Monthly Archives: फ्रेवुअरी 2011

नेपाल भ्रमण वर्ष सफल पार्न नेपालकी चर्चित कलाकार ‘निशा सुनार’ कुवेत आउँदै


जय आले, कुवेत

नेपाल भ्रमण वर्ष २०११ लाई सफल बनाउन विश्व भरी नै प्रचार-प्रसार भईरहेको बेला तपाईं हाम्रो बसोबास भएको यस कुवेत नगरीमा पनि नेपालकी ख्याती प्राप्त चर्चित कलाकार निशा सुनार आगामी मार्च २५ तारिख शुक्रबारका दिन बिभिन्न चर्चित गीत, संगीतका साथमा कार्यक्रम गर्न आउँदै हुनुहुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

ओस्कारमा अभि-ऐश


portal on indian newsमुम्बई (एजेन्सी), फाल्गुन १६ – ‘पिप्ली लाइभ’ ओस्कार अवार्डमा ‘उत्कृष्ट विदेशी भाषाको फिल्म’मा मनोनयनमा पर्न नसके पनि बलिउडका केही व्यक्तित्व समारोहमा उपस्थित हुँदै छन्, जसमध्ये बलिउडका सुपर-जोडी अभिषेक बच्चन र ऐश्वर्या राय बच्चन पनि ओस्कारको रेड कार्पेटमा चम्किनेछन् । केही महिनाअघि यो जोडी कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा सँगै देखिँदा धेरै क्यामेराको आकर्षण बनेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

पशुपतिका चारै ढोकामा सीसीटीभी


 फाल्गुन १६ – महाशिवरात्रिको गतिविधि अनुगमन गर्न मूल मन्दिरका चारै ढोकामा पशुपति क्षेत्र विकास कोषले सीसीटीभी -क्यामेरा)जडान गर्ने भएको छ ।कोषले महाशिवरात्रिमा पहिलो पटक यस्तो व्यवस्था गर्न लागेको हो । कोषले यसपटक गत वर्षभन्दा एक हजारभन्दा बढी सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, सेना र निजी सुरक्षागार्डसहित ३ हजार ८ सय सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

२ सय ५८ दिनसम्म मेरा आँखाहरु बाँधिए…


२०६७ माघ १७ गते । म जीतमान बस्नेत, मेरो जन्म २०३२ सालमा सोलुखुम्बुको गोली गा.वि.स.मा भएको हो । मैले सोलुखुम्बु चौलाखर्कको हिमगंगा उच्च मा.वि.वाट एस.एल.सी र काठमाडौं ल कयाम्पसवाट काननु मा स्नातक तथा भारतको इन्डियन ईन्स्टिच्यूट अफ ह्युमन राईट्सवाट मानवअधिकार बिषयमा स्नातकोत्तर गरेको छु । पढ्नेक्रम जारी राख्नुहोस्

सबैको साझा संस्था यम.इ.यस.सि !!


धर्म राज गिरी, कुवेत


हामी सबै नेपालीको एउटा साझा संस्था छ
यसै साझा संस्थाले नेपालीको हित गर्नेछ
हरेक समयमा यस साझा संस्थाले सहयोग गर्ने गरेको छ
नेपालीका लागि नेपाली भन्ने यस साझा संस्था हुन पुगेको छ पढ्नेक्रम जारी राख्नुहोस्

जिप दुर्घटनामा ५ जनाको मृत्यु, ५ गम्भीर


१६ फागुन, बागलुङ । बागलुङको मल्म गाविसस्थित डाग्दीखोलामा गएराती जिप दुर्घटना हुदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य ५ जना गम्भीर घाईते भएका छन् । मृत्यु हुनेमा पाण्डबखानी ६ का ४४ वर्षीय भक्तबहादुर पुन, २५ वर्षीय श्याम काउचा मगर, २३ वर्षीय दिनेश श्रीष, २० वर्षीय विक्रम श्रीष र १८ वर्षीय दिपक पुन रहेको बताईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जुत्ता नहुदा अयोग्य ठहरिए: गोपाल किराती


पुर्वसंस्कृति तथा राज्य पुनःसंरचनामन्त्री

२०४० कात्तिकदेखि म ट्रेकिङ मजदुरीमा हिडे । पहिलोपटक नै १९००० फिट उचाइमा रहेको थोरङ पास जानुपर्ने भयो । काठमाडौंबाट तनहुको डुम्रेसम्म बसमा गयौ । त्यहाबाट पैदल यात्रा सुरु हुन्थ्यो । तनहु पुगेपछि सरदारसंग पैसा मागे । पैसा थापेर नाम्लो किने । त्यसपछि पर्यटकको भारी बोकेर उकालो लागियो । साथमा मजस्ता आठ-नौजना भरिया थिए । पढ्नेक्रम जारी राख्नुहोस्

स्याङ्गजाली समाज यूएईले संगठन विस्तारमा तीब्रता ल्यायो


विरही रिजाल, अबुधाबी

२७ फेब्रुवरी २०११, यूएईमा रहेका स्याङ्गजावासीहरुको उद्घार अनि स्याङ्गजा जिल्लाको उत्थानको निम्ति  पर्यटन प्रवद्र्धन, शिक्षा, सडक, तथा दुर्गम क्षेत्रको विकासमा सहयोग पुर्याउँने उद्देश्यलिएर गत ७ जनवरी २०११ का दिन गठन भएको स्याङ्गजाली समाजले यूएईका विभिन्न क्षेत्रहरुमा आफ्नो संगठन विस्तार गर्ने क्रममा यही मिति २५ फरवरी २०११ का दिन अबुधाबीको कोर्निचमा एक बृहत् भेला गरी अबुधाबी क्षेत्रीय समिति समेत गठन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्