मकवानपुर, रौतहट र खोटाङ बन्द


 माघ १० – बिभिन्न कारण देखाएर छुट्टाछुट्टै समुहले मकवानपुर, रौतहट र खोटाङमा बन्द आह्वान गरेका छन् । मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, रौतहटमा माओवादी र खोटाङ्‌मा उद्योगी ब्यवसायीले बन्द आह्वान गरेका हुन् ।हेटौंडाबाट प्राप्त समाचार अनुसार राप्रपा नेपालको युवक संगठनले जिल्लालाई लोडसेडिङ् मुक्त घोषणा गर्न माग गर्दै बिहानै देखि हेटौडाबजार बन्द गराएका हुन् । बन्दका क्रममा बिहानै चार वटा सवारी साधन तोडफोड गरिएको छ । प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।रौतहटमा हतियारधारी समुहले आइतवार जिल्लाको सरुअठा गाविसका माओवादी भोजपुरा राज्य समिति सदस्य ३५ वर्षीया रुक्साना खातुनलाई हत्या गरेको बिरोधमा माओवादी जिल्ला कमिटीले बन्द आह्वान गरेको हो ……….। सदरमुकाम क्षेत्रमा यातायात चलेको छैन । कुनै प्रदर्शन भएको छैन । तर, राजमार्ग क्षेत्रमा बन्दको असर छैन ।खोटाङमा जिल्ला उद्योग बाणिज्य संघ र यातायात व्यावसायी संघले सिण्डिकेटको विरोधमा दिक्तेल बजार बन्दको घोषणा गरेका हुन् । कटारी, घुर्मी र जयरामघाटको सिण्डिकेट हटाउन माग गर्दै खोटाङ, उदयपुर र ओखलढुङ्गा प्रशासनमा पुस २९ गते ज्ञापनपत्र बुझाएको व्यावसायीहरुले सोमबार बिहान १० बजेदेखि दिउँसोसम्म बजार बन्दको घोषणा गरेका हुन् ।

Posted By:Dambar Prasad Rimal          Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.