प्रचण्ड र खनालद्वारा उम्मेदवारी घोषणा


व्यवस्थापिका संसदमा बुधवार प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गरिनेछप्रधानमन्त्रीको नयाँ चुनावी प्रकृयामा एकिकृत नेकपा माओवादी र नेकपा एमालेले आआफ्ना अध्यक्षलाई उम्मेदवार बनाउने निर्णय गरेका छन् । दोश्रो ठूलो दल नेपाली कांग्रेसमा अघिल्ला उम्मेदवार रामचन्द्र पौडेलको विकल्प खोज्ने पार्टीभित्रैबाट आएको प्रस्तावलाई लिएर घर-झगडा मच्चिएको छ । प्रधानमन्त्रीको उम्मेदवारी बुधवार दर्ता गर्नु पर्नेछ ।

पहिलो

तेश्रो ठुलो दल नेकपा एमाले चुनावी मैदानमा उम्मेदवार ओराल्ने पहिलो पार्टी बनेको छ।अध्यक्ष झलनाथ खनाललाई उम्मेदवार बनाउने निर्णय केन्द्रिय कमिटिले गरेको हो।उक्त दलका सचिव युवराज ज्ञवालीले भने, “केपी ओलीको प्रस्तावलाई प्रधानमन्त्री माधवकुमार नेपालले समर्थन गरेपछि सबैले ताली बजाएर हर्षोल्लासका साथ सर्वसम्मतीले अध्यक्षलाई उम्मेदवार बनाउने निर्णय गर्‍यौं।”राष्ट्रिय सहमतिको बाटो खुला गर्न भन्दै आफ्नै पार्टीबाट चर्को दवाव खेपेपछि एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्रीबाट सात महिनाअघि राजिनामा दिएका थिए।तर राष्ट्रिय सहमति नजुटेपछि फेरी बहुमतीय प्रकृया शुरु भएको थियो।उक्त प्रतिष्पर्धामा उत्रिएका अध्यक्ष खनाल पार्टीकै पूर्वसर्त अनुसार दुई तिहाइ समर्थन जुटाउन नसक्दा मैदान छाड्नु पर्‍यो।त्यसपछि सहमतिको निम्ति भन्दै तटस्थ बसेर……. एमालेले नयाँ चुनावी प्रकृयाको मागमा महिनौं ‘चट्टाने अड्डी’ लिएको थियो।

फेरी प्रचण्ड

केन्द्रिय समितिमा व्यापक छलफल गरी सर्वासम्मतीबाट बुधवार विहान उम्मेदवारको टुंगो लगाउँछौं

अर्जुन नरसिंह केसी, नेता, नेपाली कांग्रस त्यो अडान सामना गर्न नसकेपछि चुनावी मैदान छाडेको सबैभन्दा ठूलो दल एकिकृत नेकपा माओवादीले पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेरी चुनावी भिडन्तमा पठाएको छ।स्थाई समितिको निर्णय’bout माओवादी सचिव सीपी गजुरेलले भने, “अध्यक्षले यस्तो स्थिति छ के गर्ने भन्ने कुरा राखेपछि हुन्न भन्ने कोहि नभएपछि सर्वसम्मतीले उहाँलाई उम्मेदवार बनाउने निर्णय लियौं।”प्रचण्ड संसदीय दलको नेता र अध्यक्ष समेत रहेको तथा यसअघि उनलाई नै उम्मेदवार बनाउने पार्टीको निर्णय भएकाले उक्त निर्णय लिनु स्वाभाविक भएको गजुरेलको तर्क थियो।वाहिर प्रकाशमा आए जस्तो प्रचण्डको विकल्प खोज्ने’bout कसैले कुरा नउठाएको उनले बताए।

गृह-कलह

एमालेले गरेको आग्रह अनुसार अन्तिममा उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेस गृह कलहमा फसेको छ।कतिपयले अघिल्ला उम्मेदवार रामचन्द्र पौडेलको सट्टा शेरबहादुर देउवा वा अरु कसैलाई उम्मेदवार बनाउन दवाव बढेपछि मंगलवार भएको छलफल कुनै निष्कर्षमा पुग्न सकेन्।छलफलमा सरिक नेता अर्जुन नरसिंह केसीले भने, “केन्द्रिय समितिमा व्यापक छलफल गरी सर्वासम्मतीबाट बुधवार विहान उम्मेदवारको टुंगो लगाउँछौं।”उम्मेदवारी घोषणा गरेर बहुमतिय प्रकृयामा गए पनि दलहरुले अझै सहमतिको प्रयास गर्ने बताइरहेका छन्।तर विगतमा त्यस्ता प्रयास बारम्वार विफल भएकाले कतिपयले त्यसप्रति विश्वास गर्न सकिरहेका छैनन्।

Posted By: Dambar Prasad Rimal             Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.