आजको चुनावमा चार गोटी, चार दाउ


-माधव ढुङ्गेल

नागरिक न्युज, काठमाडौं, माघ २० । आज हुने चुनावी मैदानमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल र लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार उत्रिएका छन् । प्रमुख तीन र मधेसी दलले पनि आ-आफ्नै उम्मेदवार उठाएका कारण संसदमा आज १ बजे हुने चुनावअघि कसैले फिर्ता नगरी सबै उम्मेदवार कायम रहे परिणाम आउने छैन ।

उम्मेदवारी दर्ता गर्न संविधानसभा भवन पुगेका दलका नेताहरूमध्ये कसैले पनि आफू जित्ने ठोकुवा गर्न सकेनन् । बिहीबार १ बजे बस्ने संसद् बैठकमा सबै उम्मेदवारले आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्न संसदमा बोल्ने छन् । त्यसपछि उम्मेदवारी फिर्ता लिन सभामुख सुवासचन्द्र नेम्वाङले समय दिनेछन् । फिर्ता नलिई बाँकी रहेका सबै उम्मेदवारलाई एकैपटक निर्णयार्थ पेस गरिनेछ । चुनावमा सबै सभासद् उपस्थित हुन ‘रुलिङ’ गरिसकिएको छ ।

तटस्थ बस्न नपाइने नियमावलीमै व्यवस्था गरिएको छ । विपक्षमा भोट दिन नपाइने व्यवस्था गरिएकाले आफूले चाहेको उम्मेदवारको पक्षमा भोट दिन राखिएको सभासद्को सूचीमा ‘हुन्छ’ भन्ने मत मात्र दिने व्यवस्था छ, हुन्न भन्ने मत दिन पाइने छैन । कुनै पनि उम्मेदवारले संसदमा कायम ५९८ को बहुमत पुगे प्रधानमन्त्री निर्वाचित भएको र नपुगे सबै उम्मेदवारबीच दोस्रोपटक चुनाव गराउन २२ गतेका लागि संसद्को बैठकबाटै तोक्नेछन् ।

प्रधानमन्त्री चुन्ने सभासद् संख्या:

एकीकृत माओवादी २३७
नेपाली कांग्रेस ११४
नेकपा एमाले १०६ (सभामुखबाहेक)
फोरम लोकतान्त्रिक २८
मधेसी जनअधिकार फोरम २५
तमलोपा ११
तमलोपा नेपाल ९
सद्भावना पार्टी ९
नेकपा माले ५
माले समाजवादी ४
राप्रपा ८
नेकपा संयुक्त ५
नेपाल मजदुर किसान पार्टी ५
राप्रपा नेपाल ४
राष्ट्रिय जनमोर्चा ४
राष्ट्रिय जनशक्ति पार्टी ३
सद्भावना (आनन्दीदेवी) ३
जनमुक्ति पार्टी २
नेकपा एकीकृत २
नेपाली जनता दल २
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १
संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी १
समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल १
दलित जनजाति पार्टी १
नेपाल परिवार दल १
नेपाः राष्ट्रिय पार्टी १
नेपाल लोकतान्त्रिक समाजवादी दल १
चुरे भावर एकता १
स्वतन्त्र २
सभामुख १

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.