Daily Archives: 04/02/2011

कुवेतमा नेपाली राजदूतले करोडौं ठगेः कुवेती मन्त्री


श्रोत: नागरिक न्युज, २१ माघ २०६७

सुरेन्द्र पौडेल, काठमाडौं, माघ २१- कुवेतका लागि नेपाली राजदूत मधुवन पौडेलले कामदार बिमाबापत तोकिएभन्दा छ गुणा रकम उठाएर हिनामिना गरेको खुलासा त्यहाँकै परराष्ट्रमन्त्रीले गरेका छन् । माघ पहिलो साता उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको कुवेत भ्रमणका सिलसिलामा भएको भेटवार्तामा कुवेती उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद अल सबाले राजदूत पौडेल’bout खुलेरै गुनासो गर्दै यस्तो आक्षेप लगाएको स्रोतले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

श्वेताले सुटुक्क दोस्रो विवाह गरिन्


काठमाडौँ । भारतीय टेलिभिनज च्यानल स्टार प्लसबाट प्रसारित कसौटी जिन्दगिकी नामक सिरियलकी नायिका श्वेता तिवारीले दोस्रो विवाह गरेकी छिन् ।तिवारीले आफ्नै ब्वाइफेन्ड अभिनब कोहलीसँग सुटुक्क बिहे गरेकी हुन् । कलर्स च्यानलबाट प्रसारित रियालिटी सो बिगबोस सिजन ४ की बिजेता श्यताले यस कार्यक्रममा भागलिनु अघि नै बिहे गरेको बताएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

अफगानिस्तानलाई ६ विकेट पराजित गर्दै नेपाल एसीसी अण्डर १९ क्रिकेटको सेमिफाइलनमा


काठमाडौं, माघ २१ । नेपाल थाइल्याण्डमा जारी एसीसी अण्डर १९ एलिट कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको समुह चरणको आफ्नो तेश्रो खेलमा आफगानिस्तानलाई ६ विकेटले पराजित गर्दै नेपाल एक खेल अघि नै सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा जितका लागि अफगानिस्तानले प्रस्तुत गरेको १ सय २६ रनको लक्ष्य नेपालले २६ दशमलव चार ओभरमा चार विकेटको क्षतिमा भट्टायो । पढ्नेक्रम जारी राख्नुहोस्

९० करोड युजर्सलाई खतरा


बीबीसी, माइक्रोसफ्टका अनुसार इन्टरनेट एक्सप्लोररमा एउटा ठुलो सुरक्षा खतराका कारण ९० करोड मानिसको निजी जानकारी खतरामा छ । एउटा गम्भीर श्रेणीको सुरक्षा चेतावनी जारी गर्दै माइक्रोसफ्टले यो सुरक्षा कमीका कारणबाट विन्डोजका सबै अपरेटिङ्ग सिस्टम खतरामा रहेको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तामाङ समुदायको नयाँ वर्ष ‘ह्योई ल्होछार’ सुरु


२१ माघ, काठमाडौं । तामाङ समुदायले धार्मिक एवं साँस्कृतिक पर्व ‘ह्योई ल्होछार’ शुक्रबार मनाउँदै छन् । ल्होछारको अवसरमा सरकारले सार्बजनिक विदा दिएको छ । नेपाल तामाङ घेदुङको संयोजकत्वमा विभिन्न एक सय १० तामाङ संघ-संस्थाले काठमाडौंको टुँडिखेलमा ल्होछार महोत्सव आयोजना गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

दीपाश्रीलाई मञ्चमै चुम्मा गरिदिएपछि…


दक्षिण कोरिया । संसारका होचा ब्यक्ति खगेन्द्रलाई पनि राम्रा नारीहरु देख्नै नहुने भयो । पहिले रेखालाई चुम्मा गरेर नेपाली छापामा छाएका खगेन्द्रले यसपटक मञ्चमै दीपाश्री निरौलालाई चुम्मा गरिदिए । कुरा दक्षिण कोरियाको हो । बुधवार म्याग्दी समाज दक्षिण कोरियाको आयोजनामा सांस्कृतिक कार्यक्रममा भाग लिन खगेन्द्र थापामगर र दीपाश्री निरौला सिउल आइपुगेका थिए ।

सांस्कृतिक कार्यक्रमका बिचमा खगेन्द्र थापा राष्ट्रिय झण्डा बोकेर मञ्चमा निस्किए । दीपाश्रीले पनि मन थाम्न सकिनन क्यारे, मञ्चमै गएर खगेन्द्रलाई बोकिन् । पढ्नेक्रम जारी राख्नुहोस्

‘जन्तरे दाइ’ मेचीको पहिलो प्रधानमन्त्री


-विप्लव भट्टराई

इलाम, माघ २१ -झलनाथ खनाल मेची अञ्चलवाटै पहिलो प्रधानमन्त्री बनेका छन् । पञ्चायतीर बहुदलीय व्यवस्थामा पनि यहाँवाट कोही पनि प्रधानमन्त्री बनेका थिएनन् । उत्तरी इलामको साँखेजुङमा जन्मिएका खनालले संविधान सभाको निर्वाचनमा इलाम क्षेत्र नं. १ वाट विजय प्राप्त गरेका हुन् । खनाल प्रधानमन्त्री बन्ने भएपछि जिल्लास्थित पार्टी कार्यकर्तामा उत्साह आएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कुन दलको मत कसलाई ?


-कान्तिपुर संवाददाता

काठमाडौं, माघ २० -एमाले अध्यक्ष झलनाथ खनाल बिहीबार नेपालको ३४ औं प्रधानमन्त्री निर्वाचित भएका छन् । संसदको ठूलो दल माओवादीसहित अधिकांश बामपन्थी दलको समर्थनमा खनाल लोकतान्त्रिक गणतन्त्रको तेस्रो प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

प्रधानमन्त्री निर्वाचनमा तीन उम्मेदवार, एमाले अध्यक्ष झलनाथ खनाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र विजयकुमार गच्छदारले उम्मेदवारी फिर्ता लिएनन् । पढ्नेक्रम जारी राख्नुहोस्