विश्वभर साढे २० करोड मानिस बेरोजगार


विश्व आर्थिक मञ्च (डब्लूईएफ) ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनले गत वर्ष विश्वमा २० करोड ५० लाख मानिसहरू बेरोजगार रहेको देखाएको छ । पछिल्लो विश्वव्यापी आर्थिक मन्दीपश्चात् सन् २०१० मा देखिएको उच्च बेरोजगारी समस्या सन् २०११ मा आशिंक रूपमा मात्र सुधार हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले भने गत वर्ष विश्वभर बेरोजगार मानिसहरूको अवस्था स्थिर रहेको जनाउँदै सन् २०११ मा बेरोजगार मानिसहरूको संख्या १ प्रतिशतले न्यून भई २० करोड ३३ लाखसम्म कायम हुन सक्ने प्रक्षेपण गरेको छ ।

स्विट्जरल्यान्डको ड्याभोसमा विश्व आर्थिक मञ्चको बैठक बस्ने तयारी भइरहेको समयमा संगठनले रोजगारीको अवस्था’bout तथ्यांक सार्वजनिक गरेको हो । विश्व अर्थतन्त्रको परिदृश्यको ’boutमा छलफल गर्न ड्याभोसमा झन्डै २ हजार ५ सय व्यावसायिक तथा राजनीतिक नेताहरूको उपस्थिति रहने बताइएको छ ।

आईएलओका प्रमुख जुअन सोमाभियाले भनेका छन् ,“पछिल्लो विश्वव्यापी आर्थिक मन्दीको अतुलनीय मानव मूल्य अझैसम्म हामीसँग विद्यमान छ ।”

जेनेभामा रहेको संगठनले हाल विश्वमा पछिल्लो मन्दीपूर्व अर्थात् सन् २००७ भन्दा पहिले कायम बेरोजगार मानिसहरूको संख्याको तुलनामा २ करोड ७६ लाखले उच्च रहेको जानकारी दिएको छ । यद्यपि, जनसंख्या वृद्धिको आधारमा अधिकांश मानिसहरू काम पाएको बताइएको छ ।

संगठनले सार्वजनिक गरेको प्रतिवेदन’bout विश्व आर्थिक मञ्चको बैठकमा छलफल गरिने बताइएको छ । “संकटपछिको युग संटकपूर्वको युग जस्तो हुनु हुँदैन,” मञ्चका संस्थापक तथा प्रमुख क्लाउसले भने, “हामीले ती संकटबाट पाठ सिक्नुपर्छ ।”

Posted by: Raju Gurung

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.