमै एक झापड हानेपछि उनी चर्चामा आएका थिए । सार्वजनिक मुद्दा लागेर उनी प्रहरी हिरासतमासमेत बसे । तर, बिहीबार साँझ खनाल प्रधानमन्त्री भएत्यसै बेलादेखि शुक्रबार दिउँसोसम्म पनि उनलाई बधाइ दिनेहरु टुटेको छैन ।

‘तपाईले झापड हानेका नेता त देशको प्रधानमन्त्री हुनुभयो नी, लौ तपाईलाई पनि बधाई छ’ यही हो उनलाई दिइने बधाइ ।खेती किसानी गरेर बसिरहेका रेग्मी प्रधानमन्त्री चयनवारे बिहीबारदेखिनै जिज्ञासु थिए । अफैले झापड हानेको नेता प्रत्यासी भएपछि झनै उनमा कौतुहल बढ्नु स्वभाविकै थियो । त्यसैले उनी टेलिभिजन अघिल्तिर बसेर भावी प्रधानमन्त्री चयनवारे नियाले । तर, लोडसेडिङ्ले बत्ति गएपछि उनी रेडियोको साहरा लागे ।

प्रधानमन्त्रीको चयन भएको खवर पाएपछि उनले कस्तो अनुभव भयो त ? प्रश्न खस्न नपाउँदै रेग्मीले जवाफ दिए,  ‘झापड हानेको स्मरण भयो, अब चै सुध्रेलान् भन्ने आशा लाग्यो ।’

रेग्मी प्रधानमन्त्री खनालले अब के गरुन भन्ने चाहन्छन त ? घरमै सर्वसाधारणसित गफिएका रेग्मीले ईकान्तिपुरसित भने- ‘जनताको स्वच्छ मनले सेवा गरुन…।’ उनले तोकिएको समयमै संविधान बनाउन्, सबै दललाई मिलाएर अघि बढुन र आफ्नो परिवार र पार्टीलाई मात्र नहेरुन् भन्ने चाहना पनि ब्यक्त गरे ।

Posted by : Dambar Prasad Rimal             Source: ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.