कुन दलको मत कसलाई ?


-कान्तिपुर संवाददाता

काठमाडौं, माघ २० -एमाले अध्यक्ष झलनाथ खनाल बिहीबार नेपालको ३४ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । संसदको ठूलो दल माओवादीसहित अधिकांश बामपन्थी दलको समर्थनमा खनाल लोकतान्त्रिक गणतन्त्रको तेस्रो प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

प्रधानमन्त्री निर्वाचनमा तीन उम्मेदवार, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदारले उम्मेदवारी फिर्ता लिएनन् ।

उम्मेदवारी फिर्ता नलिएपछि मतविभाजन प्रक्रिया सुरु भएको छ ।

…………………..

प्रधानमन्त्री निर्वाचनमा तीन उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएपछि विभिन्न दलहरु पनि विभाजित भएका छन् । विभिन्न दलका नेताहरुले छुट्टाछुट्टै नेताहरुलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

कुन दलको समर्थन कसलाई ?

संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी-

बबन सिंह, स्वतन्त्र सभासद्- झलनाथ खनाल

नेपाली जनता दल- झलनाथ खनाल

नेपाः राष्ट्रिय पार्टी

दलित जनजाति पार्टी- विजयकुमार गच्छदार

राष्ट्रिय जनमोर्चा- झलनाथ खनाल

नेकपा माले- झलनाथ खनाल

नेकपा माले-समाजवादी- झलनाथ खनाल

नेपाल मजदुर किसान पार्टी- निर्वाचन बहिष्कार

राष्ट्रिय जनशक्ति पार्टी- रामचन्द्र पौडेल

राष्ट्रिय प्रजातन्त्र पार्टी- रामचन्द्र पौडेल

नेकपा एकीकृत- झलनाथ खनाल

राप्रपा नेपाल- विजयकुमार गच्छदार

नेकपा एमाले- झलनाथ खनाल

एकीकृत नेकपा माओवादी- झलनाथ खनाल

…………………………..

प्रधानमन्त्री निर्वाचन प्रक्रिया अन्तर्गत अहिले छलफल सुरु भएको छ । विभिन्न दलका नेताहरुले अहिले बोलिरहेका छन् । यसअघि प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेल, झलनाथ खनाल र विजयकुमार गच्छदारले आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गरेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

………………………

प्रधानमन्त्री चयनका लागि संसदमा निर्वाचन प्रक्रिया जारी छ । अहिले प्रधानमन्त्रीका उम्मेदवारहरुले आफ्नो उम्मेदवारीको औचित्य’bout बोलिरहेका छन् ।

………………………….

माओवादीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी निर्णयप्रति उपाध्यक्ष बाबुराम भट्टराईले ‘नोट अफ डिसेन्ट’ लेखेको नेतृ हिसिला यमीले जानकारी दिइन् ।

उम्मेदवारी फिर्ता लिएर खनाललाई सहयोग गर्ने विषयमा छलफल गर्न माओवादी स्थायी समितिको बैठक संसद् भवन नयाँ बानेश्वर झण्डै तीन घण्टा बसेको थियो । भट्टराईले पार्टी निर्णयप्रति असहमति जनाउँदै नोट अफ डिसेन्ट’ लेखे पनि खनाललाई मत दिने बताएका छन् ।

…………..

माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीमा सहयोग गर्न प्रस्ताव गरेपछि माओवादी नेताहरुबिच चर्काचर्की भएको छ ।

दाहालको प्रस्तावप्रति उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईले असहमति जनाएका छन् । उनीहरुले उम्मेदवारी फिर्ता लिने दाहालको प्रस्तावप्रति आपत्ति जनाएको श्रोतले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिएर खनाललाई सहयोग गर्ने विषयमा छलफल गर्न माओवादी स्थायी समितिको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

………………………

प्रधानमन्त्री निर्वाचनमा कस्ले कस्लाई सघाउने भन्ने निर्णय भइरहेको छ । लोकतान्त्रिक गठबन्धनको पक्षमा रहेका राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातनत्र पार्टीले कांग्रेसलाई सघाउने निर्णय गरेका छन् भन् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बिजय कुमार गच्छेदारलाई सघाउने भएको छ ।

राजपको ३ र राप्रपाको ८ मत रहेको छ भने राप्रपा नेपालको चार मत रहेको छ । माओवादीका पक्षमा यसअघि उनलाई मत दिंदै आएका सात साना दल देखा परेका छन् । हालसम्म एमालेका झलनाथ खनाललाई मत हाल्ने निर्णय कसैले गरेको छैन । अन्य दलले भने निर्णय गरेको छैन ।

……………………..

प्रधानमन्त्री निर्वाचनको सम्बन्धमा रणनीति निर्माणका लागि मओवादी स्थायी समितिको अनौपचारिक बैठक संविधानसभा भवनमै बसिरहेको छ ।

…………………………………

प्रधानमन्त्री निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा विभिन्न पार्टीका सभासदहरु पुग्ने क्रम जारी छ । प्रधानमन्त्री माधवकुमार नेपाल तथा प्रधानमन्त्रीका उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुगिसकेका छन् ।

संविधानसभा भवन परिसरमा चहल पहल बढेको छ । ठूलो संख्यामा संचारकर्मीहरु उपस्थित भइसकेका छन् । टेलिभिजन च्यानलहरु प्रधानमन्त्री निर्वाचनको प्रत्यक्ष प्रसारणका लागि तयारीमा जुटेका छन् ।

प्रधानमन्त्रीक उम्मेदवार मधेसी  जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष  बिजय गच्छदार, काँग्रेसका रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनालपनि संविधानसभास्थल पुगेका छन् ।

संविधानसभा भवन बाहिर पट्टी नेपाल आदिवासी जनजाति महासंघले कुर्ची खेल बन्द गर्न प्रधानमन्त्री छान्न, शान्ति र संविधानप्रति गम्भीर हुन माग गर्दै धर्ना दिइ रहेका छन् ।

Posted by: Jay Ale

कुन दलको मत कसलाई ?

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.