Daily Archives: 27/01/2011

११औं माउण्ट एभरेष्ट एम.बि बमजन गोल्डकपका सेमीफाइनल र फाइनल खेल भोली हुँदै: सम्पूर्ण कुवेतवासी नेपालीलाई निमन्त्रणा !!


डम्बर रिमाल, कुवेत

११औं माउण्ट एभरेष्ट एम.बि बमजन गोल्डकपको सेमीफाइनल र फाइनल चरणका खेलहरु भोली २८ जनवरी २०११ शुक्रवारको दिन, बिहानको ९ बजेदेखी अम्घाराको फुटवल मैदानमा हुन गई रहेको जानकारी गराउँदै, उक्त अवसरमा समस्त खेलप्रेमी कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।

साथै, सेमीफाइनल चरणका खेलहरुमा: पहिलो खेल स्विडिसको बिरुद्द ट्रस्ट र दोश्रो खेल अलघानिमको बिरुद्द अल-अमानाको हुने थप जानकारी गराईन्छ ।

आयोजक समिति,
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लव, काठमाण्डौ-कुवेत

Advertisements

राष्ट्रपति रामवरण यादवको दशदिने भारत भ्रमण सुरु


काठमाडौं, माघ १३-राष्ट्रपति रामवरण यादवको दशदिने भारत भ्रमण बिहीबारबाट सुरु भएको छ। निजी तथा औपचारिक भारत भ्रमणमा उनले भारतीय राष्ट्रपति प्रतिभा पाटिल र भारतीय प्रधानमन्त्री मनमोहन सिंहलगयात मन्त्रीहरुसँग छुट्टाछुट्टै भेटघाट गर्नेछन्। राष्ट्रपतिको भारत भ्रमणलाई दुई चरणमा विभाजन गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

चन्चलकली बनिन् ‘मिस हात्ती (ढोइ)


कति मिस यो र मिस त्यो हुनु, केटीको मात्र हैन आज त ढोइको पनि ब्युटी कन्टेस्ट भो बाब्बै। १० कक्षाको ‘महेन्द्रमाला’मा पढेको कर्णकान्त र नेत्रलालको कथा सम्झनुभएको भए ढोइ भनेको के हो पनि सम्झनु भो होला। कथामा नेत्रलालले कल्पेका थिए ‘कर्णकान्त कता गयो, बाटो बिरायो कि, ढोइ पो भेट्यो कि’। पोथी हात्तीलाई ढोइ भनिन्छ भनेर त्यो कथा पढ्ने बेला थाहा पाएका थियौँ हामी हात्ती नदेखेकाहरुले। सौराहामा आज भएको हात्ती सौन्दर्य प्रतियोगिता जितिन् २८ वर्षीया चन्चलकलीले। ३५ वर्षकी धीरेन्द्रकली दोस्रो भइन् भने …………. पढ्नेक्रम जारी राख्नुहोस्

बन्चरोले हानेर श्रीमानको हत्या


उदयपुर, माघ १३ – उदयपुरको रामपपुरठोक्सीला-९ शिखरमाडीमा बिहीबार बिहान एक महिलाले पतीको हत्या गरेकी छन् ।घरयासी विवादमा स्थानीय कृष्णकुमारी राइले २७ वर्षीय पति मानबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ । राई पती पत्नीविच विवाद हुँदा पत्नी कृष्णकुमारीले बन्चरो प्रहार गरि पतीको हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जीत ल्याउने कस्ले अब ?


-प्रेम वली

भद्रगोलमा देश चल्दा
रित पुराउने कसले अब
कुकर्मले गाज्यो यहाँ
हित डोर्याउने कस्ले अब

क्रोध र इर्श्या झांगियो
प्रित लाउने कस्ले अब
नाच्नेहारु मात्र भए यहाँ
गीत गाउने कस्ले अब पढ्नेक्रम जारी राख्नुहोस्

क्षतिपूर्ती रकम ’bout राजदुतसंग दुई घण्टा बयान


-कान्तिपुर संवाददाता

काठमाडौ, माघ १३ । मृतक कामदारको क्षतिपूर्ति रकम निजी खातामा राखेको अभियोग लागेका साउदी अरेबियास्थित राजदूत हमिद अन्सारीले बुधबार परराष्ट्र मन्त्रालयमा स्पष्टीकरण दिएका छन् । बुधबार बिहान परराष्ट्र सचिव डा.मदनकुमार भट्टराईको कार्यकक्षमा राजदूत अन्सारीसँग मन्त्रालयका सम्बद्ध पदाधिकारीले दुई घण्टाभन्दा बढी समय प्रष्टीकरण लिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

बीबीसीले नेपाली भाषाको रेडियो प्रसारण बन्द गर्ने


-एजेन्सी

काठमाडौ, माघ १३ । बेलायती प्रसारण संस्था ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन-बीबीसी)बाट रेडियोको शाँर्टवेभमा नेपाली भाषामा प्रसारण भइरहेको कार्यक्रम मार्च महिनासम्ममा बन्द हुने भएको छ । नेपालीसंगै हिंदी, इंडोनेशियाई, स्वाहिली, किर्गिस र ग्रेट लेक्स भाषाको प्रसारण बन्द गर्ने बीबीसले निर्णय लिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आफ्नै साथीले छुरा हानेर किशोरीको हत्या


१३ माघ, सिराहा । सिराहाको चन्द्रलालपुरस्थित जनता उच्च माविकी छात्रा पुनमकुमारी सिंहको सोही विद्यालयमा अध्ययनरत सन्तोष चौधरीले हत्या गरेका छन् । विद्यालयको गेटमा उँभिरहेकी कक्षा एघारमा अध्ययनरत पुनमलाई विहीबार विहान चौधरीले छुरा प्रहार गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्