Daily Archives: 26/01/2011

चुटकिला


धर्मराज गिरी, कुवेत

नेपालमा छोरीको विवाह गर्ने बेला भयो
कुवेतमा बल्ल आमाको लभस्टोरी शुरु हुँदैछ
छोरीको आमाको मोबाईल फोनमा कान्छाबाउको टेलिफोन
मिठो शब्दमा कान्छाबाउ भन्छन आई मिस यु डार्लिङ
छोरीको आमा लेग्रे स्वर तान्दै भन्छे,
मलाई मिस चाँही नभन बरु डार्लिङ भनन…!!

Posted by: Narayan Nepal

Advertisements

दुखाएं होला मैले कतै


दिल कुमार लिम्बु  (आसुँ कबी)

दुखाएं होला मैले कतै तिम्रो धेरै घाऊ ।
झारे होला कहिले काही धेरै धेरै आसुँ।
जानी जानी हैन माया भाग्य चोरि भयो।
नरोकिने गरी आसुँ बगी रहयो रहयो।

चल्न थालो आँदिबेरी निभ्यो मन्को दियो।
तिम्ले बुजे देखी मेरो माया चोखो थियो।
चखेवा को जोडी छुट्यो भाले एक्लै रोयो।
रात भरी आँसुलेनै आँखा धोइ रहयो।
सुके होला खरे खोला पानी पर्नै छोड्यो।
टुटे होला मन्को तार होसै कहाँ उड्यो। पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा मृत्युदण्ड सुनाइएका घलेको सुनुवाई


क्वालालम्पुर । लागुपदार्थ कारोवारको अभियोगमा मलेसियामा मृत्युदण्डको फैसला सुनाइएका नेपाली नागरिक हरिवहादुर घलेको मुद्दामाथि मंगलवार सुनुवाई भएको छ ।घलेका तर्फवाट बकिल राजपाल सिंले करिव एक घण्टा वहस पैरवी गरेपछि उनको मुद्धा अव पुनराबेदन अदालतबाट संघीय अदालतमा पुगेका छ । पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगार आशा र बाध्यता


रुक्मणी सिग्देल तिमल्सिना,

नेपाल गरिबीको रेखामुनि रहेको एउटा अल्पविकसित तथा विकासोन्मुख राष्ट्र हो । गरिबीको कारण यहाँबाट वर्षेनि हजारौं युवा विदेशिन बाध्य छन् । देशमा विद्यमान राजनीतिक अस्थिरताका कारण भएका स्रोतसाधनहरूको समुचित प्रयोग राष्ट्रले गर्न सकिरहेको छैन । सिंगो विश्व उत्पादन तथा व्यापार प्रतिस्पर्धामा जुटेको वेला नेपालका नागरिक भने अन्य देशमा अति निम्न स्तरको मजदुरी गर्न बाध्य छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अब पैसा कमाउनैं भनी विदेशिनु नपर्ने


काठमाडौं, रक्तकालीका राजेनराज पन्त (५६) ले गोरखा, च्याङ्गली-८ मा २०५२ सालमा पाँच वटा होलस्टेन र दुई वटा जर्सीबाट शुरु गरेको गाईपालनमा दुई छोरा राजीवराज (३५) र राजकुमार (३३) को पनि रुचि जागेपछि पन्त परिवार डेढ दशकमै देशकै नमुना गाईपालक बनेको छ। अहिले १७० वटा उन्नत गाईबाट दैनिक १००० लिटर दूध उत्पादन हुने पन्त परिवारको कामधेनु गाईपालन केन्द्र मुलुकभरका कृषकका लागि अध्ययनको थलोसमेत बनेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी नेतृत्वमा मात्र सहमतिको सरकार ‘प्रचण्ड’


-गंगा बीसी
काठमाडौ, माघ १२ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीको नेतृत्वमा मात्र सहमतिको सरकार सम्भव भएको बताएका छन् । त्यसो नभए राष्ट्रिय स्वाधीनता पक्षधर नेता वा स्वतन्त्र व्यक्तित्वको नेतृत्वमा सरकार गठन गर्नु उपयुक्त हुने प्रस्ताव उनले राखेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

तीन दलका द्विपक्षीय वार्ता/ अडान् नछोडेपछि सहमति बनेन


-कान्तिपुर संवाददाता

काठमाडौं, माघ १२ । प्रमुख तीन दलका नेताहरु मंगलबार दिनभर वार्तामा व्यस्त रहे । तर आ-आफ्ना पूर्ववत् अडानमै रहेपछि सरकार निर्माणमा सहमति जुट्न सकेनन् । वार्तामा सहमतिका लागि सर्वसम्मत नेतृत्वको प्रयास भन्दा नेताहरु आफ्नो दलको पक्षमा समर्थन जुटाउन केन्दि्रत देखिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्