कति मिस यो र मिस त्यो हुनु, केटीको मात्र हैन आज त ढोइको पनि ब्युटी कन्टेस्ट भो बाब्बै। १० कक्षाको ‘महेन्द्रमाला’मा पढेको कर्णकान्त र नेत्रलालको कथा सम्झनुभएको भए ढोइ भनेको के हो पनि सम्झनु भो होला। कथामा नेत्रलालले कल्पेका थिए ‘कर्णकान्त कता गयो, बाटो बिरायो कि, ढोइ पो भेट्यो कि’। पोथी हात्तीलाई ढोइ भनिन्छ भनेर त्यो कथा पढ्ने बेला थाहा पाएका थियौँ हामी हात्ती नदेखेकाहरुले। सौराहामा आज भएको हात्ती सौन्दर्य प्रतियोगिता जितिन् २८ वर्षीया चन्चलकलीले। ३५ वर्षकी धीरेन्द्रकली दोस्रो भइन् भने ………….बसन्तकली तेस्रो भइन्। स्वास्थ्य, सफाइ र सौन्दर्यलाई आधार मानिएको थियो सबभन्दा राम्री ढोइ छान्ने क्रममा जजहरुले। अनि उपाधि जित्नेले के पाए त ? हात्तीले त उखु मात्रै, माहुतेले भने नगद र प्रमाणपत्र पनि पाए। हात्ती सौन्दर्य प्रतियोगिताको यो समाचारले अन्तर्राष्ट्रिय समाचार संस्थाहरुमा पनि राम्रै स्थान पायो।तर, विभिन्न नाममा सुन्दरी प्रतियोगिता हुने क्रम भने रोकिएको छैन है। यो मिस ट्यालेन्ट भक्तपुरका लागि नाचिरहेकी प्रतियोगीहरु।
सौराहामा मिस हात्ती भएकै दिन काठमाडौँको प्रज्ञा भवनमा पनि यो प्रतियोगिता भएको थियो। तर हात्तीको प्रतियोगिताको अन्तर्राष्ट्रिय चर्चा भयो, मान्छेको नेपाल कै मिडियाले पनि समाचार बनाएनन्।
Posted By:Dambar Prasad Rimal Source: Mysansar