नेपाल तामाङ्ग घेदुङ्ग कुवेतको सोनाम ल्होछार-२०११ भव्यतापूर्वक सम्पन्न (फोटो फिचरसहित)


जय आले, चन्द्र तामाङ्ग -कुवेत

नयाँ संरचनाको दिव्य अभिव्यक्ती र जातिय उत्थानमा ओतप्रोत रहेका भाषणहरुले मात्र वर्ग बिकासमा संभाव्यता नहुने र जसको निम्ती आफ्ना सुनिश्चित संस्कृती भित्र रहेका समाजका मुल्य र मान्यतालाई समेत आधारपद मान्दै अगाडि बढ्नु अपरिहार्य छ भन्दै कुवेतमा बिगत ४ महिना पहिला संगठित नेपाल तामाङ्ग घेदुङ्ग कुवेतको आयोजनामा ०४ फेब्रुअरी २०११ को दिन, कुवेतको एसिया-एसिया होटलमा “भोज तथा सांगितिक रमझम सहितको सोनाम ल्होछार-२०११” भव्यतापूर्वक सम्पन्न भएको छ ।

तामाङ्ग ल्होछार शुभकामना आदान प्रदान, तामाङ्ग जातिय पहिचान, बिभिन्न भेषभूषा प्रदर्शनी र तामाङग सेलो, गीत नृत्य तथा बिबिध मनोरन्जनात्मक कार्यक्रमहरुको प्रस्तुति सहित मञ्जुश्री सम्वत् २८४७औं “हे ल्हो” बिरालो बर्गको सुखद उपलक्ष्यमा यस घेदुङ्ग कुवेतले आम कुवेतवासी नेपालीबीच आफ्नो प्रथम प्रस्तुती स्वरुप यो भोज तथा सांगितिक रमझम सहितको ल्होछार कार्यक्रम-२०११ सामुहिक रुपमा मनाएको हो ।

नेपाली राजदूतावासका महामहिम राजदूत श्री मधुवन प्रसाद पौडेल र NRNA कुवेतका अध्यक्ष श्री राजेन्द्र तामाङ्गज्यूले संयुक्तरुपमा पानसमा दिप प्रज्वलन गर्दै, बुद्ध भगवान तथा मन्जुश्रीको तस्विरमा खाता ओढाई पूजा-आर्चना गरेपश्चात कार्यक्रमलाई मुर्तरुप दिईएको थियो ।

तामाङ्ग घेदुङ्ग कुवेतका सचिव अमृत तामाङ्ग, सदस्य जितेन थिङ्ग तामाङ्ग र सल्लाहाकार आस बहादुर लोप्चनज्यूले संयुक्त रुपमा सञ्चालन गर्नु भएको ल्होछार कार्यक्रममा घेदुङ्ग कुवेतका अध्यक्ष सुन बहादुर तामाङ्गको सभापतित्व र महामहिम राजदूत श्रीमान/श्रीमती मधुवन प्रसाद पौडेलज्यूको प्रमुख आतिथ्य रहेको थियो । यसैगरी अन्य अतिथिहरुमा NRNA कुवेतका अध्यक्ष श्रीमान/श्रीमती राजेन्द्र तामाङ्ग, NRNA तथा माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका उपाध्यक्ष धर्मराज गिरी, साहित्यकार एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबका संरक्षक बालक गुरुङ्ग, नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष एवं नेपालकुवेत डटकमका प्रवन्ध निर्देशक सुजन के.सी, अ.ने.सा.स कुवेतका अध्यक्ष एवं नेपालकुवेत डटकमका प्रधान सम्पादक राजन रिमाल, कुवेतनेपाल डटकमका प्रधान सम्पादक एवं नेपाल पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष जय आले, वरिष्ट पत्रकार एवं नेपाल पत्रकार महासंघ कुवेत शाखाका सल्लाहाकार आर.वि बुढाथोकी, नेपालकुवेत साँस्कृतिक मञ्चका अध्यक्ष टिकाराम आचार्य, लाली गुराँस साँस्कृतिक परिवारका अध्यक्ष बि.बि मल्ल ठकुरी, नयाँ नेपाल क्लवका अध्यक्ष दिल पुन मगर, क्रेज नेपाल ब्याण्डका अध्यक्ष नविन वराल, तमू समाज कुवेतका अध्यक्ष अमर गुरुङ्ग, जन-जागृती युवा समाजका अध्यक्ष दिपक क्षेत्री, मेनपावर एशोसिएशनका अध्यक्ष बम बहादुर पुलामी, आई.पि.सीका नेपाली शिक्षक केदारनाथ खरेल र पत्रकारहरुमा मनोज काफ्ले, आनन्द आचार्य, चन्द्र तामाङ्ग र डिजाईनर सुशन गौतम  हुनुहुन्थ्यो ।

