तामाङ समुदायको नयाँ वर्ष ‘ह्योई ल्होछार’ सुरु


२१ माघ, काठमाडौं । तामाङ समुदायले धार्मिक एवं साँस्कृतिक पर्व ‘ह्योई ल्होछार’ शुक्रबार मनाउँदै छन् । ल्होछारको अवसरमा सरकारले सार्बजनिक विदा दिएको छ । नेपाल तामाङ घेदुङको संयोजकत्वमा विभिन्न एक सय १० तामाङ संघ-संस्थाले काठमाडौंको टुँडिखेलमा ल्होछार महोत्सव आयोजना गरेका छन् । ‘२८ सय ४७ औं ह्योइ ल्होछार राष्ट्रिय एकताको पर्वको रुपमा मनाऔं, पूर्ण अधिकार सहितको अखण्डित ताम्सालिङ स्थापना गरौं’ भन्ने नाराका साथ हिजोबाट ३ दिनसम्म महोत्सव सुरु भएको हो ।

पात्रोअनुसार शुक्रबारदेखि बाघ वर्ष सकिएर ह्योई अर्थात् खरायो वर्ष सुरु भएको छ । ल्होछारको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति डा. रामवरण यादवले स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.