तीन दलका द्विपक्षीय वार्ता/ अडान् नछोडेपछि सहमति बनेन


-कान्तिपुर संवाददाता

काठमाडौं, माघ १२ । प्रमुख तीन दलका नेताहरु मंगलबार दिनभर वार्तामा व्यस्त रहे । तर आ-आफ्ना पूर्ववत् अडानमै रहेपछि सरकार निर्माणमा सहमति जुट्न सकेनन् । वार्तामा सहमतिका लागि सर्वसम्मत नेतृत्वको प्रयास भन्दा नेताहरु आफ्नो दलको पक्षमा समर्थन जुटाउन केन्दि्रत देखिएका थिए ।

राष्ट्रपतिले दिएको सहमतीय सरकार निर्माण गर्ने समय बुधबारसम्म मात्र रहेकाले मंगलबार दिनभर तीन दलका द्विपक्षीय छलफल भएका हुन् । दुई पक्षीय छुट्टाछुट्टै वार्तामा माओवादी र कांग्रेसबीच नेतृत्वमा सहमती भएमा एमालेले दावा छाड्ने जनाएको थियो । बैठकमा एमालेले ‘माओवादीसंग समर्थन ल्याउनुहोस, हामी सहयोग गर्छौ’ भनेको थियो ।

माओवादीले आफूबाहेक ठुलो दलमध्ये कांग्रेस या एमालेको समर्थन लिएर सरकार बनाउने प्रयास गरेको छ । कांग्रेसले एमालेको सहयोगमा लोकतान्त्रिक गठबन्धन कायमै राख्ने तथा एमालेको समर्थन माओवादीले सरकार बनाउने प्रयास जारी छ ।

कांग्रेस एमालेले दुई दलले शिविरमा रहेका लडाकुको समायोजन र पुर्नस्थापनाको कार्य नहुँदासम्म माओवादी नेतृत्वमा स्वीकार नगर्ने साझा अवधारणा भने मंगलबार पनि सार्वजनिक गरे । एमाले संसदीय दलको कार्यालयमा कांग्रेस/एमालेको बैठकले शान्तिप्रकृया निश्चित विन्दुमा नपुगेसम्म माओवादी नेतृत्व स्विकार नगर्ने साझा अवधारणा बनाएका हुन् ।

‘माओवादीले कांग्रेस नेतृत्वलाई समर्थन गरेपनि र कांग्रेसले माओवादी नेतृत्व स्विकार गरेपनि सहमतीय सरकारका लागि एमाले बाधक हुदैन’ बैठकपछि एमाले नेता प्रदिप ज्ञवालीले भने-‘तर माओवादीलाई भने शान्तिप्रकृया एउटा निश्चित विन्दुमा गएपछि मात्रै नेतृत्व दिन सकिन्छ भन्नेमा दुई पार्टी सहमत छौ ।’

दुई दलले लडाकु विशेष समितिमा हस्तान्तरण गरेर मात्रै विश्वासको वातवरण नबन्ने भन्दै लडाकुको बर्गिकरण र समायोजनको ‘मोडालिटी’मा सहमती जनाएपछि मात्रै माओवादी नेतृत्व स्विकार्न सकिने बताएका छन् । बर्गिकरण र मोडालिटीमा सहमती हुन झन्डै तीन महिना लाग्ने कांग्रेसको तर्क छ । त्यतिञ्जेलका लागि कांग्रेस नेतृत्व स्विकार्न कांग्रेस नेताहरुले माओवादीसंगको बार्तामा प्रस्ताव गरेका थिए । नेतृत्वमा सहमती जुटाउन माओवादी र कांग्रेस दुई घण्टा सम्म छुट्टै बार्तामा बसेका थिए ।

‘पहिलापनि कांग्रेसको नेतृत्व हुँदा शान्तिप्रकृया अघि बढेको थियो । बीचमा माओवादी नेतृत्वमा सरकार बनेपछि रोकिन पुग्यो’ कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले भने-‘माओवादीलाई नेतृत्व छाड्नु स्विकार गर्नुपहिला लडाकुको समायोजन र पुर्नस्थापनाका कार्य माओवादी नेतृत्वमा अघि बढ्न सहज हुन्छ भन्ने हाम्रो प्रस्ताव हो ।’

तर, कांग्रेसले माओवादी नेतृत्व स्विकार गर्ने अवस्था सृजना भएमा एमालेले सहमतीका लागि बाधक नबनी समर्थन गर्ने उल्लेख गरेको छ । यदी दुबै दल एक आपसमा नमिल्ने हो  त्यस्तो अवस्थामा काग्रेस र माओवादीले आफ्नो नेतृत्व स्वीकार्नुपर्ने प्रस्ताव पनि एमालेको छ ।

माओवादीले भने आफ्नो नेतृत्वको सरकारलाई कांग्रेस र एमालेले शैद्धान्तिक रुपमा अस्विकार नगरी सकेको बताउदै थप प्रयास थाल्ने जनाएको छ । बार्तामा  शिविरहरु विशेष समिति मातहत हस्तान्तरण भएपछि  नागरिक पार्टीमा रुपान्तरण भईसकेको तर्क राख्दै सहमतीय राष्ट्रिय सरकारको नेतृत्व माओवादीले पाउनु पर्ने अडानलाई उसले झनै कसिलो बनाएको छ ।

‘नयाँ शिराबाट राष्ट्रिय सहमतीको राजनीति थालनी गरी बाँकी रहेको चार महिनामा शान्ति र संविधान निर्माणलाई टुंगामा पुर्‍याउन माओवादीले नेतृत्व पाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो’ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने-‘पहिला हाम्रो नेतृत्व हुदा कांग्रेस बाहिर बस्यो । त्यसैले सहमतीको सरकारका लागि माओवादीको नेतृत्वमा सहमती गरौ भन्ने हाम्रो विशेष अपिल समेत रहेको छ ।’

एमाले संसदीय दलको कार्यालय सिंहरदरबार बिहान काग्रेस र एमालेबीच छलफल भएको थियो । त्यो छलफलमा दुई दलबीच लडाकुहरु बिषेश समिति मातहत आए पनि पुनस्थापना र समायोजनको प्रक्रिया अघि बनढुन्जेले माओवादीलाई नेतृत्व दिइहाल्न नहुने सहमति भएको थियो । तर काग्रेस र माओवादीबीच नेतृत्वको कुरा मिल्छ भने त्यस सघाउने आश्वासन एमालेले दिएको थियो ।

काग्रेस संगको बैठकमा एमालेले माओवादी र काग्रेबीच कुरा नमिले शान्ति र संविधान निर्माणलाई निष्कर्षमा पुर्‍याउनका लागि जसको नेतृत्वमा माओवादी सम्मिलित सरकार बन्न सक्छ त्यसका लागि एकअर्काले सहयोग गर्नुपर्ने प्रस्ताव राखेको थियो । काग्रेस एमालेको छलफलपछि साँझ ठमेलको बैशाली होटलमा माओवादी र काग्रेसबीच छलफल भएको थियो ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.