सुडान विभाजित दक्षिणी सुडान विश्वकै कान्छो मुलुक


माघ १६, जुबाएपी । दुई दशकदेखि सशस्त्र द्वन्द्व झेलिरहेको अफ्रिकी मुलुक सुडान विभाजित भएको छ । विभाजनको माग चर्को रूपमा उठेपछि जनवरी पहिलो साता यहाँ जनमत संग्रह गरिएको थियो । जनमत संग्रहमा ९९ प्रतिशतभन्दा बढी मत सुडानबाट दक्षिणी सुडान छुट्टिनुपर्छ भन्ने पक्षमा खसेको थियो । जनमत संग्रहको परिणामलाई लिएर सुडान विभाजन भएको घोषणा आइतबार औपचारिक रूपमै गरिएको हो । आयोगको घोषणालगत्तै हजारौं र्सवसाधारण खुसियाली मनाउन जुबामा भेला भएका थिए । जुबा अब चाँडै संसारको सबैभन्दा कान्छो मुलुकको राजधानी बन्दै छ ।

म आज निकै हषिर्त छु, ’cause हामीले हाम्रो भविष्य निश्चित गरेका छौं, दक्षिणी सुडान पक्षधर ४२ वर्षिया अन्ना काकूले भनिन्, ‘हामीले यति धेरै लामो समय लडयौं, फलस्वरूप शान्तिपूर्ण रूपमै सफलता पायौं ।’ शान्तिपूर्ण रूपमा सम्पन्न भएको सो निर्वाचनको मापदण्ड अन्तर्राट्रिय स्तरको भएको बताइएको थियो । २० लाखभन्दा बढीको ज्यान गएको दुई दशक लामो गृहयुद्ध सन् २००५ मा शान्ति सम्झौतामा टुंगिएको थियो । सम्झौतामा दक्षिणी सुडानको विषयमा जनमत संग्रह गर्ने उल्लेख थियो । आयोगको दक्षिणी ब्युरोका प्रमुख तथा न्यायाधीश चान रिक मदुतले खसेको कुल मतमध्ये ९९ प्रतिशत विभाजनको पक्षमा रहेको जानकारी दिए । उनले १६ हजार मतदाता विभाजनको विपक्षमा र ३७ लाख पक्षमा उभिएको बताए ।

जनमत संग्रह आयोगका प्रमुख मोहमद इब्राहिम खलिलले उत्तरी सुडानका ५८ प्रतिशत मतदाताले दक्षिणी सुडानलाई त्याग्ने पक्षमा मत हालेको बताए । उनले मताधिकार प्राप्त ६० प्रतिशतले मत हालेको जनाए । आठ विदेशी मुलुकमा रहेका दक्षिणी सुडानीले विखण्डनको र्समर्थन गरेका छन्, उनले भने, जनमत संग्रहमा ९७ प्रतिशत मतदाता सहभागी थिए । खलिलले अमेरिकामा बसोबास गरिरहेका आठ हजार पाँच सय दक्षिणी सुडानीमध्ये ९९ प्रतिशतले फुटको पक्षमा मतदान गरेको बताए । यी परिणामले परिस्थितिमा परिवर्तन ल्याउनेछ, परिणाम पढेपछि खलिलले भने, यो परिवर्तन उत्तर र दक्षिणबीचको सम्बन्धको संवैधानिक स्वरूपमा मात्र हुनेछ । भौगोलिक र ऐतिहासिक रूपमा उत्तर र दक्षिण अविखण्डनीय छन् ।

जनमत संग्रह आयोगका अधिकारीहरूले सम्पूर्ण परिणाम र्सार्वजनिक गरिसकेका छैनन् । आयोगको वेबसाइटमा आइतबार ९८ दशमलव ८ प्रतिशत दक्षिणी सुडानीले विखण्डन रोजेको उल्लेख छ तर उसले यो आँकडा परिवर्तन हुन सक्ने बताएको छ । आगामी जुलाईभित्र दक्षिणी सुडान संसारकै सबैभन्दा कान्छो मुलुक बन्नेछ । सीमांकन, तेल अधिकार र अभरेइ क्षेत्र’boutको विवाद आदिमा सम्झौता हुन बाँकी छ ।

दक्षिणी सुडानका राष्ट्रपति साल्भा किरले सुडानी राष्ट्रपति ओमार अल-बासिरलाई उनको नेतृत्व र शान्ति स्थापना सम्भव बनाएकोमा धन्यवाद प्रकट गरे । नतिजा र्सार्वजनिक गर्ने समारोहमा उनले अरबी बढी र अंग्रेजी भाषा कम बोलेका थिए । हामी अझै अघि बढिरहेका छौं, किरले अंग्रेजीमा भने, यो संघर्ष जारी रहनेछ । किरले ९ जुलाईलाई स्वतन्त्रता दिवसका रूपमा मनाउने पनि बताए । हामी झन्डा ९ जुलाईसम्म तल झार्दैनौं, उनले भने ।

Posted by: Jay Ale

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.