विशालबजार कम्पनीलाई नौ करोड जरिवाना


शिव दुवाडी/राजधानी

काठमाडौं, १७ माघ । आन्तरिक राजस्व कार्यालयले राजस्व छलेको ठहर गर्दै विशालबजार कम्पनीलाई नौ करोड रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । दुई आर्थिक वर्ष भएको आम्दानी लुकाई राजस्व छलेको प्रमाणित भएपछि नौ करोड जरिवाना गर्ने निर्णय भएको हो ।

विशालबजार कम्पनीले आर्थिक वर्ष ०६४/६५ र ०६५/६६ मा १५ करोड रुपैयाँ आम्दानी गरेको प्रमाण फेला परेको तर राजस्व नतिरेकाले जरिवाना गरिएको राजस्व कार्यालयले जनाएको छ । राजस्व र दण्ड/जरिवानासहित रकम असुलउपर गर्ने निर्णय पनि आन्तरिक राजस्व कार्यालयले गरेको छ ।

कम्पनीका सञ्चालकहरूको मिलेमतोमा प्रचलित बजार मूल्य विपरीत न्यून दरमा भाडा असुल गरेको पाइएकाले राजस्व ठगीको अभियोगमा क्षति पुर्तिसहित असुलउपर गर्ने निर्णय भएको आन्तरिक राजस्व कार्यालयअर्न्तर्गत २ नम्बर कर कार्यालयका प्रमुख कर प्रशासक कृष्णप्रसाद देवकोटाले बताए । उनका अनुसार सो कम्पनीले आफ्नो आय कम देखाई बजार मूल्य भन्दा अत्यन्तै न्यून दर समावेश गरेको पाइएको छ ।

उनले विशालबजार कम्पनीले गरेको कारोबारको सबै सबुत-प्रमाण नभेटिएको भए पनि आसपासका अन्य कम्पनी र तिनले लिने गरेको भाडादरलाई आधार मानिएको जानकारी दिए । ‘विशालबजार कम्पनीका व्यवस्थापकको मिलेमतोमा बजारमा प्रचलितभन्दा न्यून भाडादर देखाई राजस्व छलेको पाइयो,’ प्रमुख कर प्रशासक देवकोटाले भने, ‘ब्याज र जरिवानासहित सबै शुल्क असुल गर्ने निर्णय भएको छ ।’

कर कार्यालयले विशालबजार कम्पनी जसरी नै कम भाडादर देखाई राजस्व ठगी गरेका अन्य केही कम्पनीमाथि पनि छानबिन अघि बढाएको छ । गोप्य सूचनाका आधारमा अन्य केही कम्पनीमाथि समेत छानबिन गर्न लागिएको हो । यद्यपि, छानबिन प्रक्रिया प्रभावित हुने भन्दै ती कम्पनीको नाम गोप्य राखिएको छ ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.