श्रीमान महामहिम राजदूतज्यू,
अन्य दूतावास कर्मचारी ज्युहरू,
नेपाली राजदूतावास, कुवेत ।
कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्थाहरु, बिभिन्न कम्पनिमा कार्यरत नेपाली दाजुभाई-दिदीबहिनीहरु, सम्पूर्ण सहभागी टिमहरु, खेलाडी साथीहरु, पत्रकार बन्धुहरु र ११औं माउण्ट एभरेष्ट एम.बि बमजन मेमोरियल अन्तर नेपाली गोल्डकप फुटवल टुर्नामेण्टमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग पुर्याई सफलतापूर्वक यो टुर्नामेण्ट सम्पन्न पार्नमा सहयोग गर्नु हुने समस्त नेपाली जनसमुदाय, कुवेत ।
म, यस गोल्डकप फुटवल टुर्नामेण्ट-२०११ को संयोजक र सम्पूर्ण माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब परिवार (आयोजक समिति) को तर्फबाट तपाईंहरुले हामी प्रति बढाउनु भएको सहयोगी हात र स्वच्छ भावनाको उच्च कदर एवं प्रशंसा गर्दै धेरै-धेरै धन्यवाद दिन चाहन्छौं । साथै भविष्यमा पनि क्लवले आयोजना गर्ने हरेक गतिविधिहरुमा यसरी नै हजुरहरुको साथ, सहयोग, सल्लाह र सुझाव निरन्तर रुपमा पाई रहने छौं भन्नेमा हामी आशावादी छौं ।
धर्मराज गिरी
संयोजक – माउण्ट एभरेष्ट एम.बि बमजन गोल्डकप फुटबल टुर्नामेन्ट-२०११
एवं माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, परिवार ।
Posted by: Jay Ale
D”A
i am so glad read this. and wish you all the best for this program………