प्रोफेसनल विकास बैंकको सेयर बाँडफाँड


काठमाडौ । प्रोफेसनल विकास बैंकले १०० दरका तीन लाख कित्ता सेयर बाँडफाँड गरेको छ । सो सेयरको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेबारी ग्रोमेर मर्चेन्ट बैंकले पाएको थियो । सर्वसाधारणमा सार्वजनिक गरिएको सो सेयरका लागि २० कर्मचारी सहित २१ हजार २२ आवेदकबाट २३ लाख १४ हजार ९३० कित्ता साधारण सेयर माग भएको थियो । जसमध्ये २० कर्मचारी सहित १५ हजार दुई जनालाई तीन लाख कित्ता सेयर बाँडफाँड गरिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो ।

सेयरका लागि सात दशमलव पाँच गुणाबढी आवेदन प्राप्त भएको ग्रोमोर मर्चेन्ट बैंकका महाप्रबन्धक कविन्द्रध्वज जोशीले जानकारी दिनुभयो । कार्यक्रममा प्रोफेसनल विकास बैंकका कार्यबाहक अध्यक्ष आगामी १५ वर्षमा वाणिज्य बैंक बनाउने लक्ष्यकासाथ प्रतिस्पर्धी, स्वस्थ र गुणस्तरिय सेवामा बैंक क्रियाशील रहेको बताउनुभयो ।

आगामी आर्थिक वर्षमा बैंकको पूँजीलाई दोब्बर गरी रु २० करोड पुर्‍याउने चितवन, मकवानपुर सहितका १० जिल्लामा शाखा विस्तार गरिने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत श्याममोहन जोशीले चालु आ.व.को पुस मसान्तसम्म रु १५ करोड निक्षेप सङ्कलन गरी रु ११ करोड कर्जा प्रवाह गरेको र रु ४३ लाख सञ्चालन मुनाफा गरेको जानकारी दिनुभयो ।

सो बैंकको निष्कृय कर्जा कूल कर्जाको अनुपातमा शुन्य दशमलव १७ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो ।

Posted by: Jay Ale                              श्रोत: फ्रिनेपाल

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.