अफगानिस्तानलाई ६ विकेट पराजित गर्दै नेपाल एसीसी अण्डर १९ क्रिकेटको सेमिफाइलनमा


काठमाडौं, माघ २१ । नेपाल थाइल्याण्डमा जारी एसीसी अण्डर १९ एलिट कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको समुह चरणको आफ्नो तेश्रो खेलमा आफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल एक खेल अघि नै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा जितका लागि अफगानिस्तानले प्रस्तुत गरेको १ सय २६ रनको लक्ष्य नेपालले २६ दशमलव चार ओभरमा चार विकेटको क्षतिमा भट्टायो । नेपालका लागि सर्वाधिक ४१ रन बनाएका नरेश बुढायर नटआउट रहे । यस्तै १० रन बनाएका प्रदिप ऐरी पनि नटआउट रहे । यसैगरी सुभास खकुरेलले २३, फैजल रहमान खान १४, कप्तान पृथु बास्कोटा ९ र सागर पुन ८ रनमा आउट भए ।

 

यसअघि एआईटीमा टस हारेर पहिले व्याटिङ गरेको अफगानिस्तानले ४३ दशमलव ३ ओभारमा अल आउट हुँदै १ सय २५ रन बनाएको थियो । अफगानिस्तानलाई सस्तैमा समेट्नेक्रममा नेपालका लागि अविनाश कर्णले ३, प्रदिप ऐरी र राहुल विकले समान २-२ तथा कृष्ण कार्की र भुवन कार्कीले समान १-१ विकेट लिए ।

 

नेपालले अब समुह चरणको अन्तिम खेलमा थाइल्याण्डसँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेलमा युएइलाई ९ बिकेट तथा ओमानलाई ३ सय ४ रनले पराजित गरेको थियो ।

Posted By: Narayan Nepal                                                           Source : Weeklynepal

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.