चार लुटेरा पक्राउ


काठमाडौ, माघ ११ – एक जना शिक्षकको ४ लाख बढी रकम लुटेर भाग्ने चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पाल्पाको तानसेनमा सोमबार दिउँसो एक शिक्षकले बैंकबाट झिकेको ४ लाख ८ हजार रकम लुटेर भाग्दै गरेका चारजना भारतीय नागरिकलाई प्रहरीले बसपार्कबाट पक्राउ गरेको हो । लुटेरामध्ये एक जना फरार छन् । लुटेराबाट प्रहरीले १ लाख ५० हजार नगद बरामद गरेको छ । बाँकी रकम भाग्नेले लगेको पत्रकार सम्मेलनमा बताईएको छ । यसरी लुट्दै भागेकाहरु ………..भारतको मुजफ्फरपुर भगवान चोक निवासी प्रेम दास, शक्ति दास, शिवलाल शाह र राज दास रहेको प्रहरी निरीक्षक श्यामप्रताप सेनले बताए । उनीहरुले तानसेन सिल्खानटोलमा शिक्षकले झोला राखेर कागजपत्र फोटो कपी गर्न लाग्दा झोला लिएर भागेको प्रहरीले जनाएको छ । उनीहरुबाट ६ थान विभिन्न प्रकारका झोला, विस्कुट, काउछो समेत बरामद भएको छ । उनीहरुले शरीरमा काउछो लगाईदिने, विस्कुट पानीमा घोलेर कपडामा छर्किने र लुट्ने गर्दै आएका छन् । तानसेनमा केहि दिन अघि एक महिलाको कपडामा विस्कुट फालेर ८० हजार लुटपाट भएको थियो ।

Posted By: Dambar Prasad Rimal                                Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.