ल्होछार कार्यक्रमका प्रमुख लामाद्वय निर्मल तामाङ्ग(लामा) र फुर्मान तामाङ्ग(लामा)ले विधिपूर्वक पूजा गरि मन्त्रमुग्ध सुगन्धले भरिएको हलमा आगन्तुक समस्त पाहुनागणहरुलाई दही टिकाका साथमा खादा ओढाई प्रसाद दिई अत्यन्तै सत्कार गर्दै, जुस र नेपाली सेल रोटिका परिकारहरु खाजा स्वरुप दिईएको थियो ।

ल्होछार कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै राजदूत श्री पौडेलले तामाङ्ग जातीहरूको महान पर्व सोनाम ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तामाङ्ग तथा गैर तामाङ्ग दाजुभाइ तथा दिदीबहिनीमा सुख-शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्दै लास्यो फ्याफुल्ला भन्नु भयो ।

यसैगरी NRNA कुवेतका अध्यक्ष एवं घेदुङ्ग कुवेतका बरिष्ट सल्लाहाकार श्री राजेन्द्र तामाङ्गज्यूले पनि तामाङ्ग जातिको यस पवित्र एवं महान पर्व सोनाम ल्होछारको पावन अवसरमा आफ्नो मौलिक भाषा, संस्कृति र रितिरिवाज बोकेको तामाङ्ग संस्कारलाई उत्थान र जगेर्ना गर्न एउटा व्यस्त जीबनको परिवेशमा पनि अहोरात्र खटेर संगठित भई यत्रो बिशाल कार्यक्रमको आयोजना गरेकोमा नेपाल तामाङ्ग घेदुङ्ग कुवेतलाई धन्यवाद दिंदै, सबैलाई तामाङ्ग भाषामै आशिर्वाद दिनु भयो, भनें अध्यक्ष सुन बहादुर तामाङ्गले उपस्थित सबैलाई स्वागत गर्दै महामहिम राजदूत पौडेललाई तामाङ्ग पोशाक पहिर्‍याई सम्मान गर्नु भयो । साथै घेदुङ्ग कुवेतका उपाध्यक्ष लाल बहादुर तामाङ्गले तामाङ्ग जाति र उनका जीबनशैलीको ’boutमा लामो चर्चा गर्दै नेपालको आदिवासी भूमिपुत्रलाई नै असली तमाङ्ग भनिन्छ भनेर प्रकाश पार्नु भयो ।

यसैगरी कार्यक्रममा कारणवश उपस्थित हुन नसक्नु भएका वरिष्ठ साहित्यकार एवं कवि होम बहादुर क्षेत्रीबाट पठाईएको शान्तिमाया दोङ्गको सहयोगार्थ राशी घेदुङ्ग कुवेतलाई हस्तान्तरण गर्दै वहाँले पठाउनु भएको शुभकामना पत्र अ.ने.सा.स कुवेतका अध्यक्ष राजन रिमालले पढेर सुनाउँदै, आफ्नो तर्फबाट पनि सोनाम ल्होछारको शुभकामना दिनु थियो ।

तामाङ्ग घेदुङ्ग कुवेतका सदस्य दुत बहादुर लोप्चनको नेत्रित्वमा सदस्यद्वय सुश्री प्रिती तामाङ्ग र अशोक तामाङ्गले सम्पूर्ण सांस्कृतिक फाँट सम्हाली सबै कलाकारहरुलाई उचित किसिमको गायन र नृत्यको तालिम दिनु भएकोमा र घेदुङ्ग कुवेत एवं मेनपावर एशोसियशनका सदस्य अर्जुन तामाङ्गले रिहर्सलको लागि रिहर्सल अवधीभर नि:शुल्क घर/हल साथै खानपिनको समेत व्यवस्था जुटाई अतुलनिय सहयोग गर्नु भएकोमा घेदुङ्ग कुवेतले वहाँहरुलाई उच्च प्रशंसासहित बिशेष धन्यवाद दिएको छ ।

यसैगरी घेदुङ्ग कुवेतको भोज तथा सांगितिक रमझम सहितको ल्होछार कार्यक्रमबाट निकै प्रसन्न भई संस्थालाई NRNA कुवेतका अध्यक्ष एवं घेदुङ्ग कुवेतका वरिष्ट सल्लाहाकार राजेन्द्र तामाङ्गले आफ्नी धर्मपत्नी गीता तामाङ्गमार्फत के.डि ११०, घेदुङ्ग कुवेत एवं मेनपावर एशोसियशनका सदस्य अर्जुन तामाङ्गले के.डि १०१ र अमेरिकन दूतावासमा कार्यरत यादव श्रेष्ठले के.डि ४१ को धनराशी सहयोग गर्नु भएको छ, भनें उपस्थित अन्यले पनि संस्थालाई सहयोग गरेका थिए ।

