अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ प्रशिक्षक लेरायो।


राष्ट्रिय फुटबल टिमका नयाँ प्रशिक्षक ग्राहम पल रोबर्ट्स शनिबार नेपाल आइपुगेका छन् । पूर्वइङलिस खेलाडी रोबर्ट्सलाई बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई महिनाका लागि राष्ट्रिय टिमको प्रशिक्षकमा आबद्ध गरेको थियो । पहिलोपल्ट नेपाल आएका रोबटर्सले मार्चमा काठमाडौंमा हुने एएफसी च्यालेन्ज कपको छनोटमा नेपाललाई सफलता दिलाउने वाचा गरे । ‘मेरो लक्ष्य नेपाललाई समूह चरण पार गराउनु हो,’ पूर्वपाकिस्तानी प्रशिक्षक रोबर्ट्सले भने, ‘समूहका दुई खेलमा जित हात पार्नुपर्ने हुन्छ ।’ नेपालमा बिदा मनाउन नआएको स्पष्ट पार्दै रोबटर््सले भने, ‘मलाई आक्रामक शैली, गोल र जित मन पर्छ ।

‘उनले दक्षिण एसियाकै अर्को राष्ट्र पाकिस्तानमा एक वर्ष गरेको अनुभव यहाँ प्रयोग गर्ने उल्लेख गरे…… । नेपाली खेलाडीलाई अहिलेसम्म नदेखेकाले खेल हेरेर मात्र के गर्ने भन्ने योजना बनाउने रोबर्ट्सले बताए । सबैभन्दा महत्त्वपूर्ण खेलाडीको मनोबल बढाउनु रहेको उनले प्रस्ट पारे ।’पहिलेको भन्दा खेलाडीको ‘स्किल’ २०/३० प्रतिशत वृद्धि गर्ने मेरो लक्ष्य छ । त्यो पूरा भएमा टिम राम्रो हुन्छ,’ उनले भने, ‘नयाँ शैलीको टेक्निकल फुटबललाई जोड दिनेछु ।’

समूह ‘डी’ मा नेपालले उत्तर कोरिया, श्रीलंका र भुटान वा अफगानिस्तानको सामना गर्नेछ । एन्फाले चाहे आफ्नो नेपाल बसाइको समय लम्बिने ग्राहमले प्रस्ट पारे । उनले नेपाली टिमलाई सफलता दिलाउनु आफ्नो चुनौती रहेको बताए । ग्राहमले आइतबारदेखि काम सुरु गर्नेछन्

Posted By: Dambar Prasad Rimal               Source: ekantipur

Advertisements

One response to “अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ प्रशिक्षक लेरायो।

  1. plz we want roberts as our coach.
    plz think abt him n his contribution to nepalese football in last three months.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.