कुवेतमा नेपाली राजदूतले करोडौं ठगेः कुवेती मन्त्री


श्रोत: नागरिक न्युज, २१ माघ २०६७

सुरेन्द्र पौडेल, काठमाडौं, माघ २१- कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले कामदार बिमाबापत तोकिएभन्दा छ गुणा रकम उठाएर हिनामिना गरेको खुलासा त्यहाँकै परराष्ट्रमन्त्रीले गरेका छन् । माघ पहिलो साता उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको कुवेत भ्रमणका सिलसिलामा भएको भेटवार्तामा कुवेती उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद अल सबाले राजदूत पौडेल’bout खुलेरै गुनासो गर्दै यस्तो आक्षेप लगाएको स्रोतले जनाएको छ । ‘तपाइँका राजदूतले आफ्नै देशका नागरिकलाई ठगिरहनुभएको छ,’ कोइरालासँगको भेटमा कुवेती मन्त्री सबालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘हाम्रा नागरिकसँग पनि उहाँ बढी पैसा लिनुहुन्छ ।’

कुवेती सरकारले त्यहाँको श्रम कानुनले नसमेटेका नेपाली कामदारको बिमाबापत प्रतिव्यक्ति ८ दिनार (करिब दुई हजार रुपैयाँ) रकम दिन्छ। दूतावासले भने बिमा एजेन्स अल-हुकुकमार्फत प्रतिव्यक्ति ६५ दिनार ( करिब १६ हजार रुपैयाँ) उठाउने गरेको मन्त्री सबाले खुलाएका थिए । कामदारलाई पैसा बुझाएको रसिद भने ८ दिनारकै दिने गरेको समेत उनले कोइरालालाई जानकारी दिएका थिए ।

स्रोतका अनुसार बैठकमै कुवेती मन्त्रीले राजदूतमाथि आक्षेप लगाएपछि दूतावास फर्केर कोइरालाले यथार्थ बुझ्ने प्रयास गरेकी थिइन् । राजदूतले चित्तबुझ्दो प्रस्टीकरण नदिएपछि कोइराला बिमासम्बन्धी प्रस्ट हिसाबकिताब तत्काल नेपाल पठाउन निर्देशन दिएर स्वदेश फर्केकी थिइन् । ‘नेपाली कामदारको बिमाका लागि त्यहाँको एजेन्सीले ६५ दिनार लिएको परराष्ट्र मन्त्रालय प्रशासनलाई जानकारी छैन,’ परराष्ट्रका सहायक प्रवक्ता हरिश्चन्द्र घिमिरेले भने, ‘यथार्थ के हो, अब हामी बुझ्छौं ।’

कुवेत कामदार पठाउँदै आएको नेपालस्थित एक म्यानपावर कम्पनी सञ्चालकका अनुसार कुवेतस्थित स्थानीय एजेन्टहरूलाई कामदारको बिमा अल-हुकुकबाहेक अन्य एजेन्सीबाट गर्न दिइएको छैन । ‘राजदूत पौडेलले हाम्रा स्थानीय एजेन्टलाई अल-हुकुकबाहेक अन्यसँग बिमा गर्न दिएका छैनन् । किन भनेर सोध्दा सहमति नै त्यस्तै भा’छ भन्छन्,’ नाम नबताउने सर्तमा ती म्यानपावर कम्पनी सञ्चालकले नागरिकसँग भने, ‘अल-हुकुकले ६५ दिनार लिन्छ, रसिद भने मात्र ८ दिनारको दिने गरेको छ । रसिदमा नदेखिएको पैसा कहाँ जान्छ, हामीलाई थाहा छैन ।’

कुवेत कामदार पठाउने म्यानपावर र तिनका स्थानीय एजेन्टले दूतावास गई रसिदमा उल्लेख नगरिएको रकम’bout बुझ्दा राजदूत पौडेलले अलपत्र परेकालाई नेपाल फर्काउन खर्च गरिने जवाफ दिने गरेका छन् । परराष्ट्रका अनुसार कुवेतमा अलपत्र परेकाको उद्धारका लागि सरकारले अघिल्लो वर्ष ५ लाख छुट्ट्याएको थियो । यस वर्ष कुवेतसहित ५ देशका लागि एक करोड रकम छुट्ट्याइए पनि यो अनुमोदन भइसकेको छैन । अलपत्र परेकालाई नेपाल फर्काउँदा हवाइजहाज खर्च तिनको परिवार वा आफन्तले बेर्होछन् भने कुवेत रहँदा खाँदाबस्दाको खर्चमात्र सरकारले बेहोर्ने गरेको परराष्ट्र बताउँछ ।

कुवेतमा २० नम्बर भिसा (सर्भेन्ट भिसा- घरेलु सवारी चालक, घरेलु पुरुष तथा महिला कामदार, वाचम्यान आदि) मा जानेले मात्र अल-हुकुकमा बिमा गर्नुपर्ने प्रावधान छ । श्रम कानुनले नसमेट्ने यस्ता कामदारको बिमा गर्न अल-हुकुकसँग गत जुनमा सहमति गरिएको थियो । सहमति गरिएपछि २० नम्बर भिसामा ३ हजार ५ सयजना नेपाली कामदार कुवेत प्रवेश गरेको रेकर्ड दूतावाससँग छ ।

