लाटो फुस्रो दाग…


काठमाडौ, माघ १५ – शरीरमा छुँदा वा घोच्दा थाहा नहुने लाटो, फुस्रो वा रातो रङको दाग छ ? तपाईंका हातगोडाको स्नायु मोटो देखिन्छ ? हातगोडा झमझमाउँछन् ? उसो भए एकपटक छाला रोग विशेषज्ञकहाँ गइहाल्नुस् । यो कुष्ठरोगको लक्षण हुन सक्छ ।कुष्ठ माइक्रोब्याक्टेरियम लेप्री जीवाणुले गर्दा हुने दीर्घ रोग हो । कुष्ठ संक्रामक भए पनि धेरै कम सर्ने रोग हो । धेरै दिनदेखि उपचार नभएको संक्रमित रोगीको सम्पर्कमा आएमात्र कुष्ठ सर्ने सम्भावना हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार यो रोग शरीरमा धेरै ढिलो गरी फैलिन्छ । यो रोगको लक्षण प्रकट हुने अवधि (इनक्युबेसन पिरियड) पाँच वर्ष हो । यो रोगको लक्षण शरीरमा देखिन २० वर्षसम्म लाग्न सक्छ । कुष्ठ माथिल्लो श्वास प्रणालीको श्लेष्म र बाह्य स्नायुको एउटा ‘ग्रैन्युलोमा’ सम्बन्धी रोग हो । कुष्ठ उच्च सरुवा रोग होइन, तर उपचार नगराएका रोगीहरूको सास र मुखबाट निस्किने पानीका स-साना कणमार्फत यो रोगीको नियमित निकट सम्पर्क रहने स्वस्थ व्यक्तिमा सर्छ ।अमेरिकास्थित नेसनल इन्स्िटच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिज (एनआईएआईडी) का अनुसार कुष्ठ सर्ने तरिका अझै अस्पष्ट छ ।…… 0यो रोग च्यातिएको छालाबाट समेत सर्ने सम्भावना हुन्छ । यो रोग सर्ने क्रम संक्रमित व्यक्तिको रोग प्रतिरोधक क्षमतामा भर पर्छ । एनआईएआईडीका अनुसार यो रोग परिवारका केही व्यक्तिमा संक्रमण हुन्छ तर अन्य निकट पारिवारिक सदस्यमा भने देखिँदैन । यो उनीहरूको ब्याक्टेरियासँग लड्ने व्यक्तिगत क्षमतामा निर्भर हुन्छ ।’छालामा घाउ हुनु कुष्ठको प्रारम्भिक बाहिरी संकेत हो,’ धुलिखेल अस्पतालका छाला तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्ण भन्छन्, ‘यसको उपचार नगरेपछि कुष्ठरोग बढ्छ । यसले छाला, स्नायु, हातखुट्टा र आँखामा स्थायी क्षति पुर्‍याउन सक्छ ।’कुष्ठरोग लागेपछि शरीरको प्रभावित अंग झर्ने मान्यता गाउँघरमा व्याप्त छ । तर त्यस्तो हुँदैन । यो रोगले प्रभावित अंगलाई लाटो तथा रोगी बनाउन सक्छ । संवेदनाविहीन अंग ठोक्किँदा, काटिँदा हुने घाउ बिग्रेर नै हातखुट्टा झर्ने गरेका हुन् ।एनआईएआईडीका अनुसार पासी वैसिलरी अर्थात् ट्युबरकुलाइड कुष्ठरोगमा छालामा ‘हाइपोपिग्मेन्टसन’ एक वा बढी दागद्वारा चिनिन्छ । ती ठाउँमा छालाको संवेदना समाप्त हुन्छ । अर्थात् दाग भएको ठाउँमा छाला लाटो हुन्छ । त्यहाँको स्नायु क्षतिग्रस्त भएर छाला लाटो हुन्छ ।यस्तै, मल्टिवैसिलरी अर्थात् बोर्डरलाइन कुष्ठरोगको तीव्रता मध्यम हुन्छ । कुष्ठको यो सबैभन्दा सामान्य रूप हो । यसमा छालामा दाग ट्युबरकुलाइड कुष्ठरोगजस्तै देखिन्छ । तर त्यो धेरै बढी संख्यामा हुन्छ र अनियमित हुन्छ । ठूलो दागले पूरै अंगलाई प्रभावित गर्न सक्छ । मल्टिवैसिलरीकै लेप्रोमेटस कुष्ठरोगमा छालामा संक्रमित घाउ, ग्रन्थि, प्लाक, आन्तरिक छाला (डर्मिस) को मोटाइमा वृद्धि, नाकको श्लेष्मको नियमित सहभागिता हुन्छ । फलस्वरूप नाकमा रगत जम्ने वा नाकबाट रगत बग्ने समस्या हुन सक्छ ।’छालामा भएको रंगहीन दाग, जसलाई घोच्दा दुख्दैन वा छुँदा कुनै अनुभूति हुँदैन,’ डा. कर्ण भन्छन्, ‘कुष्ठको लक्षण हुन सक्छ ।’ यस कारण छालामा भएको लाटो, फुस्रो दाग’bout चनाखो रहनुपर्छ । यो रोगमा हातखुट्टा संवेदनहीन हुन्छन् । अनुहारसहित शरीरका अन्य अंगमा गन्नै नसकिने गरी आएका राता वा सेता दागहरूसमेत कुष्ठका लक्षण हुन सक्छन् ।कुष्ठ हो कि होइन भन्ने यकिन गर्न छाला रोग विशेषज्ञबाट परीक्षण गराउनुपर्छ । क्लिनिकल परीक्षणमा कुष्ठ किटान भएपछि समेत उपचार गरिन्छ र शंका देखिए पुष्टिका लागि संक्रमित छालाको तन्तुलाई सूक्ष्म परीक्षण गरिन्छ ।

