कुवेतमा काम गरेकि केटिले नेपालमा समलिङगीसँग विवाह गरिन


अलि अनौठो छ उनको नाम, मिनिसा । नामको पहिलो अक्षर ‘मि’ उनका पिता मिलनबाट लिइएको छ भने दोस्रो अक्षर ‘नि’ आमाको निर्मलाबाट आएको हो । र, अन्तिम अक्षर ‘सा’ले साथ वा साथीको अर्थ संकेत गर्छ । भर्खर १० महिनाकी भइन्, मिनिसा । तर, मिलन र निर्मलाकी जैविक सन्तान होइनन्, उनी । मिनिसालाई मिलन-निर्मला दम्पतीले जन्मनासाथ धर्मसन्तानका रूपमा ग्रहण गरेको हो । चितवनको एक अस्पतालमा स्टाफ नर्सको तालिम लिइरहेकी मिलनकी एक आफन्तमार्फत मिनिसाले अभिभावक पाएकी हुन् । रमाइलो त के भने मिनिसाका यी दुवै अभिभावक महिला हुन् । खासमा ४० वषर्ीया मिलन बाँस्तोला शारीरकि रूपले महिला हुन् र उनले २५ वषर्ीया निर्मलालाई आफ्नो जीवनसाथीका रूपमा घरमा भित्र्याएकी हुन्। मंगलपुर गाउँ’round मात्र होइन, चितवनमै अधिकांशले उनलाई ‘कान्छा दाइ’ भनेर चिन्छन्। तर, उनको न्वारनको नाम धनकुमारी हो। नाम धनकुमारी भए पनि उनले जबदेखि होस सम्हालिन्, उनको व्यवहारमा क्रमशः नारीजन्य चरत्रि देखिन छाड्यो। जनेन्दि्रय महिलाको भए पनि उनको पहिरन, हाउभाउ र शैली ठ्याक्कै पुरुषसँग मिल्दोजुल्दो हुन थाल्यो।

स्थानीय विद्यालयमा ५ कक्षा पढ्दा पढ्दै शिक्षकले मिड्डी लगाएर आउन उर्दी जारी गरेपछि उनलाई झोक चल्यो, त्यसपछि उनले कहिल्यै पनि विद्यालयको मुख हेरनिन्। “मलाई केटीको जस्तो लुगा लगाउन कहिल्यै मन भएन, स्कुल जाँदा पनि म पाइन्ट र सर्ट नै लगाएर जान्थेँ,” मिलन भन्छिन्, “तर, मलाई मिड्डी नलगाएसम्म स्कुल आउन नदिने भनेपछि पढाइ नै छोडेँ।”मिलनलाई केटीहरूको लुगा वा सौन्दर्य सामग्री प्रयोग गर्न कहिल्यै मन लागेन। बरु राम्री केटी देखे जिस्क्याउन मन लाग्ने तर केटीहरूसँग हिँड्दा लाज लाग्ने हुन थाल्यो।उनका समकालीन केटी साथीहरू टालाटुली बटुली खेल्थे, उनी भने केटाहरूसँग गुच्चा खेल्थिन्।

सामान्यतया पुरुषमा हुनुपर्ने जैविक गुण उनमा विकसित हँुदै गयो। कतिसम्म भने उनका समकालीन केटा साथीहरू पनि उनको कोठामा आएर घन्टौँ बिताउँथे। पुरुषप्रति यौन आकर्षणको अनुभव उनलाई कहिल्यै भएन। तर, पुरुष पहिरन, पुरुष नाम, पुरुष भूमिका र पुरुष सम्बोधनको लालसा भने निरन्तर रह्यो। उमेर भएपछि नेपालगन्जकी एउटी युवतीसँग मिलनको सम्बन्ध घनिष्ठ भयो। केही समय उनीहरू सँगै पनि बसे। तर, ती युवती आफ्नो परविारको दबाब झेल्न नसकेपछि पलायन भइन्। बिहे गरेर घरजम गरनि्। त्यसपछि पनि मिलनले जीवनसंगिनी भेटेकी थिइन्। केही समय सँगै बसेपछि ती युवती पनि उनलाई छाडेर विदेश लागिन्। देवघाटकी ती युवतीको अहिले पनि फोन आउँछ। तर, मिलन भन्छिन्, “मलाई छोडेर नगएकी भए हुन्थ्यो, अब गइसकेपछि फोन गरेर रुनु/कराउनुको के अर्थ रह्यो र ?” अर्थात्, मनले ताकेजस्तो भएन उनको जीवन।

