Daily Archives: 24/01/2011

हङकङ नेपाली महासंघको १२औ बार्षिक उत्सव कार्यक्रम भव्यरुपमा सम्पन्न


DC Nepal,

हङकङ नेपाली महासंघको १२औं बार्षिक उत्सव कार्यकमको लागी नेपाल बाट प्रमुख अतिथीको रुपमा आउनु भएकी सिएनएन हिरो २०१० अनुराधा कोइराला द्वारा एक भब्य समारोह बिच डिसीनेपाल डटकमलाई सम्मान पत्र प्रदान गर्नु भयो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सरकारी गाडी श्रीमतीलाई दिएर मन्त्री भाडाको गाडीमा


सागर पण्डित,

image
‘निजी गाडीमा राष्ट्रिय झन्डा र रातो-नीलो नम्बर प्लेट राखेर चलाउनु नियमविपरीत हो, मन्त्री हुँदैमा जे पायो त्यही गर्ने छुट छैन’

कामचलाउ सरकारका मन्त्रीहरूले सरकारी गाडी श्रीमती र आफन्तलाई प्रयोग गर्न दिएर आफूले भाडाको गाडीमा राष्ट्रिय झन्डा फहराउँदै हिँड्ने गरेका छन् । पर्यटन राज्यमन्त्री शत्रुघनप्रसाद सिंहले मासिक लाखौँ रुपैयाँ तिरेर भाडामा लिएको गाडी रातो-नीलो रंगको नम्बरप्लेट राखेर प्रयोग गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

पूविका परिक्षा नियन्त्रकलाई कुटपीट तथा कार्यालय तोडफोड


विराटनगर, माघ १० – परिक्षा स्थगित गरेको विषयलाई लिएर पूर्वाञ्चल विश्वविद्यालयको आंगीक क्याम्पस इष्ट्रन इन्जिनियरिङ कलेजका विद्यार्थीले सोमवार परिक्षा नियन्त्रक सुशिलकुमार झालाई हातपात गर्दै उनको कार्यकक्ष तोडफोड गरेका छन् ।पूर्वाञ्चल विश्वविद्यालय प्रशासनले कनिष्ट र आर्थिक अनियमिततामा संलग्न नौ जना कर्मचारीलाई पदोन्नती गरेको भन्दै कर्मचारी र प्राध्यापकहरुले काम वहिष्कार गरी आन्दोलन सुरु गरेपछि सोमवार देखि हुने भनिएको विई, विआईटी र विसिए दोस्रो सेमेस्टरको परिक्षा आइतवार स्थगित गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

कालिगण्डकी बचत समूहको आयोजनामा भलिबल खेल सम्पन्न


– डम्बर प्रसाद रिमाल

जनवरी १५ ,२०१० मा स्थापित भई नामांकरण भएर चर्चामा आएको कुवेतको एक मात्र बचत समूह ” कालिगण्डकी बचत समूह”ले १५ जनवरी २०११ का दिन आफ्नो पहिलो बार्षिक उत्सब भलिबल आयोजना गरि सम्पूर्ण कुवेत बासी जनतालाई मनोरंजन गरायो। अन्तर- नेपाली भलिबल प्रतियोगिता आयोजना मा कुवेतका विभिन्न संघ सस्था र कम्पनि गरि १५ टीमले भाग लिएका थिए।  पढ्नेक्रम जारी राख्नुहोस्

धनकुटामा स्थानीय ब्लु भिडियोको बिगबिगी


मुलुकमा नाम चलेका हिरोइनहरूको ब्लु भिडियो क्रमशः सार्वजनिक भइरहेको बेला धनकुटामा पनि ब्लु भिडियोको बिगबिगी बढेको छ । धनकुटामा राजधानीबाट सार्वजनिक भएका ब्लु भिडियोको नभई स्थानीयस्तरमा बनाइएका ब्लु भिडियोको बिगबिगी बढेको हो ।
धनकुटाका विभिन्न साइबर क्याफे र युवायुवतीको मोबाइलमा यस्ता ब्लु भिडियो प्रशस्त हेर्ने पाइन्छ । धनकुटा र पूर्वका विभिन्न सहरमा बनाइएका करिब दुई दर्जन ब्लु भिडियो सहज रूपमा छ्याप्छ्याप्ती पाइने गरेको धनकुटा हुलाकटोलका कक्षा १२ मा अध्ययनरत १८ वर्षिया एक युवा बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्

मकवानपुर, रौतहट र खोटाङ बन्द


 माघ १० – बिभिन्न कारण देखाएर छुट्टाछुट्टै समुहले मकवानपुर, रौतहट र खोटाङमा बन्द आह्वान गरेका छन् । मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, रौतहटमा माओवादी र खोटाङ्‌मा उद्योगी ब्यवसायीले बन्द आह्वान गरेका हुन् ।हेटौंडाबाट प्राप्त समाचार अनुसार राप्रपा नेपालको युवक संगठनले जिल्लालाई लोडसेडिङ् मुक्त घोषणा गर्न माग गर्दै बिहानै देखि हेटौडाबजार बन्द गराएका हुन् । बन्दका क्रममा बिहानै चार वटा सवारी साधन तोडफोड गरिएको छ । प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।रौतहटमा हतियारधारी समुहले आइतवार जिल्लाको सरुअठा गाविसका माओवादी भोजपुरा राज्य समिति सदस्य ३५ वर्षीया रुक्साना खातुनलाई हत्या गरेको बिरोधमा माओवादी जिल्ला कमिटीले बन्द आह्वान गरेको हो ………. पढ्नेक्रम जारी राख्नुहोस्

जाजरकोट सम्झेर १७ बर्षपछि फर्के अमेरिकी


image

जाजरकोट, माघ १० – अनुसन्धान गरेर फर्केको १७ बर्षपछि जाजरकोट फर्किएका एक अमेरिकी सोधकर्ताले गाउँलेलाई सोधे, ‘अझै पनि धामीझाँक्री र अन्धविश्वास छ ? उनले त्यहीबाट धामीझाँझी’bout विद्यावारिधी गरेका छन् ।  सोध गरेर फर्केपछि पनि जाजरकोटको विकास र परिवर्तनमा आएको परिवर्तन’bout चासो लागेर आफू आएको उनले बताएका छन् । अमेरिकाको हवाई निवासी डा. गेरेगोरी मास्कोरीनीकले यो जिल्लाको विकास र परिवर्तन’bout चिन्ता व्यक्त गरेका हुन् ।१७ बर्ष पछि जाजरकोट फर्केका ५९ वर्षिय…………….

पढ्नेक्रम जारी राख्नुहोस्

दुई किशोरीलाई सामुहिक बलत्कार


उदयपुर, माघ ९ – चार जानको समुहमा रहेका युवकहरुले बेल्टार- २ बसपार्कमा शनिवार राति दुई किशोरीलाई सामुहिक बलत्कार गरेका छन् ।खोटाङ देविस्थान गाविसका राई थरका ती युवतीलाई बसपार्कमा खोटाङकै चिसापानीका ३२ वर्षिय प्रदिप भूजेल, उदयपुरको हडिया गाविसका जेबी चौधरी, बेल्टार – २ का १९ वर्षीय रविन परियार बेल्टार – १ का १८ वर्षीय दिपक परियारले सामुहीक बलत्कार गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । भूजेल ट्याक्टर चालक हुन्  भने……….. पढ्नेक्रम जारी राख्नुहोस्