उपचार

कुष्ठ पूर्ण रूपमा निको हुने रोग हो । कुष्ठको पुष्टि भएपछि आम व्यक्ति रोग निको नहुने वा कुनै अन्य व्यक्ति त्यसले संक्रमित हुने आशंकाले त्रस्त हुनुहँुदैन । सुरुआती अवस्थामा यो रोगको उपचार सजिलै हुन्छ । ‘अस्पताल धेरै ढिलो पुगे शरीरमा थुप्रै विकृति उत्पन्न हुन्छ,’ डा. कर्ण भन्छन्, ‘औषधि सेवनपछि शरीरमा कुष्ठका कीटाणु नरहे पनि विकृति भने रहिरहन्छ ।’यो रोगको कुनै पनि अवस्था र प्रकारमा बहुऔषधि उपचार पद्घति (एमडीआर) अन्तर्गत नियमित औषधि सेवन गर्नुपर्छ । डब्लुएचओ अध्ययन समूहले सन् १९८१ मा एमडीआर प्रस्तावित गरेको हो ।बहुऔषधि उपचार चिकित्सा चक्की एवं क्याप्सुलको संयोजनले पाइन्छ । यसमा तीनवटा औषधि हुन्छन् ः डेप्सोने, रिफाम्पिसिन र  क्लोफाजिमाइन । यिनै औषधिको संयोगले कुष्ठको कीटाणुलाई निमिट्यान्न पार्छ । यो औषधि चिकित्सकले तोकेको समयसम्म नियमित रूपमा सेवन गर्नुपर्छ । बहुऔषधि उपचारको औषधि नेपालमा पनि स्वास्थ्य केन्द्रहरूबाट निःशुल्क पाइन्छ । डब्लुएचओले सन् १९९५ देखि विश्वभरि निःशुल्क एमडीटी प्रदान गर्दै आएको छ ।सर्ने र नसर्ने कुष्ठरोग क्रमशः एक वर्ष र ६ महिना औषधि खाए पूरै निको हुन्छ । विशेषज्ञहरूका अनुसार रिपmयाम्पिसिन औषधिको एकै मात्राले रोगीको शरीरमा भएको ९९ दशमलव ९९ प्रतिशत कुष्ठका कीटाणु मार्छ र यो रोग स्वस्थ व्यक्तिमा सर्न पाउँदैन ।डा. कर्णका अनुसार कुष्ठको उपचार गर्नुअघि रोगीलाई क्षयरोग, हात्तीपाइले, पेटमा जुका, अमिबाइसिस आदि रोग छ/छैन विचार पुर्‍याउनुपर्छ । उपचार अवधिभर रोगीको हेमोग्लोबिनको नियमित जाँच हुनुपर्ने विज्ञहरू बताउँछन् ।

Posted By: Dambar Prasad Rimal                            Source: ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.