प्रधानमन्त्री झलनाथ खनालको संक्षिप्त जीवनी


Solidarity Reporter

विक्रम सम्बत २००६ साल चैत ६ गते मेची अन्चल इलाम जिल्लाको साँखेजुङ्गमा पिता पुड्कनाथ र आमा मधुमाता खनालको सातौँ सन्तानको रुपमा झलनाथ खनालको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातक सम्म अध्ययन गरेका खनालले २०२५ सालमा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । रविलक्ष्मी मानन्धरसँग विवाह गरेका खनालको एक मात्र पुत्रको रुपमा निर्भिक चित्रकार खनाल रहनुभएको छ ।

पार्टी सदस्यता लिएको सात बर्ष पछि विसं २०३२ सालमै पार्टीको एक भातृ संगठनको नेतृत्व पाएका खनाल छोटो अवधीमै नेकपा मालेका महासचिव बन्न सफल बन्नुभएको थियो । तत्कालीन महासचिव सिपी मैनालीलाई महासचिवबाट हटाएर नेकपा मालेका महासचिव बनेका खनालले ८ बर्षसम्म पार्टी हाँक्नु भएको थियो ।

१२ बर्ष भुमिगत राजनीतिमा सकि्रय बनेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले ७ बर्ष जेल जीवन विताउनुभएको छ । विसं २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा गठन भएको सरकारमा खनाल पहिलो पटक वन तथा भुसंरक्षण मन्त्री बन्नुभएको थियो । यस्तै २०५२ सालमा लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा बनेको सरकारमा संचारमन्त्री बनेका खनाल त्यसपछि मन्त्री बन्नु भएको छैन ।

संविधानसभाको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका खनाल माधव कुमार नेपालले राजीनामा दिएपछि २०६५ सालमा पुनः नेकपा एमालेका महासचिव बन्नुभएको थियो । संविधानसभाको निर्वाचनमा माधव कुमार नेपालले लज्जाजनक हार व्यहोरेपछि खनाललाई महासचिव बन्ने अवसर जुटेको थियो । बुटवलमा सम्पन्न नेकपा एमालेको आठौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष बन्नुभएका खनाल अहिले एमाले संविधानसभा दलको नेता समेत हुनुहुन्छ ।

स्वच्छ छवि र भलाद्मी व्यक्तित्वका धनी खनाल मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादका विरोधी मानिनुहुन्छ । जनताको बहुदलीय जनवादलाई “ुदक्ष प्रजापतिको टाउको” भनेर निक्कै चर्चा कमाउनुभएका खनाललाई एमाले भित्रका केहि नेताहरुले माओबादीको निकट भनेर आलोचना पनि गर्ने गरेका छन् ।

कवितामा निक्कै रुची राख्ने खनालले प्रजातान्त्रिक नेपालको रुपरेखा लगायतका १ दर्जन पुस्तकहरु पनि लेख्नुभएको छ ।

Posted by: Jay Ale

2 responses to “प्रधानमन्त्री झलनाथ खनालको संक्षिप्त जीवनी

  1. राम्रो news रैछ

  2. good to know he is prime minister but he have to give good things for nation.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.