लेखनाथ अधिकारी, (पेरिस) युरोपेली मुलुक फ्रान्सको पुरानो सुरक्षादस्तामा अहिले नेपाली पनि भर्ना हुन थालेका छन्। जेन्डरमेरी नेपालको सशस्त्र प्रहरीकै प्रकृतिको सुरक्षादस्ता हो। सन् १७९१ मा स्थापना भएको जेन्डरमेरीमा १ लाखभन्दा बढी सदस्य छन्। सो दस्तामा २५ देखि ३० वर्ष उमेरका युवाहरुले आवेदन दिन पाउँछन्। त्यसमा हालसम्म १ सय २० नेपाली युवाले पनि भर्ती पाइसकेको पेरिसस्थित नेपाली दूतावासले जानकारी गराएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/01/2011
फ्रान्सको सुरक्षादस्तामा नेपाली
Posted in विश्व समाचार
सहमतिको सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने सचिव बोगटीको भनाइ
भक्तपुर, माघ १६। एकीकृत नेकपा माओवादीका सचिव पोष्टबहादुर बोगटीले सहमतिको सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने बताएका छन्। शनिबार सानोठिमी क्याम्पसमा आयोजित अनेरास्ववियु क्रान्तिकारी अपाङ्ग विद्यार्थीहरुको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले सहमति निर्माणमा माओवादीले लचकता अपनाएको भए पनि काँग्रेस, एमालेले भने सर्त अघि सारेर सहमतीय प्रणाली भङ्ग गर्न खोजेको आरोप लगाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
टुँडिखेलमा अंगालो हाल्न पाइने कि नपाइने?
आइतबारको दि काठमाडौँ पोस्टको पहिलो पेजमा र कान्तिपुरको भित्री पेजमा एउटा फोटो छापिएको छ। फोटो टुँडिखेलको हो। एक जोडी अंगालो हालेर बसिरहेको छ। अनि पछाडिबाट उनीहरुलाई कठालो समात्न प्रहरी छापामार शैलिमा अघि बढिरहेको छ। टुँडिखेलमा अंगालो हालेर प्रेममा मस्त भइरहेका जोडीलाई प्रहरीले शनिबार पक्रेछ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
पशुपतिमा लाश गाड्न पाइने कि नपाइने ?
हिन्दुको पवित्र तिर्थस्थल पशुपति अहिले फेरि विवादमा परेको छ। यसअघि पुजारीको विवादले पशुपति तातिएको थियो। अहिले भने लाश गाड्ने’bout विवाद उठेको छ। ऐतिहासिक र पुरातात्विक महत्त्वको विश्व सम्पदा सूचिमा रहेको धार्मिक क्षेत्रमा सिमेन्ट, कंक्रिट, फलामे डन्डी प्रयोग गरी क्रिश्चियन र अन्य धर्मावलम्बीले चिहान बनाउन थालेको भन्दै पशुपति क्षेत्र विकास कोषले केही अघि रोक लगाएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
नेताजी (व्यंग कविता)
जीबन लिम्बु
पाँचथर नेपाल, हाल: अबुहालिफा कुवैत
चुनाबको बेला नेताजी पुच्छर हल्लाको कुकुर जस्तो
चुनाब पछि नेताजी हिउँदको साँडे गोरु जस्तो
चुनाब जिती नेताजी कुर्सी माथि चढ्छन
भिर, पहरा नदेखने अन्धा राँगो बन्छन
ठर्रा तान्ने नेताजी टन्न रक्सि धोक्छन
रक्सि धोकी नेताजी बाटो कब्जा गर्छन
एकदिन नेता बेहोसिमा भैंसी गोठ पुग्छन पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता
सम्पूर्ण सहयोगीहरुमा धन्यवाद !!
श्रीमान महामहिम राजदूतज्यू,
अन्य दूतावास कर्मचारी ज्युहरू,
नेपाली राजदूतावास, कुवेत ।
कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्थाहरु, बिभिन्न कम्पनिमा कार्यरत नेपाली दाजुभाई-दिदीबहिनीहरु, सम्पूर्ण सहभागी टिमहरु, खेलाडी साथीहरु, पत्रकार बन्धुहरु र ११औं माउण्ट एभरेष्ट एम.बि बमजन मेमोरियल अन्तर नेपाली गोल्डकप फुटवल टुर्नामेण्टमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक एवं बौद्दिक क्षेत्रबाट सहयोग पुर्याई सफलतापूर्वक यो टुर्नामेण्ट सम्पन्न पार्नमा सहयोग गर्नु हुने समस्त नेपाली जनसमुदाय, कुवेत । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in शुभकामना, MESC गतिविधि