राष्ट्रपति रामवरण यादवको दशदिने भारत भ्रमण सुरु


काठमाडौं, माघ १३-राष्ट्रपति रामवरण यादवको दशदिने भारत भ्रमण बिहीबारबाट सुरु भएको छ। निजी तथा औपचारिक भारत भ्रमणमा उनले भारतीय राष्ट्रपति प्रतिभा पाटिल र भारतीय प्रधानमन्त्री मनमोहन सिंहलगयात मन्त्रीहरुसँग छुट्टाछुट्टै भेटघाट गर्नेछन्। राष्ट्रपतिको भारत भ्रमणलाई दुई चरणमा विभाजन गरिएको छ।

कोलकाता, तिरुपति, हैदरावादको भ्रमणलाई ‘निजी’ र दिल्ली, चण्डीगढ भ्रमणलाई ‘औपचारीक’ नाम दिइएको छ।’औपचारिक भ्रमण भएकोले कुनै सन्धि सम्झौता हुँदैन,’ परराष्ट्र मन्त्रालय दक्षिण एसिया तथा सार्क महाशाखाका सहसचिव हरिकुमार श्रेष्ठले भने, ‘दिल्लीमा भारतीय नेताहरुले सामान्य भेटघाट गर्छन्।’ भ्रमणको पहिलो दिन राष्ट्रपति यादव कोलकाता पुगेका छन्। कोलकाताबाट तिरुपति, हैदरावाद, दिल्ली, चण्डीगढहुँदै पुनः दिल्ली आएर उनी माघ २२ गते स्वदेश फकर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपतिसँग उनकी छोरी अनिता यादव, कार्यालयका सचिव वामनप्रसाद न्यौपाने, राजनीतिक सल्लाहकार हरि शर्मा, शिष्टाचार महापाल मुक्तिनाथ भट्ट, नायव शिष्टाचार महापाल अर्जुनकान्त मैनाली, एक जना निजी चिकित्सक, दुई जना सुरक्षा गार्ड लगायत भ्रमण टोलीमा रहेकाछन्। संस्कृतीमन्त्री मिनेन्द्र रिजाल, परराष्ट्र सचिव मदन भट्टराई र सहसचिव हरिकुमार श्रेष्ठ दिल्लीबाट भ्रमण टोलीमा सहभागी हुनेछन्।

यस्तै भारत भ्रमणमा निस्कनु अगाडि राष्ट्रपति यादवले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालका अन्तरिम संविधान, २०६३ को धारा ३६ को उपधारा २ बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गर्ने गरी तोकेका छन्।

Posted By : Narayan Nepal                        Source : Nagariknews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.