श्रीमानको पिटाइबाट घाइते श्रीमतीको विचल्ली


नयाँ पत्रिका, संखुवासभा, ८ माघ । श्रीमान्को कुटाइबाट घाइते खाँदबारी-३का विमला तामाङ र उनका नाबालक छोराको विचल्ली भएको छ । उपचार अभावमा श्रीमान् गोवर्धन तामाङको कुटाइबाट गम्भीर घाइते विमला र उनका ६ वर्षीय नाबालक छोराको विचल्ली भएको हो ।

तामाङले रक्सी खाएर मंगलबार राति श्रीमती र नाबालक छोरालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । कुटपिट गरेपछि मंगलबार उपचारका लागि जिल्ला अस्पताल खाँदबारी भर्ना गरिएकी २६ वर्षीया विमला र उनका छोरालाई उपचार जिल्लामा उपचार सम्भव नभएको भन्दै अन्यत्र रेफर गरेको छ । तर, आर्थिक समस्याले बाहिर उपचारका लागि लैजान समस्या भएको उनका आफन्तले जनाएका छन् ।

आर्थिक समस्याका कारण घाइते आमा-छोरालाई उपचारका लागि अन्यत्र लैजान नसकेपछि अस्पतालमै अलपत्र परेका हुन् । उनको टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको टाउको चल्दैन । तामाङले ६ वर्षीय छोरालाई समेत कुटपिट गरेका छन् । पिसाब गर्दा रगत बग्ने गरेका कारण उनको अवस्था गम्भीर बन्दै गएको अस्पतालले जनाएको छ । जिल्लामा उपचार सम्भव नभएपछि बाहिर लैजान रेफर गरिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर विष्णुबहादुर बस्नेतले बताए ।

श्रीमान्ले रक्सी खाएर नाबालक छोरालाई कुटपिट गर्न थालेपछि र कुटपिट नगर्न आग्रह गर्दा दुवैजनालाई कुटपिट गरेको पीडित विमलाले बताइन् ।

यसैबीच, पीडितकी आमा कुमारी तामाङले कुटपिटमा संलग्न गोवर्धनलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय संखुवासभामा निवेदन दिएका छन् । पीडित पक्षको निवेदन आएपछि कुटपिटमा संलग्नलाई प्रहरीले गिरफ्तार गरेको प्रहरी निरीक्षक महेन्द्रराज कार्कीले बताए । कुटपिटमा संलग्नलाई कारबाहीका लागि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । जिल्लास्थित मानवअधिकारवादी संघसंस्थाले पीडकलाई कारबाही र पीडितलाई उपचारको व्यवस्था गर्न माग गरेका छन् । जिल्लामा क्रियाशील इन्सेक, महिला मानवअधिकार रक्षक सञ्जालसमेतले कारबाहीको माग गरेका हुन् ।

Posted by: Jay Ale

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.