जय आले, कुवेत
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको आगामी १६ फेब्रुअरी २०११ को दिन, बेलुकीको ५.०५ बजे गल्फ एयरको उडान नं. २१५ बाट पाकिस्तानको लाहोर देखी कुवेत आगमन हुँदैछ । कुवेत आउनु पुर्व नेपाली टिम लाहोरमा प्राक्टिस म्याच खेल्ने जनाईएको छ । कुवेतमा १८ देखी २५ फेब्रुअरी सम्म म्याच खेली नेपाली टिम २६ फेब्रुअरीको दिन, बिहानको ९.४५ बजे एयर अरबियाबाट काठमाण्डौ फर्कने छन ।