अबचाँही प्रधानमन्त्री टुंगो लाग्ला की ?


काठमाडौं, माघ ११ – सहमतीय समयभित्र सरकार गठन हुन नसके बहुमतिय प्रक्रियाका आधारमा प्रधानमन्त्री चुनाव अघि बढ्नेछ । सहमतिका निम्ति दलहरुलाई बुधबारसम्मको समय प्राप्त छ ।सहमतिका निम्ति दलहरुमा देखापरेको सुस्तताले लगभग बहुपतीय पद्धतिमै प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढ्ने स्थिति सिर्जना हुँदैछ । बहुमतीय चुनावमा तीनै दलका उम्मेदवारमध्ये कसैले पनि पहिलो चरणमा बहुमत (३०१) ल्याउने अवस्था देखिन्न । संधोधित नियमावलीअनुसार एकजना उम्मेदवार रहेको अवस्थामाबाहेक विपक्षमा मतदान गर्न पाइनेछैन । यसअघि सर्वोच्च अदालतले तटस्थ बस्न नपाईने फैसलासमेत गरिसकेको छ भने, सभामुखले अनिवार्य उपस्थितिका लागि ‘रुलिङ’ गरिसकेका छन् ………….

मानौ, पहिलो चुनावमा माओवादीले आफ्नो दलको मात्रै २३७, कांग्रेसले ११३ र एमालेका उम्मेदवारले १०७ मत मात्रै ल्याए । पहिलो चुनावमा कसैले पनि बहुमत हात नपारे तीनै जनाले संशोधित नियमावलीअनुसार अर्को चुनावमा प्रधानमन्त्रीको उम्मेदवार हुन अवसर पाउने्न् र तीनै उम्मेदवारलाई संसदमा प्रधानमन्त्रीकालागि निर्णयार्थ प्रस्तुत गरिनेछ ।

नियमानुसार दोस्रो पटकको चुनावमा तीनै दलका उम्मेदवारलाई मतदान हुनेछ । दोस्रो चुनावमा एमालेलाई आफ्ना दलबाहेकका अरु दलले नसघाए उनी मतदानबाट बाहिरिने्न् । अरु दलले नसघाएपनि कांग्रेसको मत एमालेको भन्दा बढी (११३) छ भने एमालेको १०७ ।

दोस्रो चरणको चुनावमा मधेशका पार्टी र अन्य साना पार्टीको मत महत्वपूर्ण रहने देखिन्छ । मधेशका पार्टीको मत ८४ छ भने अन्य साना दलको मत ५८ छ ।

दोस्राे चुनावमा मधेशी दल र साना दल सबैले खनालका पक्षमा मतदान गरेपनि उनले तेस्रो चुनावमा उम्मेदवार बन्न पाउने देखिन्न । कांग्रेसको ११३ सहित मधेशी दलको ८४ र अन्य साना दलको ५८ मत पाए उनको कुल २५५ मत प्राप्त गर्ने्न् भने, एमालेको १०७ सहित मधेशी र साना दलले सघाएपनि उनको कुल मत २४९ मात्रै हुनेछ ।

दोस्राे पटक कसैले पनि ३०१ मत हात नपारे मतदान प्रक्रिया तेस्रो चरणमा प्रवेश गर्नेछ । संशोधित नियमावलीअनुसार तेस्रो पटकको चुनावमा बढी मत ल्याउने दुई उम्मेदवारलाई मात्रै निर्णयार्थ प्रस्तुत गरिनेछ ।

दोस्रो चुनावमा माओवादी वा कांग्रेसले ३०१ मत ल्याउन नसके तेस्रो पटक दुबै उम्मेदवारलाई प्रधानमन्त्रीका लागि निर्णयार्थ प्रस्तुत गरिनेछ ।

मानौं तेस्रो चुनावमा माओवादीसहित बाँकी सदस्यले वा कांग्रेससहित बाँकी सदस्यले मतदान गरे ३०१ मत न्घ्नेछ । मतदानका दिन सं्द्मा अनुपस्थित रहन नपाउने, विपक्षमा मतदान गर्न नपाउने र तटस्थमा मतदान गर्न नपाईने भएकाले तेस्रो पटकको चुनावबाट प्रधानमन्त्रीको टुंगो लाग्ने संभावना बढी देखिन्छ । बहिष्कार गरेमा टुँगो नलाग्न पनि सक्छ ।

सभामुख नेम्वाङ अनुपस्थित रहन नपाउने, विपक्षमा मतदान गर्न नपाउने र तटस्थ बस्न नपाउने भएपछि तेस्रो पटकको चुनावबाट प्रधानमन्त्रीको टुंगो लाग्ने बताए । ‘अबको नियमावली अनुसार अघि बढ्दा २० गतेभित्र प्रधानमन्त्रीको टुंगो लाग्छ’ नेम्वाङले कान्तिपुरसित भने ।

तेस्रो चुनावमा कुनै उम्मेदवारले ३०१ ल्याउन नसके चुनावी प्रक्रिया अन्त्य हुनेछ  । सभामुख सुवास नेम्वाङका अनुसार, फेरि राष्ट्रपतिले अघिल्लो नियमावलीअनुसार ३८ (१) अनुसार सहमतिय सरकारका लागि दलहरुलाई अ्ह्वान गर्ने र सहमतिय सरकार नबने फेरी संशोधित नियमावलीअनुसार चुनाव प्रक्रिया अघि्ब्ढ्नेछ

Posted By : Dambar Prasad Rimal                  Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.