९० करोड युजर्सलाई खतरा


बीबीसी, माइक्रोसफ्टका अनुसार इन्टरनेट एक्सप्लोररमा एउटा ठुलो सुरक्षा खतराका कारण ९० करोड मानिसको निजी जानकारी खतरामा छ । एउटा गम्भीर श्रेणीको सुरक्षा चेतावनी जारी गर्दै माइक्रोसफ्टले यो सुरक्षा कमीका कारणबाट विन्डोजका सबै अपरेटिङ्ग सिस्टम खतरामा रहेको जनाएको छ ।

यसमा विन्डोज एक्सपी, विन्डोज विस्टा, विन्डोज सर्वर २००३ र विन्डोज सर्वर २००८ संलग्न छ । माइक्रोसफ्टले अन्य वेभ ब्राउजर जस्तै फायरफक्स, गुगल क्रोम र सफारी भने यो खतराबाट सुरक्षित रहेको बताएको छ । कम्पनीका अनुसार अहिलेसम्म यो बग या सुरक्षा कमी हटाउन सफलता प्राप्त हुन सकेको छैन तर उसले एउटा फिक्स इट नामक सुरक्षा कवच जारी गरेको छ जसले ह्याकिङ्गको कोशिस रोख्न सहयोग गर्नेछ ।

सबै विन्डोज प्रयोग गर्नेहरु विशेषगरी जसले इन्टरनेट एक्सप्लोरर प्रयोग गरिरहेका छन् उनीहरुलाई कम्पनीले समस्या समाधान नभएसम्मका लागि यो सुरक्षा कवच डाउनलोड गर्न अनुरोध गरेको छ । कम्पनीले यसलाई सुरक्षामा गम्भीर खतरा भनेको छ तर यो पनि भनेको छ कि अहिलेसम्म ह्याकर्सहरुले यो कमजोरीको फाइदा उठाएका छैनन् ।

माइक्रोसफ्टका प्रवक्ताका अनुसार यो सुरक्षा कमीका कारण इन्टरनेट युजर्सलाई असलीजस्तो देखिने फर्जी वेभसाइटमा पठाउन सक्छ र उनीहरुको इमेल र पासवर्ड चोरिन सक्छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.