माओवादी नेतृत्वमा मात्र सहमतिको सरकार ‘प्रचण्ड’


-गंगा बीसी
काठमाडौ, माघ १२ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको नेतृत्वमा मात्र सहमतिको सरकार सम्भव भएको बताएका छन् । त्यसो नभए राष्ट्रिय स्वाधीनता पक्षधर नेता वा स्वतन्त्र व्यक्तित्वको नेतृत्वमा सरकार गठन गर्नु उपयुक्त हुने प्रस्ताव उनले राखेका छन् । माओवादीको नेतृत्वमा मात्र सहमतिको सरकार बन्न सक्छ, उनले मंगलबार नयाँबजार निवासमा संवाददाताहरूसँग भने, ‘संविधान सभाको ठूलो पार्टी, शान्ति प्रक्रियाको अर्को पाटो र संविधानसभालगायत एजेन्डा बोकेको हुनाले माओवादीको नेतृत्वमा मात्र सहमतिको सरकार सम्भव छ ।’

उनले संसारकै लोकतन्त्रको मूल्यमान्यता भनेको ठूलो पार्टीको नेतृत्वमा मात्र सहमतिको सरकार बन्ने भएकाले त्यो सम्भव भएको उल्लेख गरे । माओवादीलाई बाइपास गरेर सहमतिको सरकार हुन सक्दैन, उनको भनाइ थियो । दाहालले सहमतिको सरकार बने आफ्नै नेतृत्वमा हुने पनि जनाए । ‘पार्टीमा सरकारको नेतृत्व’bout विवाद हुँदैन,’ उनले भने, स्वत: संसदीय दलको नेताको नेतृत्वमा बन्छ ।

उनले सरकार र शान्ति निर्माण’bout महत्त्वपूर्ण निर्णय लिन खोजिरहेको पनि खुलासा गरे । सरकार र शान्ति प्रक्रिया’bout मैले बोल्ड डिसिजन -ठूलो निर्णय) गर्ने सोचिरहेको छु, उनले भने, ठूलो निर्णय हुने सम्भावना छ, पार्टीमा पनि छलफल भइरहेको छ । सहमतीय सरकार’bout दलहरूसित गम्भीर छलफल भइरहेको जानकारी दिँदै उनले कांग्रेसले शान्ति र संविधान निर्माण प्रक्रिया’bout ठोस प्रस्ताव ल्याए माओवादीको नेतृत्व’bout सोच्न सकिने बताएको जानकारी दिए । हामीसँग कुरा हुँदा कांग्रेस नेताहरूले ठोस एजेन्डा भए सोच्न सकिन्छ भन्नुभएको छ । सकिँदैन भन्नुभयो भने सहमतिको सरकार बन्दैन, उनले भने ।

दाहालले बहुमतीय सरकार’bout निर्णय भइनसकेको उल्लेख गर्दै अन्य दलको नेतृत्वमा पनि माओवादी सरकारमा जान सक्ने बताए । अरू कसैको नेतृत्वको सरकारमा जान पनि सकिन्छ, उनले भने, दुई विकल्प’bout पार्टीमा छलफल चलेको छ । एउटा हाम्रो अनुकूल- राष्ट्रिय स्वाधीनता, परिवर्तनको एजेन्डा नजिक भएकाको नेतृत्व । दोस्रो- कोही स्वतन्त्र नागरिकको नेतृत्वको सरकारमा सबै पार्टी जाने । तर सहमतिको सरकार बनाउनमै जोड दिनुपर्छ ।

कांग्रेस र एमाले माओवादीलाई नेतृत्व दिन लचक भएकाले सहमतीय सरकार बनाउन पाँच दिन थपिएको उनले उल्लेख गरे । तीन पार्टीमध्ये कसैको नेतृत्वमा सरकार गठन गर्न तयार छौं भनेर सहमति गरौं भन्यौं, दाहालले भने, माओवादीलाई नेतृत्व नदिने भए सहमति हुन सक्दैन, समय बर्बाद नगरौं, बहुमतीय जाऔं भनेका थियौं । त्यसपछि कांग्रेस, एमालेको छुट्टाछुट्टै बैठक बसेर उनीहरूले माओवादीको नेतृत्वमा सरकार मान्न सक्छौं भनेपछि पाँच दिन थपिएको हो ।

अन्य दलको बहुमतीय सरकारको नेतृत्वमा पार्टी नजाने उपाध्यक्ष बाबुराम भट्टराईको भनाइ केन्द्रीय समिति बैठकले सच्याएको पनि उनले जानकारी दिए । एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्ने सम्बन्धमा सोधिएको प्रश्नमा उनले अघिल्लो निर्वाचनमा दिएको समर्थन त्यतिबेलै सकिएको स्पष्ट गरे । दुई तिहाई जुटाउन समर्थन दिएका थियौं, उनले भने, त्यो त्यतिबेलाका लागि थियो । हामीले ब्ल्यांक चेक -खाली चेक) सही गरेको होइन । उनले आफू र खनालबीच धेरै चरणमा कुरा भएको खुलासा गर्दै समर्थन गर्नु परे सत्ता साझेदारी, शान्ति, संविधानलगायत विषयमा ससर्त हुने बताए ।

झलनाथजीसँग अलि बढी कुराकानी भएको छ उनले भने, त्यो एउटा विकल्प हुन सक्छ तर त्यस्तो समर्थन सत्ता साझेदारी, शान्ति, संविधानजस्ता विषयमा ससर्त हुन्छ । उनले आफू र खनालले भारतले नरुचाएको सरकार बनाउन लागेको भन्ने आरोप सत्य नभएको उल्लेख गरे । सामान्यतया एजेन्डाअनुसार कोसँग मिल्दा बढी हित हुन्छ, परिवर्तनलाई संस्थागत गर्न सकिन्छ भन्ने तर्क चल्छ, उनले भने, झलनाथजीसँग मात्र होइन, कांग्रेसका साथीहरूसँग पनि तर्क चल्छ ।

उनले लडाकु विशेष समिति मातहत ल्याएको घोषणा गरे पनि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारकै बेला त्यो आइसकेको तर्क गरे । उनले लडाकु र नेपाली सेनाको समायोजन नभएसम्म लडाकु कमान्डरको कमान्डमा हुने बताए । हामी शान्ति प्रक्रियामा जनमुक्ति सेना माओवादीसँगै राख्न भनेर आएको होइन, उनले भने, ‘जनमुक्ति सेनासहित नयाँ राष्ट्रिय शक्ति बनाउन भनेर आएको हो ।’ उनले माओवादीविरुद्ध ‘षड्यन्त्र’ भइरहेको बताए । माआवादीविरुद्ध ठूलो अभियान धेरै माथिबाट चलेको छ, उनको भनाइ थियो, माओवादी कमजोर हुनु भनेको शान्ति र संविधान कमजोर हुनु हो ।

Posted by: Jay Ale                           Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.