Daily Archives: 03/02/2011

प्रधानमन्त्री झलनाथ खनाल ’bout छोटो जानकारी


डम्बर प्रसाद रिमाल

झलनाथ खनाल नेपाली कम्युनिष्ट आन्दोलनका एक नेता हुन् । हाल यिनी नेकपा (एमाले)को अध्यक्ष र नेपाल गणतन्त्र मुलुक भएपछी नेपालको तेस्रो प्रधानमन्त्रिमा विक्रम संवत् २०६७ माघ २० गते संविधान सभाबाट  निर्वाचित हुनुभएको छ । 

इलाम जिल्लाको साँखेजुङमा जन्मेका खनाल  इलाम जिल्ला क्षेत्र नं. १ बाट संविधान सभा सदस्यमा चुनिएका थिए । विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिष्ट राजनीतिमा लागेका खनाल तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको पोलिट ब्यूरो सदस्य हुँदै महासचिव सम्म बनेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री झलनाथ खनालको संक्षिप्त जीवनी


Solidarity Reporter

विक्रम सम्बत २००६ साल चैत ६ गते मेची अन्चल इलाम जिल्लाको साँखेजुङ्गमा पिता पुड्कनाथ र आमा मधुमाता खनालको सातौँ सन्तानको रुपमा झलनाथ खनालको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्र र इतिहासमा स्नातक सम्म अध्ययन गरेका खनालले २०२५ सालमा पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीको निर्वाचनमा झलनाथ खनाल निर्वाचित


-डम्बर प्रसाद रिमाल

प्रधानमन्त्रीको निर्वाचनको नतिजा

झलनाथ खनाल              =३६८
रामचन्द्र पौडेल             =१२२
बिजय कुमार गच्छदार  =६७
२० माघ । सात महिना पछि अन्ततः मुलुकले नयाँ प्रधानमन्त्री पाएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो प्रधानमन्त्रीका रुपमा नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता झलनाथ खनाल निर्वाचित हुनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तीन लाख नेपाली अपराधी, प्रहरीले पक्राउ गर्न सकेन


विभिन्न अपराधमा अदालतले दोषी ठहर गरे पनि कारबाही छल्दै आएका नेपालीको संख्या तीन लाख पुगेको छ । सर्वाच्च अदालतको तथ्यांकअनुसार ती सबै दोषी मिलेर भुक्तान गर्नुपर्ने ८८ हजार वर्ष जेल सजाय पनि कार्यान्वयन भएको छैन । सर्वोच्चले संकलन गरेको पछिल्लो तथ्यांकअनुसार सार्वजनिकदेखि जघन्य किसिमका करिब एक लाख मुद्दामा तीन लाखजनालाई विभिन्न अदालतले दोषी ठहर गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

प्रहरीले सुकुम्बासीको घर-टहरमा आगो लगायो


imageप्रहरीले सकुम्बासीको एक सयभन्दा बढी घर-टहरामा आगो लगाएका छन् । प्रहरीले मंगलबार हाँसपोसाको वडा २ र ८ मा रहेको ऐलानी जग्गामा सुकुम्बासीहरूले बनाएका घर-टहरामा आगो लगाएका हुन् । यसअघि पनि प्रहरीले सोही जग्गामा सुकुम्बासीहरूले बनाएका घर-टहरा भत्काएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

रुकुमे बालकको बाध्यता(फोटो फिचर)


जंगलमा खेल्दा-खेल्दै निदाएका रुकुम बाफीकोटका बालबालिका । यहाँका विद्यालय जाने उमेरका बालबालिका घरमै खेलेर बस्ने गर्छन् ।

Posted by: Dambar Prasad Rimal

एच आइ भी पीडितका बच्चालाई हजुरबा-आमाले पनि छोएनन्


किरण चुनारा भर्खर वर्षदिनका भए । सबैको माया पाएर हातहातै हुर्किनुपर्ने समयमा उनलाई न बाजे-बज्यैले काखमा राखेर खेलाउँछन् न त अन्य आफन्तले । उनलाई काखमा राखेर खेलाउन त परै जाओस्, कोही उनको नजिकसम्म आउँदैनन् । उनी न हाँस्छन्, न खेल्छन् न त निश्चिन्त भई बस्छन् नै । उनी घरी-घरी रुन्छन् मात्र ।

नरोएर के गर्छ त ? मेरो दूधले पेट भरिन्न, आमा धानाले निराश हुँदै भनिन्, वर्षदिन भयो यसले पेटभरि खान पाएको छैन ।’ पढ्नेक्रम जारी राख्नुहोस्

आजको चुनावमा चार गोटी, चार दाउ


-माधव ढुङ्गेल

नागरिक न्युज, काठमाडौं, माघ २० । आज हुने चुनावी मैदानमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले अध्यक्ष झलनाथ खनाल र लोकतान्त्रिक मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार उत्रिएका छन् । प्रमुख तीन र मधेसी दलले पनि आ-आफ्नै उम्मेदवार उठाएका कारण संसदमा आज १ बजे हुने चुनावअघि कसैले फिर्ता नगरी सबै उम्मेदवार कायम रहे परिणाम आउने छैन । पढ्नेक्रम जारी राख्नुहोस्