सात हजार लडाकू समायोजन गर्नु पर्ने माओवादी सर्त: लडाकूहरूको पार्टी सदस्यता कायमै


१० माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका सैंन्य इन्चार्ज वर्षमान पुन अनन्तले सात हजारसम्म लडाकूलाईं सुरक्षा निकायमा समायोजन गर्नु पर्ने आफुहरुको बटम लाइन भएको बताउनु भएको छ । सोमबार राजधानीमा आयोजित साक्षात्कारमा अनन्तले सात हजारसम्म लडाकूलाईं सुरक्षा निकायमा समायोजन गर्ने सर्तमा दलहरुबीच सहमति हुन सक्ने बताउनु भयो ।

माओवादी संख्यामा अड्को थाप्ने पक्षमा रहेको भन्दै उहाँले पहिलो स्वेच्छिक अवकास र पुनःस्थापनामा जानेको प्रक्रिया सुरु गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो-’नेपाली सेनामा समायोजन हुनेको संख्या कम पनि हुन सक्छ किनकी कोही सशस्त्र र प्रहरीमा पनि जान सक्छन् । कसैलाई भिन्नै सुरक्षा बल खडा गरेर पनि राख्न सकिन्छ ।’ माओवादी शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने र संविधान निर्माण गर्न लचिलो रहेको उहाँको भनाई थियो ।

सेना समायोजन विशेष समितिका सदस्य समेत रहेका पुनले लडाकूहरु विशेष समितिको मातहतमा गए पनि उनीहरुको पार्टीको सदस्यता कायमै रहेको स्पष्ट पार्नुभयो । समायोजनमा जाँदा मात्रै लडाकूहरुले माओवादी पार्टीको सदस्यता त्याग्ने उहाँको भनाई छ । नेता अनन्तले पार्टीको कार्यक्रममा लडाकूहरुको सहभागिता हुन्छ वा हुन्न भन्ने विषयमा विशेष समितिमा छलफल गरेर मात्र टुङ्गो लगाइने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो-’हामी बन्दै गएको सहमतिको बातावरण विगार्ने गरी कुनै पनि काम गर्दैनौ । सहमतिको बातावरण नविगि्रयोस् भन्नेमा हामि सचेत छौ ।’ माओवादी नेता अनन्तले प्रचण्डलाई प्रधानमन्त्री बनाउने रणनीतिका साथ विशेष समिति मातहतमा ल्याउने सार्वजनिक कार्यक्रम नगरेको बताउनुभयो ।

Posted by: Jay Ale                        Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.