अहिले जोसँग ‘घरजम’ गरेर बसेकी छन्, उनी अर्थात् निर्मलासँग मिलनको भेट मुम्बईको गोरेगाउँमा भएको थियो। निर्मला कुवेत जाने तयारीमा थिइन् भने मिलन खाडी मुलुकमा महिलाहरूलाई पठाउने काम गर्थिन्। “त्यहीँ बस्दा हामीबीच माया बस्यो,” निर्मलाले भनिन्। त्यसपछि निर्मला कुवेत लागिन् र १६ महिनापछि फर्किन्। दुवैको भेटघाट बाक्लिन थाल्यो फेरि। र, सँगै बस्न थाले। थाहा छैन, के कारण हो निर्मलालाई पनि पुरुष आकर्षणले कहिल्यै छोएन रे ! उनले मिलनलाई नै जीवनसाथीका रूपमा स्वीकारनि्। उनीहरूबीचको ‘अनौठो सम्बन्ध’मा दुवैका परविार कहिल्यै तगारो बनेनन्। छोरीले धर्मसन्तानका रूपमा एउटी नवजात बच्चीलाई ग्रहण गरेपछि त धार्मिक स्वभावका मिलनका बुबाले भरतपुरमा डेरामा बसिरहेको यो समलिंगी जोडीलाई मंगलपुरस्िथत घरमै आएर बस्न भनेपछि त ठूलै राहत भयो। घरपरविार, छरछिमेक र इष्टमित्रले उनीहरूलाई ‘दम्पती’कै रूपमा स्वीकार गरेपछि यो दम्पती फुरुंग छ। तर, निर्मलालाई भने आफ्ना ‘श्रीमान्’प्रति भने एउटा गुनासो छ। भन्छिन्, “अहिले पनि केटी खेलाउँदै हिँड्ने अनि रक्सी खाने बानी नराम्रो छ।”

महिला समलिंगीहरूको संगठन साइनो नेपालकी अध्यक्ष पनि रहेकी मिलन आफ्नो संस्थाको सम्पर्कमा ठूलो संख्यामा महिला समलिंगी आउन थालेको अनुभव सुनाउँछिन्। मंगलपुरस्िथत आफ्नै घरमा नेपालसँग कुरा गर्दै मिलनले छोरी भएर जन्माउँदा त्यस छोरीले छोराजस्तो व्यवहार देखाएपछि घरबाटै समस्या उत्पन्न हुनु र छोरीलाई बिहे गरेर दिन नपाउँदा अभिभावकको चित्त दुख्नु आफैँमा अस्वाभाविक नभएको बताइन्। “हामीले नयाँ पुस्ताका कति समलिंगी महिलालाई चिनेका छौँ, उनीहरूसँग बारम्बार भेट पनि हुन्छ तर उनीहरू सार्वजनिक हुन चाहेर पनि सकिरहेका छैनन्,” मिलन भन्छिन्, “कारण उही हो, घरपरविारले नकारात्मक प्रतिक्रिया जनाउला कि भन्ने डर।”

मिलनका कथाव्यथा र अनुभव-अनुभूति सुन्दा लाग्छ, समाजमा समलिंगीहरूका आफ्नै प्रकारका चरत्रि, सपना र अप्ठ्याराहरू छन्। यिनीहरू कतिपय मूल्य, मान्यता र परम्परादेखि भाग्न चाहन्छन्। अझ उनीहरूकै शब्दमा, उनीहरू यस्तो दुनियाँ चाहन्छन्, जहाँ चाहेजस्तो स्वतन्त्रता र भावना विनिमय गर्ने वातावरण होस्। मिलनलाई घरपरविारले स्वीकार्दा उनको जीवन सार्थक प्रतीत भइरहेको छ।

Posted By: Dambar Prasad Rimal           Source: nepalsamachar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.