माओवादी लडाकु विशेष समिति मातहत ल्याएकामा राजनीतिक दललाई बधाई दिंदै अमेरिकाले त्यसको स्वागत गरेको गरेको छ । अमेरिकी राजदूतावासद्वारा लडाकु सरकार मातहत आएको घोषणा लगत्तै शनिवार जारी प्रेस विज्ञप्तिमा लडाकुलाई बिशेष समिति मातहत हस्तान्तरण गर्ने कार्यनेपालको शान्ति प्रक्रियाको लागि सकारात्मक र स्वागतयोग्य कदम भएको उल्लेख छ ।‘लडाकुलाई राजनीतिक पार्टीबाट अलग गरी लोकतन्त्रप्रतिको प्रतिबद्धता प्रदर्शन गरेकोमा बिशेष रुपमा हामी माओवादीको प्रशसा गर्न चाहन्छौं’ बिज्ञप्तीमा भनिएको छ । अमेरिकाले शान्ति प्रक्रियाप्रतिको सहयोगका लागि आफ्नो प्रतिबद्धता फेरी दोहोर्याएको छ । हस्तान्तरण समारोहमा प्रधानमन्त्री, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, राजनीतिक दलका नेता र अन्तराष्ट्रिय समुदायका सदस्यको सहभागिताले सबै दललाई वाकी रहेको शान्ति प्रक्रिया, नयाँ संविधान मस्यौदा र सरकार निर्माणमा सहयोग गर्न उत्साहित गर्ने बिश्वास पनि अमेरिकाले लिएको बिज्ञप्तीमा उल्लेख छ ।
Posted By: Dambar Prasad Rimal Source: ekantipur