ल्होछार कार्यक्रममा निकै आकर्षक नाचगान, गित-गजल र कविताहरु तामाङ्ग भाषामै प्रस्तुत गरिएका थिए । जसमा: गजल दोर्जे तामाङ्गले वाचन गर्नु भएको थियो भनें कविता वाचन गर्नेमा सिंहमान तामाङ्ग हुनुहुन्थ्यो । तामाङ्ग सेलोवाट श्री गणेश गरेर कलाकारहरुले उत्कृष्ट नृत्य प्रदर्शन गरेका थिए । जसमा: अशोक तामाङ्ग, सञ्जु तामाङ्ग, विजय तामाङ्ग, मञ्जु तामाङ्ग, विष्णु तामाङ्ग, वविता तामाङ्ग, सविता तामाङ्ग, डोल्मा पाख्रिन तामाङ्ग, पुर्णिमा गुरुङ्ग, निशा तामाङ्ग, मनोज तामाङ्ग, डोल्मा मोक्तान हुनुहुन्थो । यसैगरी गायनमा डिल्वु तामाङ्ग, अर्जुन तामाङ्ग, डि.वि लोप्चन, अनिल रसाईली र माला राई हुनुहुन्थ्यो, भनें सम्पूर्ण सहभागी पाहुनाहरु समेत निकै खुशिका साथ आ-आफ्नै धुनमा नाच्न व्यस्त थिए ।

कार्यक्रमलाई सफल बनाउन बिभिन्न क्षेत्रबाट सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान स्वरुप मायाको चिनो र कदरपत्र दिईएको थियो । सम्मान हुनु हुनेमा संस्थाका वरिष्ठ सल्लाहकार श्री राजेन्द्र तामाङलाई अध्यक्ष सुन बहादुर तामाङ्गले र अन्य सम्मानित व्यक्तित्वहरु: लाल बहादुर तामाङ्ग, अर्जुन तामाङ्ग, जितेन थिङ्ग तामाङ्ग, अमृत तामाङ्ग, निर्मल तामाङ्ग र राम तामाङ्गलाई श्री राजेन्द्र तामाङ्गले कदर पत्र र मायाको चिनो दिई सम्मान गर्नु भएको थियो ।

पुर्वान्ह १० बजेदेखी शुरु भई अपरान्ह ५ बजे मात्र समापन भएको ल्होछार कार्यक्रमको अन्त्यमा अध्यक्ष सुन बहादुर तामाङ्गले सम्पुर्ण सहयोगी मित्रहरु र उपस्थित पाहुनाहरुलाई धन्यवाद दिंदै कार्यक्रम समापनको औपचारिक घोषणा गर्नु भएको थियो ।

सोनाम ल्होछार-२०११ का प्रमुख झलकहरु, फोटोग्राफर: सुरेश गुरुङ्ग

Advertisements

5 responses to “नेपाल तामाङ्ग घेदुङ्ग कुवेतको सोनाम ल्होछार-२०११ भव्यतापूर्वक सम्पन्न (फोटो फिचरसहित)

  1. Thank you very much for the latest aritcle along with the pictures 0f the programme.

  2. Heartly congratulation to Tamang community in Kuwait. Also happy Lhochhar. I really missed this event due to my job situation but I would like to thank you all for your invitation. Keep it up Jiten Jii N all.

  3. Thanks Jay Ji For Good News About “Nepal Tamang Dhedung Kuwait”. I Want Givan Thanks All Tamang Brothers & Sisters for Selebret “Sonam Lohchhar Tamang Program”. I Want Givan More Thanks “Nepal Tamang Dhedung Kuwait”. Committee Members & All Helpers.
    Islam Presentation Committee, Kuwait
    Kedar Nath Kharel.

  4. jatiya pahichan lai jogai rakhi afno bhesh bhusha ra sanskritilai birsinu hudaina bhanne mul abhadharnako sath tamang jatiko mahan chad sonam lhoshar dhumdham purna sampanna garna safal hunu bhayekoma ma mero tarfabata tatha sampurna tamu samaj (gurung)kuwaitko tarfabata tamang dhedung sanghlai hardik badhai dindai agami dinma ajha ramro karyakramko apekshya rakhdai tamang dhedung sanghko utrotter pargatiko kamna gardachhu.
    dhanyabad
    vice president tamu samaj kuwait

  5. थांक्स जय सर फोटो सहित निउज दिनु भएकोमा फेरी पनि हजुरलाई हिर्दये देखि नै मुरी मुरी धन्यवाद

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.