नक्कली फेसबुकले तनाबमा छिन् रेजिना


imageकाठमाडौं/ नायिका रेजिना उप्रेती आफ्नो नाममा खोलिएका नक्कली फेसबुकका कारण तनाबमा छिन् । रेजिनाको नाममा खोलिएका चारवटा फेसबुक अकाउन्टमा अश्लील फोटो, भिडियो तथा असभ्य भाषाका पोस्टहरू छन् ।
रेजिनाका नाममा खोलिएका नक्कली फेसबुकलाई सक्कली ठानेर मित्र बन्नेहरूले अश्लील फोटो, भिडियो तथा पोस्ट’boutमा घोर विरोध गर्दै रेजिनालाई सम्हालिने सल्लाह पनि दिएका छन् । रेजिनाले आफ्नो’boutमा खोलिएका ती नक्कली फेसबुकले गर्दा आफू निकै तनाबमा भएको बताएकी छिन् । ‘मेरो नाम र फोटो हालेर चारवटा नक्कली फेसबुक खोलिएका रहेछन् । कसलाई, कसरी भन्नु ती सबै नक्कली हुन् भनेर ? म त निकै तनाबमा छु,’ उनले भनिन्, ‘कसले यस्तो फटाइ गरिरहेको छ, पत्ता लगाएर कारबाही गर्छु । उनको नक्कली फेसबुकमा साथी बन्नेको कमी भने छैन । ‘मैले चलाउने गरेको एकाउन्टमा भन्दा ती नक्कली एकाउन्टमा धेरै साथी रहेछन् । म त अचम्ममा परेकी छु ।’ आफ्ना शुभचिन्तकलाई उनको अनुरोध छ, ‘अश्लील र छाडा फोटो, भिडियो तथा पोस्ट गरिएका सबै फेसबुक नक्कली हुन् । यसबाट म पीडित छु । त्यसकारण कोही नझुक्किनुहोला । मविरुद्ध षड्यन्त्र भइरहेको छ ।’ रेजिनाले आफ्नो नाममा खोलिएका नक्कली फेसबुक बन्द गरिदिनु हुन अनुरोध गरेकी छिन् । ती नक्कली फेसबुक तत्काल बन्द नगरिएमा साइबर क्राइमअन्तर्गत कारबाही प्रक्रियामा जाने चेतावनी पनि उनले दिएकी छिन् ।

Posted By : Narayan Nepal                           Source : Nayapatrika

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.