टुँडिखेलमा अ‍ंगालो हाल्न पाइने कि नपाइने?


आइतबारको दि काठमाडौँ पोस्टको पहिलो पेजमा र कान्तिपुरको भित्री पेजमा एउटा फोटो छापिएको छ। फोटो टुँडिखेलको हो। एक जोडी अ‍ंगालो हालेर बसिरहेको छ। अनि पछाडिबाट उनीहरुलाई कठालो समात्न प्रहरी छापामार शैलिमा अघि बढिरहेको छ। टुँडिखेलमा अ‍ंगालो हालेर प्रेममा मस्त भइरहेका जोडीलाई प्रहरीले शनिबार पक्रेछ। त्यसमा लेखिएको जानकारी अनुसार हिजो ५ जोडी त्यस्ता प्रेमीलाई प्रहरीले पक्रेको रहेछ। यो फोटो हेरेर आज राजधानीमा मानिसहरुबीच बहस भइरहेको देखियो- कोही भन्थे सार्वजनिक ठाउँमा अश्लील कार्य गर्नेलाई पक्रेर प्रहरीले ठीकै गर्‍यो खुच्चिङ! कोही भन्थे- हैन, अ‍ंगालो हालेर पनि बस्न नपाउनु? अंगालो मात्रै हालेर बस्दा के बिग्रयो हँ? माया गर्नेहरु कता जाउन् त ? जाने कुनै ठाउँ पनि त……… हुनुपर्‍यो नि। प्रहरीले माया नगरेर के हत्याहि‍सा गरी हिँड भन्न खोजेको?तपाईँलाई प्रहरीको यो कार्य कस्तो लाग्यो ? अब तपाईँको पालो, आफ्नो विचार राख्‍नुस्।

Posted By : Dambar Prasad Rimal          Source: mysansar

Advertisements

3 responses to “टुँडिखेलमा अ‍ंगालो हाल्न पाइने कि नपाइने?

  1. आशिष कुँवर

    मेरो बिचारमा आजको यो युगमा अंगालो हालेर बस्दैमा प्रहरीले पक्रिनु चाही उचित होइन ,तर धेरै समय देखि हत्या हिंसा र कलह मा गुज्रेको नेपाली प्रहरीहरुलाई शान्त संग र समुधुर बसेको देख्दा अचम्म लागेर पक्रेको होला शाहायद !!!! हा ! हा !!

  2. pepole can seat like this,what is the rong ?………………….

  3. दलसिंह गिरी

    मलाई अंगालो हालेको भनेर पक्रेको भन्ने कुरा ठिक लागेन किनकी एक्काइसौ सताव्दीका आइसक्दा पनि अंगालो हलेर बस्नुलाइ अपराध मान्नु नै अपराधहो भन्दछुमत।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.