प्रहरीले सुकुम्बासीको घर-टहरमा आगो लगायो


imageप्रहरीले सकुम्बासीको एक सयभन्दा बढी घर-टहरामा आगो लगाएका छन् । प्रहरीले मंगलबार हाँसपोसाको वडा २ र ८ मा रहेको ऐलानी जग्गामा सुकुम्बासीहरूले बनाएका घर-टहरामा आगो लगाएका हुन् । यसअघि पनि प्रहरीले सोही जग्गामा सुकुम्बासीहरूले बनाएका घर-टहरा भत्काएको थियो । पुनः उनीहरूले घर निर्माण गरेकाले आगो लगाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक श्यामल सुब्बाले बताए । केही राजनीतिक दलका नेताहरूले पैसा खाएर सुकुम्बासीहरूलाई सो जग्गामा घर बनाउन लगाएकाले आगो लगाइएको उनको दाबी छ ।

प्रहरीले सोही स्थानमा एक महिनाअघि सुकुम्बासीहरूले बनाएका एक सयभन्दा बढी घर-टहरा भत्काई दिएको थियो । प्रहरीले सुकुम्बासीहरूका घर-टहराहरू जलाउन थालेपछि प्रहरी र सुकुम्बासीहरूबीच झडपसमेत भएको थियो । सोहीक्रममा प्रहरीले सुनिता राई, प्रभात राई, मेनुका राई, सुरज राई, सञ्जय राई, गोपाल तामाङ र चन्द्र रमतेललाई नियन्त्रणमा लिएको थियो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाका अनुसार व्यिगत या ऐलानी जग्गामा बस्दै आएका सुकुम्बासीलाई बारम्बार त्यहाँबाट हट्न आग्रह गर्दा पनि अटेर गरेको बताए । अटेर गरेकाले सुकुम्बासीका घर-टहरामा प्रहरीले आगो लगाइदिएको उनले ……….बताए ।

प्रहरीले नियन्त्रणमा लिएका सुकुम्बासीलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको छ । यता, सुकुम्बासीहरूले भने पक्राउ परेकालाई तत्काल नछाडे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । त्यही जग्गा यसअघि जग्गाका दलालहरूले प्रयोग गर्दा प्रशासनले बेवास्ता गरेको तर आफूहरूले घर बनाउदा आगो लगाएर अन्याय गरेको उनीहरूको आरोप छ ।

Posted by : Dambar Prasad Rimal                 Source: nayapatrika

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.