फ्रान्सको सुरक्षादस्तामा नेपाली


लेखनाथ अधिकारी, (पेरिस) युरोपेली मुलुक फ्रान्सको पुरानो सुरक्षादस्तामा अहिले नेपाली पनि भर्ना हुन थालेका छन्। जेन्डरमेरी नेपालको सशस्त्र प्रहरीकै प्रकृतिको सुरक्षादस्ता हो। सन् १७९१ मा स्थापना भएको जेन्डरमेरीमा १ लाखभन्दा बढी सदस्य छन्। सो दस्तामा २५ देखि ३० वर्ष उमेरका युवाहरुले आवेदन दिन पाउँछन्। त्यसमा हालसम्म १ सय २० नेपाली युवाले पनि भर्ती पाइसकेको पेरिसस्थित नेपाली दूतावासले जानकारी गराएको छ।
सो दस्तामा भर्ना भएपछि खान-लगाउनबाहेक नै १ हजार २ सय युरो मासिक तलब पाइन्छ। यो नेपाली युवाहरुका लागि निकै आकर्षक तलब हो। तर भर्नाप्रकि्रया भने निकै जटिल रहेको सम्बद्ध युवाहरुले बताएका छन्। १ सय जनाले आवेदन दिँदा करिब ७ जनाले मात्र नाम निकाल्ने गरेको बताइएको छ।

फ्रान्सले यो दस्तालाई आवश्यकताअनुसार विश्वका विभिन्न भागमा पठाउने रणनीति बनाएको छ। यो दस्तामा भर्ना गराइदिनका लागि भन्दै नेपालमा विभिन्न म्यानपावर कम्पनीले सर्वसाधारणसँग रकम ठग्नसमेत थालेको जनाउँदै पेरिसस्थित नेपाली दूतावासले त्यस्ताको पछि नलाग्न सबैमा अनुरोध गरेकॊ छ। फ्रान्सका लागि नेपालका राजदूत मोहनकृष्ण श्रेष्ठले भन्नुभयो- जेन्डरमेरीमा लगाइदिने भनेर कसैले नेपालमा मान्छे मागेको छ भने त्यो गलत हो।

सो सेनामा भर्नाका लागि कुनै म्यानपावरलाई रकम बुझाउनेभन्दा पनि आफैले पेरिसमा आएर सबैखाले परीक्षाको औपचारिकता पुर्याउनुपर्ने बताइएको छ। यसमा सोस्रफोस्र वा अन्य कुनै कुराको ज्यादै न्यून मात्रै प्रभाव रहने जनाइएको छ। नेपालीले विगत लामो समयदेखि ब्रिटिस गोर्खा र भारतीय गोर्खाका रुपमा त्यहाँको सेनामा काम गर्दै आउनुका साथै सिंगापुरको प्रहरीमा पनि सेवा गर्दै आएका छन्। जेन्डरमेरीमा नेपाली युवाका लागि नयाँ अवसर प्राप्त भएको हो।

विमानस्थल सुरक्षा विदेशी राष्ट्राध्यक्ष तथा सरकारप्रमुखहरु आउँदाको समारोहमा सहभागिता देशको सीमाको सुरक्षा नदी तथा सामुदि्रक सुरक्षा उद्धारकार्यजस्ता काममा पनि जेन्डरमेरीको सक्रिय सहभागिता छ। फ्रेन्च राष्ट्रिय प्रहरीले सुरक्षा गर्न नभ्याएको स्थानमा यसको विशेष भूमिका रहँदै आएको छ। खास गरी २० हजारसम्म जनसंख्या भएका साना शहरहरुमा यसले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यसका प्रमुखका रुपमा महानिर्देशक रहन्छन् र फ्रान्सको मन्त्रिपरिषद्ले नियुक्त गर्दछ। पहिला रक्षा मन्त्रालयमातहत रहेको यो निकाय अहिले भने आन्तरिक मन्त्रालयअन्तर्गत रहने गरेको छ।

Posted by: Raju Gurung            Source: Samachar Patra

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.