Daily Archives: 02/02/2011

प्रधानमन्त्री नयाँ प्रक्रिया आज सुरु/यस्ता छन् उम्मेदवारहरु


गंगा बीसी/दुर्गा खनाल, काठमाडौ

माघ १९ – प्रधाननमन्त्री निर्वाचनका लागि संसदमा बुधबार प्रमुख तीन दलका शिर्षनेताले पुनः उम्मेदवारी दिंदैछ्न् ।  सहमतीय सरकार निर्माणको प्रयास विफल भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले अध्यक्ष झलनाथ खनालले फेरी प्रतिस्पर्धा उत्रिन लागेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

ठमेलका मसाज केन्द्रहरुबाट ८० युवती पक्राउ


केपी ढुंगाना, काठमाडौं

माघ १८ -महानगरीय प्रहरी परिसर काठमाडौंले पर्यटकीय ठमेल क्षेत्रबाट व्यवसायिक रुपमा यौनजन्य गतिविधि संचालन गरेको भन्दै ८० युवतीसहित १ सय ३ जनालाई पक्राउ गरेको छ । ठमेलका मसाज केन्द्रहरुमा यौनजन्य अश्लिल क्रियाकलाप गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो ।

डिएसपी केदार ढकालका अनुसार सामाजिक मर्यदा विपरित यौनजन्य अश्लिल क्रियाकलाप भएको जानकारीका आधारमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । ढकालले मसाज केन्द्रहरुमा प्रहरी पुग्द अश्लिल कार्य गरिरहेका ८० महिला र २३ पुरुषलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

साउदीमा २५ लाख चोरी गरेपछि, साथीहरुलाई पक्राउ पूर्जी


होम कार्की, काठमाडौ

माघ १८ -साउदी अरेबियामा श्रम गर्न गएका एक कामदारले झन्डै २५ लाख रुपैयाँको सामान चोरेर नेपाल आएपछि उनीसँगैका अन्य सहकर्मीलाई साउदी कम्पनीले पक्राउपुर्जी जारी गरेको छ । दुई महिनाअघि साउदीमा एक ट्रान्सपोर्ट कम्पनीमा काम गर्ने श्यामबहादुर लुइटेल छेत्रीले बीचबाटोमै २५ लाख रुपैयाँ बराबरको सामान बेचेर फरार भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

राजदूत अन्सारी फिर्ता बोलाइए


-कान्तिपुर संवाददाता

काठमाडौ, माघ १९ -मृतक कामदारको क्षतिपूर्ति रकम दुरुपयोगको अभियोगसहित एक महिनायता छानबिनमा परेका साउदी अरेबियास्थित राजदूत हमिद अन्सारीलाई फिर्ता बोलाउने निर्णय सरकारले गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अन्सारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्