उदयपुर, माघ १३ – उदयपुरको रामपपुरठोक्सीला-९ शिखरमाडीमा बिहीबार बिहान एक महिलाले पतीको हत्या गरेकी छन् ।घरयासी विवादमा स्थानीय कृष्णकुमारी राइले २७ वर्षीय पति मानबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ । राई पती पत्नीविच विवाद हुँदा पत्नी कृष्णकुमारीले बन्चरो प्रहार गरि पतीको हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
पतीको हत्या गर्ने कृष्णकुमारीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ । उनलाई अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा राखेको प्रहरीले जनाएको छ ।
Posted By: Dambar Prasad Rimal Source: ekantipur