१३ माघ, सिराहा । सिराहाको चन्द्रलालपुरस्थित जनता उच्च माविकी छात्रा पुनमकुमारी सिंहको सोही विद्यालयमा अध्ययनरत सन्तोष चौधरीले हत्या गरेका छन् । विद्यालयको गेटमा उँभिरहेकी कक्षा एघारमा अध्ययनरत पुनमलाई विहीबार विहान चौधरीले छुरा प्रहार गरेका थिए । हत्यापछि फरार रहेका चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
हत्याको विरोधमा स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि प्रहरीले हवाई फायर गरेको छ । प्रहरीको गोली लागि एकजना स्थानीयबासी घाइते भएका छन् । घटनापछि सिराहा तनावग्रस्त भएको छ ।
स्ववियु पूर्वसभापतिको हत्या
यसैबीच जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका स्ववियु पूर्वसभापति दीपेन्द्रकुमार झाको आज विहान गोली हानी हत्या भएको छ । जनकपुरको भोहिलमा अज्ञातसमूहले झाको गोली हानी हत्या गरेको हो । घटनाको विस्तृत विवरण आउन सकेको छैन ।
यसैबीच धनुषामा प्रहरी कारबाहीमा सशस्त्र भूमिगत तराई मुक्ति मोर्चा राजन मुक्ति समूहका महासचिब उज्जवल मुक्तिको मृत्यु भएको छ ।
Posted by: Jay Ale Source: Onlinekhabar