क्षतिपूर्ती रकम ’bout राजदुतसंग दुई घण्टा बयान


-कान्तिपुर संवाददाता

काठमाडौ, माघ १३ । मृतक कामदारको क्षतिपूर्ति रकम निजी खातामा राखेको अभियोग लागेका साउदी अरेबियास्थित राजदूत हमिद अन्सारीले बुधबार परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएका छन् । बुधबार बिहान परराष्ट्र सचिव डा.मदनकुमार भट्टराईको कार्यकक्षमा राजदूत अन्सारीसँग मन्त्रालयका सम्बद्ध पदाधिकारीले दुई घण्टाभन्दा बढी समय प्रष्टीकरण लिएका थिए । परराष्ट्रका पश्चिम एशिया महाशाखाका प्रमुख सहसचिव धनन्जय झा, शिष्टाचार महापाल मुक्तिनाथ भट्ट, लेखा प्रमुख दुर्गा रायमाझीलगायत पदाधिकारीले बिषयगत रुपमा  राजदूतसँग जवाफ मागेका थिए ।

एक साताका लागि रियादबाट काठमाडौं आएका राजदूतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुइपटक प्रष्टीकरण दिइसकेका छन् । ‘म केही बोल्न चाहन्न । मैंले सबै यथास्थिती जानकारी गराएको छु, फेरि यही बिषय अख्तियारको छानविनमा समेत रहेकाले बोल्नु हतार हुन्छ,’ राजदूत अन्सारीले संक्षिप्त प्रतिक्रिया दिंदै कान्तिपुरलाई भने ।

परराष्ट्रका सहप्रवक्ता हरिश्चन्द्र घिमिरेका अनुसार, साउदीमा कार दुर्घटनामा ज्यान गुमाएका झापाका रमेश सुवेदीसहितका कामदारको क्षतिपुर्ती रकम’bout राजदूतसँग जानकारी मागिएको थियो । ‘मृतक सुवेदीको १ लाख साउदी रियाल (२० लाख रुपैंया) मध्ये ४० प्रतिशत वकिल, ४० प्रतिशत कार मर्मत र २० प्रतिशत मृतक परिवारलाई दिने भनी गरिएको भागबण्डा’bout राजदूतले जानकारी गराउनुभयो,’ घिमिरेले भने ।

मृतक आफन्तबाट अख्तियारनामा नलिइ क्षतीपुर्ती रकम बाँडफाँड गरेको’bout प्रष्ट पार्न समेत राजदूत अन्सारीलाई प्रश्न गरिएको थियो । ‘क्षतीपुर्ती रकम सुरक्षित राखेको छु, म जुनैबेला दिन पनि सक्छु,’ राजदूतले परराष्ट्र सचिव सामु भनेका थिए । राजदूतले अहिले उजुरी परेकालगायतका सबै केसहरुको आफूले रियाद फिरेर गम्भीरतापूर्वक छानविन गर्ने प्रतिबद्धता जनाएका थिए ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.