नुवाकोट जिल्लाको उत्तरीभेगमा रहेको तुप्चे गाविसस्थित हिन्दूहरूको धार्मिक स्थल साततले सुन्दरादेवीको मन्दिर प्रचार-प्रसारको अभावमा ओझेलमा परेको छ । गाउँमा कसैले शुभकार्य गर्नुपरे साततले मन्दिरमा साँझ धूप बालेर भाकल गर्दा भोलिपल्ट आफूले मागेको पाइने जनविश्वास रहिआएको छ । विवाह, व्रतबन्ध, पूजा आदि कामका लागि भाँडा माग्दा भोलिपल्ट भाँडा ढुङ्गामाथि राखिएको भए पनि केही वषर् पहिले एउटी महिलाले जुठो डाडु लगेर राखिदिएकाले देवी रिसाएपछि भाँडा दिन छाडिएको स्थानीय बूढापाकाहरू बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 29/01/2011
तुप्चेमा पर्यटन सम्भावनाको खोजी
Posted in नेपाल समाचार
नेपाल पत्रकार महासंघ बैदेशिक सम्पर्क शाखा कुवेतको पुनर्गठन
२८ जनवरी २०११ शुक्रबारको दिन, कुवेतको मालियास्थित सोल्टी नेपाली होटलमा बसेको नेपाल पत्रकार महासंघ बैदेशिक सम्पर्क शाखा कुवेतको बैठकले आफ्नो पुरानो संगठनात्मक संरचनालाई पुनर्गठन गर्दै, अझ सशक्त तरिकाबाट नेपाल पत्रकार महासंघको विधानमा रही आफ्नो कलम चलाऊने उद्देश्य अनी प्रणका साथ नयाँ कार्यसमिति गठन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
११औं माउण्ट एभरेष्ट एम.बि बमजन गोल्डकपमा अलघानिम टिम पून बिजयी: उप-बिजेताको उपाधी स्विडिसलाई
जय आले, कुवेत
२८ जनवरी । माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमण्डौ-कुवेतको सकृयतामा सञ्चालित ११औं माउण्ट एभरेष्ट एम. बि बमजन मेमोरियल अन्तर नेपाली गोल्डकप फुटवल टुर्नामेण्ट-२०११ को सेमीफाइनल र फाईनल चरणका खेलहरु २८ जनवरी २०११ को दिन, कुवेतको अम्घारास्थित फुटवल मैदानमा सम्पन्न भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद, MESC गतिविधि
एसएलसी दिन नक्कली विद्यार्थी !
रुबी रौनियार, काठमाडौं, माघ १५ -बारामा स्कुलका शिक्षक र जिल्ला शिक्षाको परीक्षा शाखाका कर्मचारीहरूको मिलेमतोमा एलएलसी दिने ६ सय ६८ नक्कली विद्यार्थी फेला परेका छन्। माध्यमिक शिक्षा परीक्षा समन्वय समितिले माघ ५ मा सुरु एसएलसी टेस्ट परीक्षा अनुगमन गर्दा बारामा नक्कली परीक्षा फारम फेला परेको जिल्ला शिक्षा अधिकारी रामविनय सिन्हाले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अलमलमा लडाकु
बेग्लै संगठनमा जोड
कान्तिपुर संवाददाता
शक्तिखोर (चितवन), माघ १५ – शक्तिखोरस्थित तेस्रो डिभिजन शिविरका लडाकुहरूले जति संख्यामा समायोजन गरिँदैछ, त्यसको बेग्लै बल स्थापना गर्नुपर्ने बताए । त्यसो नभए राज्य नियन्त्रित संगठन तयार गर्नुपर्ने सुझाए । दोस्रो मोडल भनेको हालको सशस्त्र प्रहरी संगठनजस्तै हुन सक्ने कमान्डरहरूको धारणा छ । नेपाली सेनासरह बनाउने हो भने नाम परिवर्तन गरेर ‘नेपाली राष्ट्रिय सेना’ नामकरण गर्नुपर्ने धारणा उनीहरू राख्छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
इजिप्टको सत्ता मुवारकको कब्जामा
बाराक ओवामा-मुवारक ३० मिनेट वार्ता-
कायरो, माघ १५ (एजेन्सी) – इजिप्टका राष्ट्रपति होस्नी मुवारकले सत्ता कब्जामा लिँदै सरकार बर्खास्त गरेका छन्। शनिबार बिहान टेलिभिजनबाट राष्ट्रका नाममा सम्वोधन दिँदै ८२ वर्षीय मुवारकले त्यहाँ जारी आन्दोलन दवाउने नीति सार्वजनिक गर्दै भने, ‘भोलिसम्म नयाँ सरकार गठन हुनेछ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार