क्यान–इन्फोटेक मेलामा छुटै छुट


यस वर्षको ब्रोडलिंक क्यान–इन्फोटेक मंगलबारदेखि सुरु भएको छ । राजधानीमा प्रत्येक वर्ष आयोजना हुने क्यान इन्फोटेक मेला विशुद्ध सूचना सञ्चार प्रविधिसम्बन्धी प्रदर्शनी मानिन्छ । सबैभन्दा छिटो परिवर्तन हुने सूचना प्रविधिको पछिल्लो जानकारी र आविष्कारका ’boutमा जनचेतना अभिवृद्धि गरिने उद्देश्यले आयोजना गरिएको यस मेलालाई सर्वसाधारणले भने सुपथ मूल्यको किनमेल केन्द्रका रूपमा पनि लिने गरेका छन् । सूचना सञ्चार प्रविधिसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय कम्पनीहरूले बजार मूल्य र परिस्थितिभन्दा भिन्दै आकर्षण ढंगले किनमेल कारोबार गरिने भएकाले इन्फोटेक मेला आम सर्वसाधारणका लागि आकर्षण बन्दै आएको छ । एउटै स्थानमा रोजी–रोजी आवश्यक सामग्रीको किनमेल गर्न मिल्ने भएकाले पनि सर्वसाधारण मेलाप्रति आकर्षित देखिएका हुन् ।

सूचना प्रविधि सामग्रीसम्बन्धी स्वदेशी तथा विदेशी कम्पनी गरी करिब तीन सय स्टलको सहभागिता रहेको प्रदर्शनीमा प्रायःजसो सबै स्टलहरूमा कम्पनीका आ–आफ्नै प्रकारका छुट अफरका प्ले बोर्ड देखिन्छन् । मेलाको प्रमुख प्रायोजक ब्रोडलिंकले मेलाको अवसरमा मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि इन्टरनेट सेवामा विशेष छुटको सुविधा उपलब्ध गरेको छ । इन्टरनेट सेवा प्रदायक ब्रोडलिंकले विद्यार्थीलाई ३ सय रुपैयाँको इन्टरनेट प्याकेज, २ हजार २ सय ६० रुपैयाँभन्दा बढी मूल्यको कार्ड किन्दा ५० प्रतिशत बोनस, १ हजारको कलिङ कार्ड किन्दा ५ सय बोनस, यूएसबी डायलग र यूएसबी फोन खरिदमा ३ सय रुपैयाँ छुटलगायतका सुविधा दिएको छ । साथै कम्पनीले ब्रोडटेल भ्वाइस सर्भिसमा दिएको छुट उपभोग गरी ग्राहकले ९९ पैसामा विदेश कल गर्न सक्नेछन् । विशेषगरि कम्प्युटर सामग्री तथा नयाँ–नयाँ मोबाइल ब्रान्ड तथा मोडलका आकर्षक रहेको मेलामा सम्बन्धित कम्पनीहरूले छुट व्यवस्था गरेका छन् । कम्प्युटरमा डेल, एचपी, नोकिया मोबाइल, सामसुङ प्रोजेक्टर लगायतका ब्रान्डको आधिकारिक विक्रेता न्युटेरिक नेपालले पनि क्यान इन्फोटेक मेलाको अवसरमा डेल ब्राण्डको डेस्कटप कम्प्युटर खरिदमा ७ हजार रुपैयाँ बराबरको लजिटेक ड्राभिङ स्टेरिङ र वायरलेस किबोर्ड तथा माउस फ्रि दिने गरेको छ । आइड्रिम प्रोफेसनल कम्पनीले सबैभन्दा सस्तो २९ हजार रुपैयाँमा बेन्क्युको नेटबुक ल्यापटप मेलामा राखेको छ । कम्पनीले हट प्रडक्टका रूपमा ४४ हजार रुपैयाँ मूल्य पर्ने बेन्क्युको आर १०० इन्टरनेट ट्याबलेट पिसी समेत राखेको छ । त्यस्तै साथी कम्प्युटरले ल्यापटप खरिद गर्दा एलसीडी टिभी सित्तैमा दिने सुविधा दिएको छ ।

मर्कन्टाइल ग्रुपअन्तर्गत इप्सन ब्रान्डका लेजर, कलर तथा मल्टिफङसन प्रिन्ट तथा फोटो प्रिन्टरहरूमा गु्रपले बजार मूल्यभन्दा २ हजारदेखि ५ हजारसम्म छुट दिने माक्रेटिङ डिपार्टमेन्टका हिमाल गुरुङले कारोबारसँग भने । सोही गु्रपअन्तर्गतको एसर ब्रान्डका ल्यापटपमा समेट छुट सुविधा छ । मेलाको अवसरमा सहभागी अधिकांश सफ्टवेयर तथा हार्डवेयर कम्पनीले आ–आफ्नै किसिमले छुट अफर दिएका छन् । विगतदेखि छुट सुविधा उपलब्ध गराउँदै आएका कम्पनीहरूसँगै सूचना प्रविधि सामग्री किनमेलका लागि मेला नै कुर्ने सर्वसाधारण पनि पछिल्लो पटक बढ्दै गएका छन् ।

क्यानलाई बधाई र जिम्मेवारी

वार्षिक रूपमा क्यान–इन्फोटेक मेलाको आयोजना गरी सूचना तथा सञ्चार प्रविधिसम्बन्धी जनचेतना अभिवृद्धि तथा विकास कार्यमा सहयोग पु¥याएको भन्दै प्रधानमन्त्री माधवकुमार नेपाललगायत उच्च सरकारी अधिकारीहरूले बधाई र जिम्मेवारीको तक्मा थमाएका छन् । ‘ब्रोडलिंक क्यान इन्फोटेक २०११’ नाम दिइएको मंगलबादेखि राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको इन्फोटेक मेलाको औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री नेपाल क्यानको प्रसंशा गर्दै बधाई दिए । साथै उनले आगामी दिनमा मुलुकलाई सूचना प्रविधि उद्योगमार्फत विश्व माझ चिनाउँदै स्थानीय क्षेत्रमा सञ्चार प्रविधिको जानकारी गराउनु क्यानको जिम्मेवारी रहेको स्पष्ट पारे । मुलुकभित्र दुर्गम तथा ग्रामीण क्षेत्रसम्म सूचना प्रविधिको पहुँच पु¥याउन सरकारले निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको प्रधानमन्त्री नेपालले बताए । उनका अनुसार, २१ औं शताब्दीमा सूचना प्रविधिबिना मानवीय जीवन अपांग सरह भएकाले यस उद्योगलाई आर्थिक समृद्धिका रूपमा अगाडि बढाउन जोड दिए ।

सन् १९९२ मा कम्प्युटर तथा सूचना प्रविधि व्यवसायीहरूको साझा संगठन कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले स्थापनापश्चात् १९९५ देखि क्यानले औपचारिक रूपमा क्यान–इन्फोटेक मेलाको आयोजना गर्दै आएको हो ।

Posted by: Raju Gurung

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.