Monthly Archives: जनवरी 2011

११औं माउण्ट एभरेष्ट एम.बि बमजन गोल्डकपमा सहभागी सबैलाई मुरी-मुरी धन्यवाद !!


-बालक गुरुङ्ग

११औं माउण्ट एभरेष्ट एम. बि बमजन मेमोरियल अन्तर नेपाली गोल्डकप फुटबल टुर्नामेण्ट-२०११ का संयोजक भाई धर्मराज गिरी, क्लव अध्यक्ष किरण पौड्याल, सचिव ईन्द्र प्रसाद भूषाल लगायत सम्पूर्ण क्लव कमिटिका सदस्य मित्रहरु, पत्रकार भाईहरु र स्वयंसेवक मित्रहरु: यस गोल्ड कप प्रतियोगिता सफलताका साथ सम्पन्न हुनुमा तपाईंहरुको अटल प्रयास र मेहनत ज्यादै प्रशंसनिय रहेकोमा खुशी ब्यक्त गर्दै, संस्था संरक्षक एवं बरिष्ट सल्लाहाकारको हैसियतले मुरी-मुरी धन्यबाद तथा बधाई दिन चाहन्छु । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

क्यासिनोबाट नेपाली पक्राउ


सुजित महत, काठमाडौ, माघ १६ -प्रहरीले र्‍याडिसन होटलस्थित क्यासिनो र्‍याडमा शनिबार दिउँसो छापा मारेर जुवा खेलिरहेका पाँच नेपालीलाई नियन्त्रणमा लिएको छ । कानुनविपरीत नेपाली प्रवेश गराएको फेला परेपछि प्रहरीले सार्वजनिक लेखा समितिको निर्देशनअनुसार उक्त क्यासिनोको इजाजत खारेजीको प्रक्रिया सुरु गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सुनको मूल्य तीन महिनायताकै न्यून बिन्दुमा


तोलामा ३८ हजार रुपैयाँ नजिक

काठमाडौ, माघ १६ – स्थानीय बजारमा बहुमूल्य पहेंलो धातुको मूल्य झन्डै तीन महिनायताको न्यून बिन्दुमा पुगेको छ । यसले विवाहको सिजनमा सुन किन्ने उपभोक्तालाई फाइदा पुगेको छ । यस सातामा मात्र एक तोला सुनको मूल्य ७ सय ५० रुपैयाँले घटेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तुप्चेमा पर्यटन सम्भावनाको खोजी


नुवाकोट जिल्लाको उत्तरीभेगमा रहेको तुप्चे गाविसस्थित हिन्दूहरूको धार्मिक स्थल साततले सुन्दरादेवीको मन्दिर प्रचार-प्रसारको अभावमा  ओझेलमा परेको छ । गाउँमा कसैले शुभकार्य गर्नुपरे साततले मन्दिरमा साँझ धूप बालेर भाकल गर्दा भोलिपल्ट आफूले मागेको पाइने  जनविश्वास रहिआएको छ । विवाह, व्रतबन्ध, पूजा आदि कामका लागि भाँडा माग्दा भोलिपल्ट भाँडा ढुङ्गामाथि राखिएको भए पनि केही वषर् पहिले एउटी महिलाले जुठो डाडु लगेर राखिदिएकाले देवी रिसाएपछि भाँडा दिन छाडिएको स्थानीय बूढापाकाहरू बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल पत्रकार महासंघ बैदेशिक सम्पर्क शाखा कुवेतको पुनर्गठन


२८ जनवरी २०११ शुक्रबारको दिन, कुवेतको मालियास्थित सोल्टी नेपाली होटलमा बसेको नेपाल पत्रकार महासंघ बैदेशिक सम्पर्क शाखा कुवेतको बैठकले आफ्नो पुरानो संगठनात्मक संरचनालाई पुनर्गठन गर्दै, अझ सशक्त तरिकाबाट नेपाल पत्रकार महासंघको विधानमा रही आफ्नो कलम चलाऊने उद्देश्य अनी प्रणका साथ नयाँ कार्यसमिति गठन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

११औं माउण्ट एभरेष्ट एम.बि बमजन गोल्डकपमा अलघानिम टिम पून बिजयी: उप-बिजेताको उपाधी स्विडिसलाई


जय आले, कुवेत

२८ जनवरी । माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमण्डौ-कुवेतको सकृयतामा सञ्चालित ११औं माउण्ट एभरेष्ट एम. बि बमजन मेमोरियल अन्तर नेपाली गोल्डकप फुटवल टुर्नामेण्ट-२०११ को सेमीफाइनल र फाईनल चरणका खेलहरु २८ जनवरी २०११ को दिन, कुवेतको अम्घारास्थित फुटवल मैदानमा सम्पन्न भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसी दिन नक्कली विद्यार्थी !


रुबी रौनियार, काठमाडौं, माघ १५ -बारामा स्कुलका शिक्षक र जिल्ला शिक्षाको परीक्षा शाखाका कर्मचारीहरूको मिलेमतोमा एलएलसी दिने ६ सय ६८ नक्कली विद्यार्थी फेला परेका छन्। माध्यमिक शिक्षा परीक्षा समन्वय समितिले माघ ५ मा सुरु एसएलसी टेस्ट परीक्षा अनुगमन गर्दा बारामा नक्कली परीक्षा फारम फेला परेको जिल्ला शिक्षा अधिकारी रामविनय सिन्हाले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

अलमलमा लडाकु


बेग्लै संगठनमा जोड
कान्तिपुर संवाददाता                    
 शक्तिखोर (चितवन), माघ १५ – शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरका लडाकुहरूले जति संख्यामा समायोजन गरिँदैछ, त्यसको बेग्लै बल स्थापना गर्नुपर्ने बताए । त्यसो नभए राज्य नियन्त्रित संगठन तयार गर्नुपर्ने सुझाए । दोस्रो मोडल भनेको हालको सशस्त्र प्रहरी संगठनजस्तै हुन सक्ने कमान्डरहरूको धारणा छ । नेपाली सेनासरह बनाउने हो भने नाम परिवर्तन गरेर ‘नेपाली राष्ट्रिय सेना’ नामकरण गर्नुपर्ने धारणा उनीहरू राख्छन् । पढ्नेक्रम जारी राख्नुहोस्