सुनको मूल्य तीन महिनायताकै न्यून बिन्दुमा


तोलामा ३८ हजार रुपैयाँ नजिक

काठमाडौ, माघ १६ – स्थानीय बजारमा बहुमूल्य पहेंलो धातुको मूल्य झन्डै तीन महिनायताको न्यून बिन्दुमा पुगेको छ । यसले विवाहको सिजनमा सुन किन्ने उपभोक्तालाई फाइदा पुगेको छ । यस सातामा मात्र एक तोला सुनको मूल्य ७ सय ५० रुपैयाँले घटेको छ ।

‘स्थानीय बजारमा शुक्रबार सुनको भाउ दसैंयताकै न्यून बिन्दुमा पुगेको छ,’ सुनचाँदी व्यवसायी संघका अध्यक्ष तेजरत्न शाक्यले भने । उनका अनुसार दसैंपछिबाट तोलामा ३८ हजार रुपैयाँ नाघेको सुनका भाउ शुक्रबार तोलामा ३८ हजर ३ सय ५० रुपैयाँमा झरेको छ ।

‘तिहारअघिबाट लगातार सुनको मूल्य बढेको थियो,’ उनले भने, ‘तर अहिले अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटको कारण स्थानीय मूल्य घटेको हो ।’ स्थानीय बजारमा मंसिर १४ गते हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा सुनको मूल्य पुगेको थियो । त्यसबेला प्रतितोला सुनको मूल्य ४० हजार ४ सय रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएकाले सुनको मूल्य घटेको हो । यस्तै अन्तर्राष्ट्रिय सेयर बजार उकालो लागेकाले पनि सुनको मूल्य गिरावटमा सहयोग पुगेको हो ।

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ,’ शाक्यले भने, ‘यस साताको सुरुमा प्रतिब्यारेल कच्चा तेलको मूल्य ९२ अमेरिकी डलर रहेकोमा शुक्रबार घटेर ८५ डलर पुगेको छ । ‘अन्तर्राष्ट्रिय बजारमा यस साता सुन लगानीकर्ताले मौज्दात राखेको बिक्री गरेकाले पनि मूल्य घटाउन सघाएको हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्ने हल्लाले धेरैले सुन बिक्री गरेका छो । जसले बजारमा धेरै सुन आउँदा मूल्य घट्न सघाएको हो ।’

युरोपियन देशहरूमा देखिएको आर्थिक संकट र अमेरिकन अर्थतन्त्रमा आएको सुधारले पनि मूल्य घट्न सघाएको संघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिआउन्स मूल्य १ हजार ३ सय ४२ डलर रहेकोमा शुक्रबार १ हजार ३ सय १२ डलरमा झरेको थियो ।

शाक्यका अनुसार स्थानीय बजारमा यस साताको पहिलो दिन आइतबार प्रतितोला सुनको मूल्य ३९ हजार १ सय -दसग्राममा ३३ हजार ५ सय २५) रुपैयाँ भएको थियो । शुक्रबार घटेर तोलामा ३८ हजार ३ सय ५० -दस ग्राममा ३२ हजार ८ सय ८०) रुपैयाँ कायम भएको थियो ।

साताको दोस्रो दिन सोमबार प्रतिदश ग्राम मूल्य ३३ हजार ६ सय १० रुपैयाँ कायम भयो । मंगलबार र बुधबार प्रतिदस ग्राम सुनको

मूल्य ३३ हजार ३ सय ५० रुपैयाँ कायम भएको थियो ।

यस साता चाँदीको मूल्यमा समेत गिरावट आएको छ । साताको पहिलो दिन आइतबार प्रतिदस ग्राम चाँदीको मूल्य ७ सय ३ रुपैयाँ रहेकोमा शुक्रबार घटेर ६ सय ८६ रुपैयाँ पुगेको थियो ।

Posted by: Thapa/Bikram                   Source: ekantipur

One response to “सुनको मूल्य तीन महिनायताकै न्यून बिन्दुमा

  1. Hi my name is ashika tamang and this is my new e-mail . and im nepal I want a bsite farned ded it’s someone? palees cantark me.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.