नेपाली ट्रक बंगलादेश बन्दरगाहसम्म जान पाउने


बंगलाबन्ध (बंगलादेश), माघ १४ – भारतीय मजदुरले अवरोध नगर्ने सहमति भएपछि नेपाली ट्रक अबदेखि सोझै बंगलादेशको वेयर हाउससम्म पुग्न सक्ने भएका छन् ।बिहीबार २० ढुवानीका साधन वेयरसम्म पुगी सामान झारेर नेपाल फर्केका छन् । बंगालदेशबाट छ ट्रक कपास आयात भयो । नेपाल-बंगादेश व्यापार सुरु भएको डेढ दशकपछि नेपाली ढुवानी साधनले वेयर हाउससम्म पुग्ने अनुमति पाएका हुन् । यसअघि नेपाली ढुवानी साधनले भारतको सीमामा सामान झानु पथ्र्यो र पारिपट्ट फेरि सामान लोड गरेर वेयर हाउसम्म लैजानुपर्ने झन्झटिलो व्यवस्था थियो ।केही अघि नेपाल, भारत र बंगलादेशबीच भएको त्रिपक्षीय सम्झौताअनुसार अबदेखि नेपाली ट्रकले………. वेयर हाउससम्म जान पाउने भएका हुन् । तर यो सम्झौताको विरोध गर्दै भारतीय मजदुरले चार दिनदेखि नेपाली ट्रकलाई रोकेका थिए ।

उनीहरूले आफूहरूको रोजीरोटी गुमेको भन्दै नेपाली ट्रकले पहिलजस्तै सीमामा लोड अनलोड गर्नुपर्ने माग गरेका थिए । तर मंगलबार भएको सहमतिअनुसार नेपाली व्यवसायीले उनीहरूलाई प्रतिट्रक सय रुपैयाँ टिप्स दिनुपर्नेछ ।मजदुरलाई ‘डाला खर्च’ बापत प्रतिट्रक सय रुपैयाँ दिन नेपाली व्यवसायी सहमत भए हुन् । तर शुक्रबारदेखि १५ दिनसम्म प्रतिट्रक ५० रुपैयाँ मात्रै लिने/दिने सहमति भएको छ ।फूलबारी ग्राम पञ्चायतका उपप्रधानपन्च देवाशिष चटर्जी, भारतीय व्यवसायी रतन अग्रवाल र मजदुरहरू तथा नेपाली व्यवसायीका तर्फबाट भन्सार एजेन्ट संघका अध्यक्ष मोहन निरौला, विमल आचार्य र पारवहान तथा गोदाम कम्पनीका प्रमुख यादव शिवाकोटीबीच छलफल भएको थियो ।छलफलले १५ दिनपछि पुनः अर्को व्यवस्था गरी मजदुरलाई दिइने शुल्क’bout पुनर्विचार गरिने सहमति गरेको छ ।

‘मजदुरलाई बिनाकामको शुल्क दिने नदिने’bout त्यसै दिन टुंगो लाग्छ,’ आचार्यले जानकारी दिए ।बिहीबार २० वटा दालबाहक ट्रक बंगलादेश प्रवेश गरेको कम्पनीका प्रमुख शिवाकोटीले कान्तिपुरलाई जानकारी दिए । नेपालसँगको व्यापारकै लागि भनेर निर्माण गरिएको बंगलादेशको सुख्खा बन्दरगाह बिहीबारदेखि प्रयोगमा आएको छ । यसअघि जिरो प्वाइन्टमै व्यापार हुँदा बन्दरगाह प्रयोगविहीन हुँदै आएको थियो ।बंगलादेश प्रवेशका लागि सम्बन्धित ट्रकका चालकलाई मात्रै प्रवेश दिइएको छ । ४ वटा फोटो टाँस गरिएको कार पासलाई भन्सारले इजाजत दिएपछि ट्रक बंगलादेशसम्म जान पाउने प्रावधान छ ।

‘भन्सारले कार पासबापत इजाजत दिन्छ,’ व्यवसायी दीपेन्द्रराज पाण्डेले भने, ‘यो पास अस्थायी भिसाजस्तै हो ।’ व्यवासायीले आफूहरू पनि बन्दरगाहसम्म जान पाउनुपर्ने बताएका छन् । ‘चालक मात्रै जाँदा सामान हराउने सम्भावना हुन्छ,’ अर्का व्यवसायी दिलीप तिम्सिनाले भने, ‘त्यसकारण हामी पनि जान पाउनुपर्छ ।’यसैबीच चार दिनदेखि अन्तर्राष्ट्रिय व्यापारमा भएको अवरोधप्रति सरकार गम्भीर नबनेको आरोप व्यवसायीले लगाए । ‘यत्रो दिन व्यापारमा मजदुरले अवरोध खडा गरे,’ संघ अध्यक्ष निरौलाले भने, ‘सरकारले किन चासो दिएन उदेक लागिरहेको छ ।’ फूलबारीस्थित लेन्ड कस्टम कार्यालयले पनि असहयोग गरेको व्यवसायीको भनाइ छ ।

Posted By: Dambar Prasad Rimal                 Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.