दूतावासकै रेकर्डअनुसार हालसम्म बिमाका नाममा ३ हजार ५ सय कामदारबाट अल-हुकुकले २ लाख २७ हजार ५ सय दिनार (झन्डै ५ करोड ६८ लाख ७५ हजार रुपैयाँ) बुझिसकेको छ। सरकारी स्वीकृतिवपरीत उठाइएको १ लाख ९९ हजार ५ सय दिनार (झन्डै ४ करोड ९८ लाख ७५ हजार रुपैयाँ) को हिसाबकिताब छैन ।

राजदूत पौडेलले बिमा एजेन्सीलाई ६५ नभई ५० दिनारमात्र बुझाउन निर्देशन दिएको बताए। ‘५० मध्ये ८ दिनार बिमा र ४२ सर्भिस सर्टिफिकेटका लागि लिइएको हो,’ पौडेलले फोनमा नागरिकसँग भने, ‘कुवेतमा अलपत्र परेका अनडकुमेन्ट नेपाली कादारको उद्धारमा सहयोग गर्न प्रतिबद्धता जनाएकाले अल-हुकुकलाई बिमाबाहेकको रकम पनि लिन भनिएको हो ।’

कामदारको बासस्थान, कानुनी उपचार, औषधीउपचारमा अल-हुकुकले उक्त रकम खर्चिने गरेको पौडेलको भनाइ छ । ‘सरकारले दिएको ५ लाखले नपुग्ने भएकाले थप रकम लिन एजेन्सीलाई अनुमति दिएको हुँ,’ उनले भने ।

पौडेलले कोइरालासँगको भेटमा कुवेती मन्त्रीले आफ्ना’bout टिप्पणी गरेको पुष्टि गरे । एजेन्सीले बिमाबाहेकको करोडौं रकम कहाँकहाँ खर्चेको छ भन्नेमा उनी खुल्न सकेनन् ।

————————————————————————————————-

नागरिक दैनिकले प्रकाशित गरेको सो समाचार पचासौ हजार कुवैतबासी प्रबासी नेपालीहरु तथा कुवैत आउन चाहने नेपालीहरुसँग प्रत्यक्ष सरोकारको बिषय बस्तु भएको हुँदा कुवेतनेपाल डटकमले सो बिषयलाई लिएर नेपाली राजदूतावास कुवेतमा संपर्क गरेर बुझ्दा, दूतावासको यसमा गम्भिर ध्यानाकर्षण भएको र सत्य-तथ्य सहितको स्पष्टिकरण यथाशिघ्र सबैको सामु पस्किदिने दूतावास श्रोतले बताएको छ ।

कुवेतनेपाल डट कम

Advertisements

7 responses to “कुवेतमा नेपाली राजदूतले करोडौं ठगेः कुवेती मन्त्री

  1. this is very danger news.embassy most have to give reply of this news otherwise embassy will be 100 percent quelty.if it is true what will be result………………………..
    indra

  2. सत्य तत्थे के भनेर हेर्ने निकाय मा नै यो खेल भयो भन्नु यो सबै कुवेत बासी नेपाली हरुको लागि नराम्रो हो पक्का पनि तर यहाँ को सँग सस्था ले अगाडि बाट नै इन्सोरेन्स महँगो भन्दै आयको कुर ठीक हो तर आज यो नै भय को हैन जहाँ सम्म बुझाईको कमी भयको झै लाग्छ किन कि यहाँ समस्या हरु समाधान हुन्छन त्यो बेला मा जो कोही लाई पनि ठिकै हुन्छ ,घरेलु कमदार हरु दुताबास म। छ महिना सम्मा बस्नु पर्ने बाध्यता हुन्छ २ बर्षा देखिको सेलरी नपाएको हुन्छन अनी उनिहरुको भरन पोसन कस्ले गर्छ यहाँ को दुतबसले ८,१० जाना हैन महिनौ पाल्न लाई पनि सजिलो छैन अगाडि बाट हेर्दा महँगो त भयको नै छ तर के हो दुताबास ले सही सत्य यहाँको नेपाली समुदाय मा बिझैदिनु हुने छ भन्ने अपेक्क्ष्य राख्द छु ।।।।

    नेत्र पङेनी

  3. yo samachar khulast gareko ma kuwait nepal.com lai hami nepali haru bat dherai dherai dhanyabad. yadi garne nai ho vanne hami mathi ko atyachar sosan mathi kada niyam lagaunu parchha, kuwait niyam le deko anusar hami nepali haru lai hak dilaunu parchha. dutawas ko barema lekhiyeka samachar haru ko chado bhanda chado spastukaran hunu pani parchha.

  4. kuawait ma nepali ghrelu mahila kamdarko hak ma jun kura aile mideama aeko6 teshma all nepali le sacho kura bujera matrai afno kam lai agadi badaunu parne bela vaeko chha.

  5. हामी नेपाली जनता जून ठाउमा गए पनि थगिनु परेको छ किन ? कुवैत माँ जती पनि नेपाली चेली दुत्तावास को सेल्टर माँ छन तिनी हरूको लागी पहल माँ किन ढिलाई भएको छ? ५००० भन्दा माथि नेपाली दीदी बहिनी दाजू भाई किन इलीगल छन त? नेपाली दुत्तावास कुवैतले किन भिसा को प्रतिक्रिया लाई लागू नै गरिराखेको राखेको छ? जति पनि सेल्टर वा बहिर इलीगल भएर बसेको नेपाली हरुको उधार नहुदा सम्म घरेलु कामदार माँ आउने भिसा को किन रोक लगाउदैन नेपाली दुत्तावास कुवैत ले? सेल्टर माँ २०० भन्दा माथी नेपाली चेली रहेको बारम्बार कुवैत बात प्रकाशित हुने कुवैत नेपाल दत कम र नेपाल कुवैत दत बात हामीले पढी रहेको छौ/-यो हालत माँ नेपाली हरुले दुःख पाई रहेको बेलामा पनि दुत्तावासले कान माँ तेल हालेर घरेलू कामदार माँ आउने हरुको भिसाको रोक लगाउनु किन सकिन? कुवैत माँ भएको संघ सस्था को प्रतिनिधि हरू अब किन चुप लागेर बसने नि? ति नेपाली चिली राखेको सेल्टर कहा छन त ? हामी संघ सस्था को प्रतिनिधि लाई भेट घात गर्नु पाउने ब्यबस्था दुत्तावास ले किन मिलाउदैन ?गएको महिना माँ कुवैत को संघ सस्था को प्रतिनिधि र दुत्तावासको कर्मचारी को बैठक माँ राज्दुत्त ज्यू ले कसैलाई सेल्टर को महिला दीदी बहिनी हरु सिट भेट गर्नु मिल्दैन भन्दै भाषन दिनु भयो कारण करोडौं को ठगी रहिछ: अब हामी लाई कुनै ठगी को स्पितिकर्ण चाहिदैन कुवैत को नेपाली दुत्तावास माँ भएको कर्मचारी हरू लाई नेपाल फिर्ताको माग गर्दै कुवैत बासी नेपाली ५०,००० नेपाली जनताले नेपाल सरकार समक्ष गापन पत्र भुजाउने तयारी छन/-नया नेपाल को स्थापना भई सक्यो ५० साल को राज तन्त्र ख़त्म भयो नया गणतन्त्र को स्थापना भई सकेको छ/-भ्रस्ताचार, नाता बात किरते बात खतम भई सकेको छ/-हामीले कुवैत भएको दुत्तावासको कर्मचारी संग किन स्पितिकर्ण माग्दैनु हाम्रो समुन्ने भ्रस्ताचार, भैराखेको छ/गरीबी हरुलाई लाई रोजगार दिने नेपाली मेनपावर कुवैत का प्रतिनिधि रोज गार को सिल्सिल्ला आउने नेपाली दाजू भाई दीदी बहिनी हाम्रो नेपाल दुत्तावास कुवैत बात नै हाम्रो सामुन्ने थगिएको छन/- नराम्रो कुरा प्रतिफल नराम्रो नै हुन्छ/-५०,००० कुवैत बासी नेपाली को सामुने छरलंग किन भयो त?तपी हरुले कुवैत बासी नेपाली हरुलाई पसु ठान्नु भएको थियो/-अहिले आएर कुवेती उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद अल सबाले किन पोल खोलीदिए त ? के उनी आफ्नो देश माँ गलती सुचना प्रकाशित गरेको छैनन होला/- अब तपाई हरुले कुवैत बासी ५०,००० नेपाली जनता लाई कुन कुराले स्पितिकर्ण दिनु हुन्छ त ? त्यों बेईजेत हुनु भन्दा पहिला नेपाल को लागी बातो तताउनुनै बेस्ट हुने छ/-आउदो दिन माँ कुवैत बासी नेपाली जनता ले सम्मान गर्ने छैनन कालो झंडा देखाउने छन/-

    धन्य बाद

    दिल बहादुर पुन
    बागलुंग बुर्तिबंग
    हाल कुवैत

  6. ab bhane sunidai ayeko ra padhidai ayeko nepali rajdutabasko janta thagne parbirtiko sidhai pardafas bhayeko chha.tashartha pani sambandhit nikayele turanta yes bishayama dhyan puraiyos bhanne chahanchhu.

  7. Aba bhane sunidai ra padhdai ayeko Nepali kamdar thagine parbirtiko purna rupma pardafas bhayeko jasto lageko chha. Tashartha pani sambandhit nikayele turunta yes bishayema pahal garos bhanne chahanchhu.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.